नेपाली

<< ne

अटलता

अब्दुल–बहाको दर्शन धर्मपत्र

अहमदको धर्मपत्र

आध्यात्मिक गुणहरू

आध्यात्मिक सभा

ईश्वरको सामिप्य

उपवास

एकता

केटाकेटी तथा युवा

कोष

क्षमा

छोटो अनिवार्य प्रार्थना

दर्शनको धर्मपत्र

नव–रुज

न्याय

प्रशंसा र कृतज्ञता

प्रशिक्षण

बिहान

बैठक

मध्यम अनिवार्य प्रार्थना

मलमासका तिथिहरू

महिलाको लागि

मानवजाति

मृतकका लागि प्रार्थना

यात्रा

रोग निवारण

रोग निवारणको लागि लामो प्रार्थना

लामो अनिवार्य प्रार्थना

विवाह

संकट तथा परीक्षा

संरक्षण

संविदामा दृढता

सहायता

साँझँ

अटलता

तिम्रो नामको स्तुति होस्, हे प्रभु, मेरा ईश्वर ! सृष्टि गरिएका समस्त वस्तुहरूलाई धारण गर्ने तिम्रो शक्तिद्वारा र तिम्रो सृष्टिभन्दा श्रेष्ठ तिम्रो सार्वभौमसत्ताद्वारा र तिम्रो शब्दद्वारा जुन तिम्रो बुद्धिमा लुकेको थियो र जसद्वारा तिमीले आफ्नो स्वर्ग तथा आफ्नो पृथ्वीलाई सृष्टि गर्यौ, म याचना गर्दछु कि हामीलाई तिमीप्रतिको प्रेममा र तिम्रो इच्छाको आज्ञापालनमा अडिग रहन र तिम्रो मुहारमा आफ्नो दृष्टि स्थिर राख्न र तिम्रो गौरवको गुणगान गर्न सक्षम बनाऊ । त्यसैले, हे मेरा ईश्वर, देश विदेशमा तिम्रा प्राणीहरूबीच तिम्रा चिन्हहरू संरक्षण गर्न हामीलाई शक्ति प्रदान गर । तिमी सधैँ तिम्रा कुनै पनि प्राणीको स्तुतिबाट स्वत्रन्त्र छौ र सदा–सर्वदा तिमी जस्तो छौ त्यस्तै रहिरहने छौ ।

तिमीमा नै मैले आफ्नो सम्पूर्ण आत्मविश्वास समर्पण गरेको छु, आफ्नो अनुहार तिमीतिर नै फर्काएको छु, तिम्रो प्रेमपूर्ण कृपाको डोरीलाई बलियोसँग समातेको छु र तिम्रो करुणाको छायाँतिर लम्केको छु । तिम्रो ढोकाबाट निराश बनाई मलाई नहुत्याऊ, हे मेरा ईश्वर, मलाई तिम्रो अनुग्रहबाट वञ्चित नगराऊ किनकि म केवल तिमीलाई मात्र चाहन्छु । सदा क्षमाशील, परमदानी तिमीबाहेक अन्य कोही ईश्वर छैन ।

तिम्रो स्तुति होस्, हे तिमी जो तिमीलाई चिन्नेहरूका अति प्रिय छौ ।

– Bahá’u’lláh

Prayer bpn11160 (bpn11160)

bahaiprayers.net 11160

⬆️


हे प्रभु ! तिम्रो सामीप्य मेरो आकांक्षा हो, तिम्रो उपस्थिति मेरो आशा हो, तिम्रो स्मरण मेरो अभिलाषा हो, तिम्रो ज्योतिर्मय दरबार मेरो लक्ष्य हो, तिम्रो आलय मेरो गन्तव्य हो, तिम्रो नाम मेरो उपचार हो, तिम्रो प्रेम मेरो हृदयको प्रकाश हो, तिम्रो सेवा मेरो सर्वोच्च अभिलाषा हो । जुन नामद्वारा तिमीले आफ्ना भक्तहरूलाई तिम्रो ज्ञानको सर्वोच्च शिखरहरूमा उडन् समर्र्थ बनायौ र भक्तिपूर्वक तिम्रो उपासना गर्नेहरूलाई तिम्रो पवित्र आशिषको दरबारको प्रांगणमा उक्लन सक्ने गरायौ, तिम्रो त्यही नामद्वारा म तिमीसित याचना गर्दछु कि तिमी मलाई आफ्नो अनुहार तिम्रो मुहारतर्फ फर्काउन, मेरा नेत्रहरूलाई तिमीमा केन्द्रित गराउन र तिम्रो गौरवको गाथा गाउन सहायता गर ।

हे प्रभु ! म त्यो व्यक्ति हूँ जसले तिमीबाहके अन्य सबैलाई भुलिसकेको छ र जो तिम्रो कृपाको दिवास्रोततर्फ लागेको छ र जसले तिम्रो दरबारको समीपमा पुग्ने आशामा तिमीबाहेक अन्य सबैलाई त्यागिसकेको छ । तसर्थ मेरा आँखाहरूलाई तिम्रो मुहारको प्रकाशबाट जगमगाइरहने त्यस सिंहासनतर्फ केन्द्रित गराउनमा मलाई सहायता गर र ममाथि ती कुराहरूको वृष्टि गर, हे मेरा परमप्रिय, जसले मलाई तिम्रो धर्ममा अडिग बन्न सहायता गरोस् ताकि अविश्वासीहरूको सन्देहले पनि मलाई तिमीतिर उन्मुख हुनमा बाधा दिन नसकोस् । साँच्चै नै तिमी शक्तिको देवता, संकटमोचक, सर्व–गौरवशाली, सर्व–शक्तिमान् छौ ।

– Bahá’u’lláh

Prayer bpn11161 (bpn11161)

bahaiprayers.net 11161

⬆️


हे प्रभु, मेरा स्वामी ! तिम्रो जय जय होस् ! तिम्रो सत्यको खण्डन गर्ने तिम्रा विरोधिहरूद्वारा निमर्मतापूर्र्वक सताइएका र कुनै पनि जिब्रोले बखान गर्न नसक्ने दुःख सास्तीको शिकार बनेका तिम्रो अत्यन्त महान् नामका वाहक जो हुन् उनको नाम लिएर म तिमीसित प्रार्थना गर्दछु कि मलाई यस्तो वरदान देऊ ताकि तिम्रो सौन्दर्यबाट सबै विमुख भइरहेका, तिमीसित वाद–विवाद गरिरहेका र तिम्रो धर्मका प्रकटकर्तालाई अवहेलना गर्दै उनीबाट पनि सबै विमुख भइरहेका, यी दिनहरूमा म तिम्रो गुणगान गर्न र तिम्रो सम्झनामा उत्सव मनाउन सकूँ । हे मेरा प्रभु ! तिम्रो सहायताको लागि उठ्ने तिमीबाहके अर्को कोही छैन र तिम्रो आफ्नै शक्तिबाहेक अर्को कुनै शक्ति छैन ।

म तिमीसित प्रार्थना गर्दछु कि मलाई तिम्रो सम्झनामा स्थिर र तिम्रो प्रेममा अडिग रहन सहायता गर किनकि वस्तुतः यो तिम्रो वशमा भएको कुरा हो । म भित्र जे छन् तिनलाई तिमी राम्ररी जान्दछौ । वास्तवमा तिमीबाट कुनै कुरा लुकेको छैन । हे मेरा प्रभु ! तिम्रो मुखमण्डलको ज्योतिको प्रताप देख्नबाट मलाई वञ्चित नगराऊ जसको चमकद्वारा सारा विश्व जगमगाइरहेको छ । सर्व–शक्तिशाली, सर्व–गौरवशाली, सदा क्षमादानी तिमीबाहेक अर्को ईश्वर छैन ।

– Bahá’u’lláh

Prayer bpn11162 (bpn11162)

bahaiprayers.net 11162

⬆️


हे प्रभु मेरा ईश्वर ! पश्चाताप गर्दै म तिमीतिर फर्केकोछु र निश्चय नै तिमी क्षमाशील, करुणामय छौ ।

हे प्रभु मेरा परमात्मा ! म फकर्रे फेरि तिम्रोमा आएको छु । निश्चय नै तिमी कृपालु र सदा क्षमादानी छौ । हे प्रभु, मेरा स्वामी ! म तिम्रो प्रचुर दयाको डोरी समातेर बसेको छु र पृथ्वी र स्वर्गमा भएका सारा वस्तुहरूको ढुकुटी तिम्रो हातमा छ ।

हे ईश्वर, मेरा परमेश्वर ! म तिमी भएको ठाउँमा पुग्न हतारिएको छु र साँच्चै नै तिमी क्षमाशील र असीमित कृपाका स्वामी हौ ।

हे प्रभु, मेरा प्रभु ! मलाई तिम्रो कृपाको अलौकिक अमतृ सवन गर्ने इच्छा छ र वस्तुत: तिमी नै दाता, दयावान्, कृपानिधान, सर्व–शक्तिमान् छौ ।

हे प्रभु, मेरा ईश्वर ! म साक्षी दिन्छु कि तिमीले आफ्नो धर्म प्रकट गर्यौ, आफ्नो प्रतिज्ञा पूरा गर्यौ र तिम्रो कृपाको स्वर्गबाट त्यो कुरा पठायौ जसले तिम्रा भक्तजनका हृदयलाई तिमीतिर आकर्षित गरेको छ । जसले तिम्रो भव्य वस्त्रको फेरलाई समातेको छ र तिम्रो अत्यन्त बलियो डोरीलाई पक्डेको छ उसको कल्याण होस् ।

हे समस्त प्राणीहरूका अधिपति र गोचर तथा अगोचर सबैका सम्राट् ! तिम्रो शक्ति, तिम्रो भव्यता र तिम्रो सत्ताद्वारा म तिमीसित प्रार्थना गर्दछु कि तिम्रो गौरवशाली कलमद्वारा मेरो नाम पनि तिम्रा ती भक्तहरूको नामावलीमा अंकित गरिदेऊ जसलाई तिम्रो मुखमण्डलको प्रकाशतिर लाग्नबाट पापीहरूका तर्कहरूले पनि रोक्न सकेका छैनन्, हे प्रार्थना सुत्र र प्रार्थना मञ्जरु गर्ने प्रभु !

– Bahá’u’lláh

Prayer bpn11163 (bpn11163)

bahaiprayers.net 11163

⬆️


हे प्रभु, मेरा ईश्वर ! तिम्रा प्रियजनहरूलाई तिम्रो धर्ममा दृढ बन्न, तिम्रो मार्गमा हिंड्न, तिम्रो प्रयोजनमा अडिग रहन सहायता गर । स्वार्थ र कामनाको प्रहारलाई सामना गर्न अनि तिम्रो दैवी मार्गको प्रकाशमा हिंड्न उनीहरूमाथि कृपा राख । तिमी नै शक्तिशाली, दयालु, आत्म–परिपूर्ण, कृपालु, करुणामय, सर्व–शक्तिमान्, सर्व– दानी छौ ।

– Abdu’l-Bahá

Prayer bpn11164 (bpn11164)

bahaiprayers.net 11164

⬆️


हे तिमी, मेरा परमेश्वर ! जिज्ञासुहरूलाई सही मार्गतिर डोर्याउने, र भूलको मरुभूमिमा हराएका तथा भड्किएका आत्माहरूलाई उद्धार गर्ने, हे तिमी, जसले अनुयायीहरूलाई आफ्नो महान् कृपा तथा अनुग्रह प्रदान गर्दछन् जसले आत्तिएकाहरूलाई आफ्नो दुर्भेद्य आश्रमभित्र संरक्षण दिन्छौ र जसले आफ्नो सर्वोच्च क्षितिजबाट आफूलाई पुकार्दै रुने–कराउनेहरूको क्रन्दन सुन्छौ र प्रत्युत्तर दिन्छौ ।

हे मेरा प्रभु ! तिम्रो जय जयकारहोस् । तिमीले भौंतारिएकाहरूलाई अविश्वासको खाडलबाट निकालरे सोझो बाटो देखाइदियौ, तिम्रो वरिपरि जम्मा भएकाहरूलाई तिनको गन्तव्यमा पुर्याइदियौ, तिम्रा सेवकहरू मध्येबाट छानिएकाहरूलाई तिनका अभीष्ट इच्छाहरू पूरा गरिदिएर हर्षित तुल्यायौ, तिम्रो दर्शन गर्न चाहनेहरूको लागि तिम्रो सौन्दर्यको अधिराज्यमा पुनर्मिलनको ढोका खोलिदियौ र तिनलाई अभाव र क्षतिको अग्निबाट उद्धार गर्यौ ताकि तिनीहरू तिमीतिर लाग्न हतारिऊन्, तिम्रो उपस्थितिमा पुग्न सकून्, तिम्रो सबैलाई स्वागत गर्ने फाटकमा आइपुगुन् र उपहारहरूको थुप्रोबाट आफ्नो अंश प्राप्त गर्न सकून् ।

हे मेरा प्रभु ! तिनीहरू तिर्खाएका थिए, तिमीले तिनका सुकेका ओंहरूमा पुनर्मिलको जल राखिदियौ, हे करुणामय, हे दाता ! तिम्रो कृपा र दयाद्वारा तिमीले तिनका घाउमा मल्हम–पट्टी गरिदियौ र तिनका रोग–व्याधिलाई तिम्रो करुणाको उत्तम औषधिद्वारा निको पारिदियौ । हे स्वामी ! त्यो सोझो बाटोमा तिनका गोडाहरूलाई दह्रो बनाइदेऊ, तिनीहरूको लागि सियोको नाथ्रीलाई फराकिलो बनाइदेऊ र तिनलाई राजकीय पोशाक लगाएर सदा सर्वदा त्यो बाटोमा गौरवका साथ हिँड्न सक्ने बनाइदेऊ ।

निश्चयमेव, तिमी अति उदार हृदय, सदा–दानी, अनुपम, सर्व–कृपालु छौ । शक्तिशाली, बलवान्, महामहिम, विजयी, तिमीबाहके अर्को ईश्वर छैन ।

– Abdu’l-Bahá

Prayer bpn11165 (bpn11165)

bahaiprayers.net 11165

⬆️


हे करुणामय ईश्वर ! तिमी धन्य हौ किनकि तिमीले मलाई ब्युँझाएर चैतन्य गरायौ । तिमीले मलाई दृष्टिशक्ति र श्रवणशक्तिद्वारा सम्पन्न गरायौ, मलाई तिम्रो अधिराज्यमा प्रवेश गरायौ र तिम्रो मार्गतिर अग्रसर गरायौ । तिमीले मलाई सही बाटो देखायौ र मलाई मोक्षको यानमा प्रवेश गरायौ ।

हे प्रभु ! मलाई अडिगता प्रदान गर र मलाई एउटा दृढ र विश्वासी सेवक बनाइदेऊ । कठोर परीक्षाहरूबाट मेरो रक्षा गर र तिम्रो संविदा र प्रमााणहरूको दुर्भेद्य किल्लामा आश्रय दिएर मलाई संरक्षण देऊ । तिमी शक्तिमान् छौ, तिमी द्रष्टा हौ ! तिमी श्रोता हौ । हे तिमी करुणामय प्रभु ! मलाई यस्तो हृदय प्रदान गर जसले एउटा स्वच्छ ऐनाले जस्तै तिम्रो प्रेमको प्रकाशलाई प्रतिबिम्बित गरोस् र यस्तो भावना प्रदान गर जसले आध्यात्मिक कृपाद्वारा समस्त संसारलाई एउटा गुलाबको उद्यानमा परिणत गरिदेओस् ।

तिमी करुणामय हौ, तिमी क्षमाशील हौ ! तिमी नै त्यो महान् कल्याणकारी ईश्वर हौ ।

– Abdu’l-Bahá

Prayer bpn11166 (bpn11166)

bahaiprayers.net 11166

⬆️


हे प्रभु, तिम्रो बाटोमा हिंड्ने हाम्रा पाइलाहरूलाई दह्रो बनाऊ र तिम्रो आज्ञापालनमा हाम्रा हृदयलाई बलियो पार । हाम्रा अनुहारलाई तिम्रो एकताको सौन्दर्यतिर फर्काऊ र तिम्रो स्वर्गीय संयोजनको चिन्हले हाम्रा हृदयलाई आनन्दित पार । हाम्रो शरीरलाई तिम्रो कृपाको आभूषणले सिंगार र हाम्रा आँखाबाट पापको पर्दा हटाऊ र तिम्रो अनुग्रहको प्याला हामीलाई देऊ, ताकि सारा प्राणीहरूको आत्मासारले तिम्रो गरिमाको अन्तर–दर्शनमा तिम्रो जयगान गरून् । हे प्रभु ! आफ्ना करुणामय उच्चारण र आफ्ना स्वर्गीय अस्तित्वका रहस्यद्वारा दर्शन देऊ, ताकि प्रार्थनाको विशुद्ध रागले हाम्रो आत्मा गुञ्जियोस् । यस्तो प्रार्थना जुन शब्द र अक्षरभन्दा पनि माथि, शब्दांश र ध्वनि उच्चारणभन्दा पनि माथि उठोस् र तिम्रो गौरवको दर्शनमा सारा शून्यमा मिसियोस् ।

प्रभु ! यी ती सेवकहरू हुन् जो तिम्रो संविदा र नियममा अडिग र अटल रहेका छन्, तिम्रो धर्ममा दृढताको डोरी बलियोसित समातेका छन् र तिम्रो गौरवको पोशाकको टुप्पोलाई दह्रो गरी समातेका छन् । आफ्नो अनुग्रहले तिनलाई सघाऊ, हे प्रभु ! आफ्नो शक्तिले तिनलाई बल देऊ र तिम्रो आज्ञापालनमा तिनको कम्मर बलियो बनाऊ । तिमी नै छौ क्षमाशील तथा दयावान् ।

– Abdu’l-Bahá

Prayer bpn11167 (bpn11167)

bahaiprayers.net 11167

⬆️


अब्दुल–बहाको दर्शन धर्मपत्र

यो प्रार्थना अब्दुल–बहाको समाधिमा पाठ गरिन्छ । यो व्यक्तिगत रूपमा पनि पाठ गरिन्छ । अब्दुल–बहा भन्नुहुन्छः “जसले विनम्रता र उत्साहका साथ यो प्रार्थना गर्दछ, ईश्वरले यस प्रभुभक्तको हृदयलाई प्रसन्न तथा आनन्दमग्न गरिदिनुहुन्छ; उनलाई यथार्थ रूपमा भेट गरे सरह नै हुनेछ ।”

उनै हुन् सर्व–गौरवमय ! हे ईश्वर, मेरा ईश्वर ! विनम्रतापूर्वक एवं अश्रुसहित म आफ्ना भिक्षक हातहरू तिमीसमक्ष पसारी रहेको छु, तथा आफ्नो मुखलाई तिम्रो संघारको धूलोमा दलिरहेको छु । हे तिमी जो विद्वान्हरूको ज्ञान र तिमीलाई स्तुति गर्नेसबैको प्रशसांभन्दा उच्च छौ । तिम्रो द्वारको अत्यन्त विनम्र एवं अकिंचन यस भक्तमाथि कृपया आफ्नो परम दयाको एक दृष्टि फिजाऊ तथा सदास्थायी करुणासागरमा यसलाई निमग्न गरिदेऊ ।

हे स्वामी ! यो तिम्रो एक दरिद्र एवं अयोग्य अति विनम्र सेवक हो जो उत्साहका साथ तिमीसँग याचना गर्दैछ, तिम्रो हातमा टाँसिएको छ, हृदयका प्रदीप्त ज्वालाहरूद्वारा तिमीसँगै प्रार्थना गर्दैछ, तिमीमै दृढतापर्वूक निमग्न भै, तिम्रै नजिक आँसुले भरिएर अत्यन्त करुणाजनक परिस्थितिमा तिम्रो नै आह्वान गर्दैछ, तिम्रै यी शब्दहरूको याचना गर्दैछः

हे प्रभु, मेरा ईश्वर ! तिम्रा भक्तजनहरूको सेवा गर्न मलाई वरदान देऊ, तिम्रो सेवामा मलाई दरिलो बनाऊ, तिम्रो पवित्रताको दरबारमा आराधनाको प्रकाशद्वारा मेरो निधारलाई चम्काइदेऊ तथा तिम्रो महत्ताको साम्राज्यसम्म मेरा प्रार्थनाहरू पुर्याइदेऊ । तिम्रो स्वर्गीय प्रदेशको द्वारसामु मलाई निःस्वार्थ एवं अकिंचन बन्नमा सहायता गर तथा तिम्रो पवित्र सीमा भित्रका सबैबाट निर्लिप्त रहन आफ्नो अनुग्रह प्रदान गर । प्रभु ! मलाई निःस्वार्थताको पात्रमा अमृत पिउन देऊ; उसैको आभूषणले विभूषित गरिदेऊ तथा उसैको महासागरमा मलाई डुबाइदेऊ । मलाई तिम्रा प्रियजनहरूको बाटोको धूलोसरह बनाइदेऊ तथा मलाई यस्तो वरदान देऊ कि म तिम्रा श्रेष्ठ प्रियजनहरूको पैतालामुनिको धूलोका निमित्त आफ्नो प्राणलाई सदैव समर्पित गर्न सकूँ, हे सर्वोच्च गौरवका प्रभु ! तिम्रो यो भक्त यस प्रार्थनाद्वारा उषाकालमा र साथै रातमा पनि तिम्रो आह्वान गर्दैछ । उसको हृदयाकांक्षा पूरा गर, हे प्रभु ! उसको अन्तरात्मालाई प्रज्ज्वलित गरिदेऊ, उसको हृदयलाई प्रफुल्लित पारिदेऊ, उसको बत्तीलाई बालिदेऊ ताकि उसले तिम्रो धर्म र भक्तहरूको सेवा गर्न सकोस् ।

तिमी नै हौ दाता, करुणामय, अति दानी, कृपालु, दयापूर्ण, करुणानिधान ।

– Abdu’l-Bahá

Prayer bpn11200 (bpn11200)

bahaiprayers.net 11200

⬆️


अहमदको धर्मपत्र

यो प्रार्थना दुःख वा संकटमा पाठ गर्यौ भने यसको अत्यन्त ठूलो प्रभाव पर्नेछ ।

उनै हुन् सम्राट्, सर्वज्ञ, सर्व बुद्धिमान् ! हेर, स्वर्गीय कोकिल, पवित्र एवं मीठा आलापहरूद्वारा निर्मल मन भएका मानिसहरू समक्ष परमात्माको सामीप्यको आनन्ददायक शभु समाचाहरूको उद्घोषणा गर्दै, दैवी एकत्वमा श्रद्धा राख्ने भक्तजनहरूलाई दयालु परमेश्वरको सामीप्यको दरबारमा आमन्त्रित गर्दै, प्रभु प्राप्तिको निम्ति अन्य सबैसंग छुट्टिनेहरूलाई ती सम्राट्, भाःवान, अद्वितीय परमेश्वरको प्रेरणाद्वारा प्रकट गरिएको सन्देशको जानकारी गराउँदै, तथा प्रेमीहरूको पवित्रात्माको आसन, अनि यो देदीप्यमान सौन्दर्य प्रभाततर्फ मार्गदर्शन गराउँदै अनाद्यन्त वृक्षका हाँगाहरूमा गाउँदैछ ।

निःसंशय यो त्यही महान् सौन्दर्य हो, जसको निम्ति भविष्यवाणीहरू प्राचीन ईश्वरीय अवतारहरूका पवित्र ग्रन्थहरूमा उल्लेख गरिएका थिए, यसैद्वारा सत्यलाई भ्रमदेखि छुट्ट्याइनेछ तथा प्रत्येक आज्ञालाई बुद्धिको कसीमा जोखिने ।

निःसन्देह, ऊ स्वयं जीवन वृक्ष हो, जसले अत्युच्च, प्रबल, महान् परमात्माको उत्तम फल उब्जाउने गर्दछ ।

हे अहमद ! तिमी साक्षी देऊ कि अवश्य पनि उनी नै परमात्मा हुन् अनि सम्राट्, अतुलनीय, सर्व–शक्तिमान्, संरक्षक, उनीबाहेक अन्य कोही पनि परमात्मा छैन । अनि अली नामद्वारा (बाब) जसलाई उनले पठाएका छन्, साँच्चै नै परमात्माका तर्फबाट उनी आएका हुन् र जसका आज्ञाहरूको हामी सबै पालन गर्दछौं ।

भनः हे मनुष्य ! भाःवान तथा प्रबुद्ध परमात्माले “बयान” मा जुन आज्ञाहरू निर्धारित गरेका छन्, त्यसको पालन गर । निःसंशय उनै हुन् ईश्वरावतारहरूका सम्राट् तथा उनैको ग्रन्थ मातृग्रन्थ हो । यदि तिमीहरूले यस सत्यलाई चिन्न मात्र सकेको भए ।

यसरी यो कोकिलले यस कैदखानाबाट आफ्नो पुकार उद्घोषित गर्दैछ । यो स्पष्ट सन्देश दिनु नै यसको काम हो । जसले चाहन्छ ऊ यी उपदेशहरूबाट अलग्ग रहन सक्दछ अनि जसले चाहन्छ ऊ स्वेच्छापूर्वक आफ्नो परमात्माको मार्गमा हिंड्न सक्छ ।

हे मानिसहरू हो, तिमीहरूले यी श्लोकहरूलाई अस्वीकार गर्दछौ भने ईश्वरलाई कुन प्रमाणद्वारा मानेका छौ ? त्यस प्रमाणलाई प्रस्तुत गर, हे झुट्ठाहरूको समुदाय ?

होइन, जसको हातमा मेरो आत्मा छ, तिनै ईश्वरको शपथ, उनीहरू सबैले एकत्रित भै एक अर्काको सहायता गर्न थाले तापनि यस्तो न त गर्न सक्दछन् र न कहिल्यै गर्न सक्नेछन् ।

हे अहमद ! मेरो अनुपस्थितिमा मेरा प्रदानहरूलाई नबिर्से । तिम्रा दिनहरूमा मेरा दिनहरूको र यस दुर्गम कैदखानाको मेरो निर्वासन र त्यहाँ मैले पाएका दुःख– सास्तीहरूलाई स्मरण गरे । अनि मेरो प्रेममा तिमी यति दढृ बन कि तिमीमाथि शत्रुहरूको तरबार बर्से तापनि तथा स्वर्ग एवं पृथ्वी सबै तिम्रा विरुद्ध आइलागे तापनि तिम्रो हृदयमा कत्ति पनि शंका उत्पन्न नहोस् ।

तिमी मेरा शत्रुहरूसमक्ष अग्निको ज्वाला समान तथा मेरा प्रियजनहरूप्रति अमर जीवनको सरिता बन । उनीहरू नबन जो मप्रति विश्वास राख्दैनन् ।

मेरो मार्गमा तिमीमाथि विपत्तिहरू आइपरे भने र मेरो निम्ति तिमीलाई अपमानित हुनुप¥यो भने पनि तिमी नहडबडाऊ ।

परमात्मामाथि आस्था राख, जो तिम्रा ईश्वर हुन् अनि तिम्रा पूर्वजहरूका पनि ईश्वर हुन् । किनभने, मानिसहरू स्वयं आफ्नै आँखाहरूद्वारा ईश्वरलाई देख्न नसकेर तथा आफ्नै कानहरूद्वारा प्रभुको आलाप सुन्न नसकेर, स्वविवेकबाट वञ्चित भएर, मिथ्या एवं भ्रमहरूको कुबाटोमा भौंतारिरहेका छन् । हामीले तिनीहरूलाई यस्तै पायौं जसको साक्षी तिमी पनि छौ ।

यसरी उनीहरूका अन्धविश्वास उनीहरू आफै र आफ्ना अन्तस्करणबीचका पर्दा बनेका छन्, जसले गर्दा उनीहरू सर्वश्रेष्ठ, अत्यन्त महान्, परमेश्वरका पवित्र मार्गबाट विचलित भएका छन् ।

तिमी आफै निश्चिन्त रहू कि निःसंशय जो यस परम सौन्दर्यबाट विमुख हुन्छ त्यो पूर्व युगहरूका ईश्वरावतारहरू देखि पनि छुट्टिएको छ अनि अनादिकालदेखि अनन्तकालसम्म परमात्माको विरुद्ध घमण्ड प्रदर्शन गरिरहेछ ।

हे अहमद ! तिमीले यस धर्मपत्रको राम्ररी पाठ गर, आफ्ना दिनहरूमा मधुर स्वरमा यसको पाठ गर एवं स्वयंलाई यसबाट वञ्चित नगराऊ, किनभने निःसंशय यसलाई पाठ गर्नेहरूको निम्ति ईश्वरले एक सय शहीदहरूको कर्मफल तथा लोक–परलोक दुवैमा सेवाको पारितोषिक निश्चित गरेका छन् । यी सबै कृपाहरू हामीले आफ्नो तर्फबाट कृपाको रूपमा तथा हाम्रो उपस्थितिको करुणाको रूपमा तिमीलाई प्रदान गरेका छौं ताकि तिमी ती कृतज्ञहरू मध्येको हुनेछौ ।

ईश्वरको शपथ ! जो कोही पनि विपद् वा दुःखमा छ उसले पूर्ण इमान्दारीका साथ यस धर्मपत्रलाई पाठ गर्यो भने अवश्य पनि परमेश्वरले उसको दु:ख हरण गर्नेछन्, उसका विपत्तिहरू हटाउनेछन् र उसका कष्टहरूको निवारण गर्नेछन् ।

निःसंशय उनै हुन् परम दयालु तथा करुणामय ।

परमात्माको स्तुति होस्, उनै हुन् सर्व–ब्रह्माण्डहरूका भगवान् ।

– Bahá’u’lláh

Prayer bpn11198 (bpn11198)

bahaiprayers.net 11198

⬆️


आध्यात्मिक गुणहरू

तिम्रा अनन्तताका सुगन्धयुक्त खोलाहरूबाट मलाई पिउन देऊ, हे मेरा ईश्वर, र तिम्रो अस्तित्वको वृक्षका फलहरू मलाई चाख्न दऊे, हे मेरा आशा ! तिम्रो प्रेमको निर्मल स्रोतबाट मलाई पिउन देऊ, हे मेरा गौरव, र तिम्रो सनातन धर्मको छायाँमा मलाई बस्न दऊे, हे मेरा ज्योति ! तिम्रो उपस्थितिमा तिम्रो सामीप्यको चउरमा मलाई विचरण गर्न देऊ, हे मेरा अतिप्रिय ! तिम्रो करुणाको सिंहासनको दाहिनेतिर मलाई राख, हे मेरा चाहना ! तिम्रो हर्षको सुगन्धित समीरको एक झोक्का ममाथि बहन देऊ, हे मेरा लक्ष्य, र तिम्रो यथार्थको स्वर्गको उचाइमा मलाई प्रवेश देऊ हे मेरा पूजनीय ! तिम्रो एकताको कोकिलको मधुर आलाप मलाई सुन्न देऊ, हे देदीप्यमान ! र तिम्रो बल र शक्तिको भावनाले मलाई पुनर्जीवित गराऊ, हे मेरा संभारकर्ता ! तिम्रो प्रेमको चेतनामा मलाई अटल गराऊ । हे मेरा पालनहारा, र तिम्रो सदिच्छाको मार्गमा मेरा गोडा दह्रो बनाऊ, हे मेरा स्रष्टा ! तिम्रो अमरत्वको बगैंचामा तिम्रो मुहारको सामु मलाई सधैँ बस्न देऊ, हे तिमी जो मप्रति करुणामय छौ, र तिम्रो गौरवको आसनमा मलाई स्थापित गर, हे तिमी जो मेरा मालिक हौ ! तिम्रो प्रेमाद्र दयाको स्वर्गमा मलाई उठाऊ, हे मेरा जीवनदाता, र तिम्रो मार्गदर्शनको दिवासूर्यतर्पm मलाई लैजाऊ, हे मेरा आकर्षण ! तिम्रो अदृश्य आत्माको प्रकटीकरणको सामु मलाई उपस्थित हुन बोलाऊ, तिमी जो मेरा स्रोत र परम चाहना हौ र तिमीले प्रकट गर्ने तिम्रो सौन्दर्यको सुवासको सारतत्वतर्फ फर्कन मलाई सक्षम गराऊ, हे तिमी जो मेरा ईश्वर हौ !

जे चाहन्छौ त्यही गर्न तिमी सक्षम छौ । तिमी, साँच्चै नै, अति उत्कृष्ट, सर्व–गौरवमय, सर्वोच्च छौ ।

– Bahá’u’lláh

Prayer bpn11149 (bpn11149)

bahaiprayers.net 11149

⬆️


हे मेरा ईश्वर ! ममा एउटा पवित्र हृदय उत्पन्न गरिदेऊ र एक शान्त अन्तःकरणलाई पुनर्स्थापित गरिदेऊ, हे मेरा अभिलाषा ! शक्तिको आत्माद्वारा मलाई आफ्नो सेवामा ग्रहण गर, हे मेरा परमप्रिय ! आफ्नो महिमाको प्रकाशद्वारा मलाई तिम्रो मार्ग देखाऊ, हे तिमी जो मेरो अन्तरेच्छाको परम ध्येय हौ ! हे मेरा सृष्टिका स्रोत, आफ्नो अत्युच्च शक्तिद्वारा मलाई आफ्नो पवित्रताको गगनतर्पm उठाऊ तथा आफ्ना अनन्तभावका वायु लहरद्वारा मलाई आनन्दित गरिदेऊ, हे तिमी जो मेरा ईश्वर हौ ! आफ्नो सदास्थायी मधुर रागिनीहरूद्वारा ममा शान्ति तथा स्थिरता फुकिदेऊ हे मेरा सखा ! तथा आफ्नो पुरातन मुखारविन्दका गुणहरूद्वारा मलाई तिम्रो अतिरिक्त अन्य सबैदेखि मुक्त गरिदेऊ, हे नाथ ! तिम्रो अक्षय सत्व प्रकाशको शुभ– समाचारद्वारा मलाई आनन्द मग्न राख, हे तिमी सर्वश्रेष्ठ, सबै प्रकट अस्तित्वभन्दा बढी प्रकट भएर पनि सर्व–गुह््य छौ ।

– Bahá’u’lláh

Prayer bpn11150 (bpn11150)

bahaiprayers.net 11150

⬆️


हे मेरा प्रभु ! तिम्रो सौन्दर्यलाई मेरो योजना बनाइदेऊ र तिम्रो उपस्थितिलाई मेरो पेय, तिम्रो आनन्दलाई मेरो आशा बनाइदेऊ र तिम्रो प्रशंसा गर्नु नै मेरो काम, तिम्रो सम्झनालाई मेरो साथी बनाइदेऊ र तिम्रो सुशासनलाई मेरो पालनहारा, तिम्रो आश्रमलाई मेरो पनि घर बनाइदेऊ र तिम्रो सिंहासनलाई मेरो विश्रामस्थल बनाइदेऊ जसलाई तिमीले आपूmबाट विमुख भएकाहरूको लागि निर्धारित गरेका सीमाहरूबाट स्वतन्त्र गराएका छौ ।

निःसन्देह तिमी सर्व–शक्तिमान्, सर्व–गौरवमय, सबैलाई वशमा राख्नेवाला हौ ।

– Bahá’u’lláh

Prayer bpn11151 (bpn11151)

bahaiprayers.net 11151

⬆️


हे मेरा प्रभु, मेरा ईश्वर ! तिम्रो नामको जय जय होस् । तिम्रो कृपाको डोरी बलियोसित पक्डेर र तिम्रो प्रचुर दयाको दौराको फेरोलाई समातेर उभिरहेको यो एउटा सेवक हो । तिम्रो जुन नामद्वारा तिमीले समस्त दृश्य र अदृश्य सृष्टिलाई आफ्नो वशमा राखेका छौ र सारा सृष्टिमा जीवनदायिनी श्वास संचार गराएका छौ त्यही नामद्वारा म तिमीसित प्रार्थना गर्दछु कि स्वर्ग र पृथ्वी दुवैमा व्याप्त तिम्रो शक्तिद्वारा मलाई सशक्त बनाइदेऊ तथा सारा रोग–व्याधि र दुःखकष्टहरूबाट मेरो रक्षा गर । म साक्षी दिन्छु कि सारा नामहरूका अधिपति तिमी नै हौ र जे चाहन्छौ त्यही कुराको आदेश गर्दछौ । तिम्रो अतिरिक्त अर्को कुनै ईश्वर छैन, तिमी सर्व–शक्तिशाली, सर्व–ज्ञाता, सर्व–बुद्धिमान् छौ ।

हे प्रभु ! मेरो लागि यस्तो आज्ञा गर ताकि सारा लोकहरूमा मेरो कल्याण होस् । अतः मेरो लागि पनि ती कुराहरू लेखिदेऊ जुन कुराहरू तिमीले आफ्ना केही चुनिएका भक्तजनको लागि लेखेकाछौ जसलाई दोषारोपण गर्नेहरूका आरोपले, नास्तिकहरूका तर्कहरूले र तिमीबाट विमुख भएकाहरूको पराइपनले पनि तिमीतिर अग्रसर हुनबाट रोक्न सकेका छैनन् ।

साँच्चै नै आफ्नो प्रभुसत्ताद्वारा तिमी सबैको संकटमोचन गर्दछौ । तिमीबाहके अर्को कुनै ईश्वर छैन, सर्व–शक्तिमान्, सबैलाई वशमा राख्नेवाला, हे तिमी !

हे मेरा ईश्वर, हे दयावान्, हे कृपानिधान ! तिमी त्यो सम्राट् हौ जसको सर्वोच्च आज्ञाको एउटा शब्दबाट सम्पूर्ण सृष्टिको रचना गरिएको छ र तिमी त्यो सर्व–कृपालु हौ जसको कृपाको प्रवाहलाई तिम्रा सेवकहरूका कर्महरूले कहिल्यै अवरुद्ध गर्न सकेका छैनन्, न त तिम्रो कृपाका अवतारहरूलाई विक्षिप्त गराउन नै सकेका छन् ।

म तिमीसित प्रार्थना गर्दछु कि यो सेवकलाई त्यहाँसम्म पुग्न सक्ने बनाऊ ताकि तिम्रा सबै लोकहरूमा उसले मोक्ष प्राप्त गर्न सकोस् । साँच्चै नै तिमी सर्व– शक्तिमान्, सर्वोपरि, सर्व–ज्ञाता, सर्व–बुद्धिमान् छौ ।

– Bahá’u’lláh

Prayer bpn11152 (bpn11152)

bahaiprayers.net 11152

⬆️


तिमी नै हौ सबैको प्रार्थना सुन्ने र मञ्जूर गर्ने ।

हे परमप्रिय, विश्वलाई ज्योति दिने हे तिमी ! तिम्रो महिमाको सौगन्ध, तिम्रो वियोगको ज्वालामा म पिल्सिरहेको छु र दिशाविहीनताले गर्दा मेरो आत्मा छटपटाइरहेको छ ।

हे तिमी विश्वका आकांक्षा र मानव–जातिका परम प्रिय, म तिम्रो अत्यन्त विराट नामको जपना गर्दै तिमीसित याचना गर्दछु कि मेरो आत्मालाई तिम्रो प्रेरणाको समीरमा आश्रित गराइदेऊ, मेरा कानहरूलाई तिम्रो अद्भुत आवाज सुन्न सक्ने बनाइदेऊ र मेरा आँखाहरूले तिम्रा चिन्हहरू तथा तिम्रा प्रकाशहरूलाई ठीक त्यस्तै देख्न सकून् जसरी तिनलाई तिमीले तिम्रा नामहरू र तिम्रा सद्गुणहरू प्रतिबिम्बित गर्ने अवतारहरूमा प्रकट गराएका छौ, हे तिमी जो सारा वस्तुलाई आफ्नो नियन्त्रणमा राख्दछौ ।

हे प्रभु, मेरा ईश्वर ! तिमीबाट टाढा हुनुपरेकोले गर्दा तिम्रा प्रियजनले आँसु बगाएको र तिम्रो दरबारदेखि टाढा हुनुपरेकोले तिम्रा भक्तहरू भयाकुल भएको तिमी देखिरहेका छौ । सारा दृश्य र अदृश्य वस्तुहरूलाई थर्कमान् पार्ने तिम्रो शक्तिको सौगन्ध ! पुथ्वीका अत्याचारी र दुष्टहरूको हातबाट तिम्रा अनुयायीहरूले जुन प्रकारको सास्ती खानु परिरहेको छ त्यसको लागि तिम्रा भक्तहरूले रगतको आँसु झार्नु उचित नै हो । हे मेरा प्रभु ! तिम्रा नगरहरू र तिम्रा राज्यहरूमा अनीश्वरवादीहरूले धाक जमाएको तिमी देखिरहेका छौ ।

जसद्वारा तिमीले तिम्रा सेवकहरूको बीचमा तिम्रो दिव्य–एकताको मापदण्डलाई स्थापित गराएका छौ, तिम्रा तिनै दूतहरूद्वारा, तिम्रा चुनिएका भक्तहरूद्वारा र तिम्रो अवतारद्वारा म तिमीसित याचना गर्दछु कि कृपा गरेर तिम्रा अनुयायीहरूलाई सुरक्षित राख । साँच्चै नै तिमी दयावान् छौ, कृपानिधान छौ ।

तिम्रो कृपाको कोमल वृष्टिद्वारा तथा तिम्रो दयाको समुद्रमा उर्लिरहेका छालहरूद्वारा म तिमीसित फेरि पनि प्रार्थना गर्दछु कि तिमी यस्तो वरदान देऊ जसले गर्दा तिम्रा भक्तहरूका आत्माले सान्त्वना र आँखाहरूले तृप्ति प्राप्त गर्न सकून् । तिम्रो यो भक्तलाई तिम्रो अघिल्तिर घुँडा टेकेर तिम्रो सेवा गर्ने अठोट गरिरहेको तिमी देखिरहेका छौ जसले मृतकले जस्तै तिम्रो दयाको समुद्रबाट अनन्त जीवनको चाहना गरिरहेको छ र तिम्रो सम्पन्नताको स्वर्गमा पुग्ने प्रयत्न गरिरहेको छ, यात्री जस्तै तिम्रो कृपाको छत्रछायाँमा तिम्रो गौरवशाली मन्दिरमा पुग्न हतारिएको छ, तिम्रो दया पाउने खोजकर्ता जस्तै तिम्रो कृपाको द्वारतिर लम्किरहेको छ र पापीजस्तै क्षमा र दयाको समुद्रतिर फर्किरहेको छ ।

हे तिमी जो मानव हृदयका आराध्यदेव हौ, तिम्रो प्रभुसत्ताको सौगन्ध ! मेरो आफ्नै इच्छा र आकांक्षा त्यागेर म तिमीतिर अघिबढेको छु ताकि तिम्रो आज्ञा र सदिच्छाले मभित्र शासन गर्न सकोस् र तिम्रो अनन्त आज्ञाको कलमले मेरोलागि जे निर्दिष्ट गरेको छ ठीक उसैगरी मलाई सञ्चालन गराओस् । हे प्रभु ! यो सेवक निःसहाय भए तापनि तिम्रो शक्तिको केन्द्रतर्फ लम्किरहेको छ, तिरस्कृत भएता पनि तिम्रो दिवासूर्यको ज्योतितर्फ अघि बढिरहेको छ र अभावग्रस्त भए तापनि तिम्रो कृपाको समुद्रको चाहना गरिरहेको छ ।

तिम्रो कृपा र दयाद्वारा म तिमीसित प्रार्थना गर्दछु कि उसलाई तिमीबाट टाढा गराएर निराश नबनाऊ ।

निश्चय पनि तिमी शक्तिमान्, क्षमावान् र करुणानिधान छौ ।

– Bahá’u’lláh

Prayer bpn11153 (bpn11153)

bahaiprayers.net 11153

⬆️


हे मेरा प्रभु ! हे मेरा प्रभु ! यो तिम्रो प्रेमको आगोले बालिएको र तिम्रो करुणाको वृक्षमा सल्काइएको ज्वालाद्वारा प्रज्ज्वलित भएको बत्ती हो । हे मेरा प्रभु ! तिम्रो प्रकटीकरणको साईनाईमा सल्केको आगोद्वारा यसको चहक, ताप र प्रकाशलाई बढाइदेऊ । साँच्चै नै तिमी हौ प्रमाणदाता, सहायक, शक्तिवान्, उदार, मायालु ।

– Abdu’l-Bahá

Prayer bpn11157 (bpn11157)

bahaiprayers.net 11157

⬆️


हे ईश्वर ! मेरो आत्मालाई नवजीवन देऊ र प्रफुल्लित पार । मेरो हृदयलाई चोखो पार । मेरा शक्तिहरूलाई तेजिलो बनाइदेऊ । म आफ्ना सबै कारोबारलाई तिम्रो हातमा समर्पित गर्दछु । तिमी नै मेरा मार्गदर्शक र मेरा आश्रय हौ । म अब दुःखी र संतप्त रहँदिन, म एउटा प्रसन्न र आनन्दित जीव बन्नेछु । हे ईश्वर ! अब म चिन्तित रहने छैन, नत आपूmलाई कष्टले सताउन दिनेछु । म जीवनका अप्रिय कुराहरूमा ध्यान दिने छैन ।

हे ईश्वर ! तिमी मेरा जति मित्र छौ त्यति म आफुसित पनि छैन । म आफुलाई तिमीमा नै समर्पित गर्दछु, हे प्रभु !

– Abdu’l-Bahá

Prayer bpn11154 (bpn11154)

bahaiprayers.net 11154

⬆️


उनै हुन् सर्व–कृपानिधान, सर्व–दयालु ! हे प्रभु,मेरा ईश्वर ! तिम्रो आह्वानले मलाई आकर्षित गरेको छ र तिम्रो गौरवशाली कलमको आवाजले मलाई ब्युँझाइदिएको छ ।

तिम्रो विशुद्ध वाणीको प्रवाहले मलाई आनन्दविभोर बनाइ दिएको छ र तिम्रो प्रेरणाको मदिराले मलाई मदमस्त बनाइदिएको छ । हे मेरा प्रभु ! मलाई तिमीबाहेक अरू सबै वस्तुहरूबाट अलग भइसकेको, तिम्रो कृपाको डोरीलाई बलियोसित पक्डरे बसिरहेको तिम्रै दयाका उपहारहरूको आशामा उभिरहेको तिमी देखिरहेका छौ । तिम्रा प्रेमाद्र दयाका उत्ताल छालहरू तथा तिम्रा कोमल सरंक्षण र प्रेमको चम्किलो प्रकाशद्वारा म तिमीसित प्रार्थना गर्दछु कि मलाई यस्तो वरदान देऊ जसले मलाई तिम्रो नजिक लैजान र तिम्रो धनद्वारा धनाढ्य बनाउन सकोस् । मेरो वाणी, मेरो कलम र मेरो सम्पूर्ण अस्तित्वले तिम्रो शक्ति, तिम्रो तागत, तिम्रो कृपा तथा तिम्रो अनुग्रहलाई प्रमाणित गर्दछ र यो सिद्ध गदर्छ कि तिमी ईश्वर हौ, तिमीबाहेक अर्को कुनै ईश्वर छैन र तिमी शक्तिशाली, बलवान् छौ ।

हे मेरा ईश्वर ! यतिखेर म मेरो असहायपन र तिम्रो प्रभुसत्ताको, मेरो निर्बलता र तिम्रो सबलताको साक्षी भएर उभिएको छु । म जान्दिन कि मेरोलागि कुन कुरा लाभदायक छ र कुन कुरा हानिकारक छ । वस्तुतः सर्व–बुद्धिमान्, सर्व– ज्ञाता तिमी नै छौ । हे प्रभु, हे ईश्वर र मेरा स्वामी ! मेरो लागि यस्तो आदशे गर ताकि तिम्रै अनन्त आज्ञामा म सन्तुष्ट हुन सकूँ र तिम्रा सारा लोकहरूमा सम्पन्नता प्राप्त गर्न सकूँ । साँच्चै नै तिमी कृपालु छौ, दयालु छौ ।

हे स्वामी ! मलाई तिम्रो दयाको स्वर्गबाट र तिम्रो द्रव्यको समुद्रबाट टाढा नराख र मेरोलागि यो लोक र परलोक दुवैमा उत्तम कुराहरूको व्यवस्था गरिदेऊ । वस्तुतः तिमी दयाको आसनका स्वामी हौ र सर्वोच्च सिहांसनमा विराजमान छौ । तिमीबाहके अर्काे कुनै ईश्वर छैन र तिमी अद्वितीय, सर्व–ज्ञाता, सर्व–बुद्धिमान् छौ ।

– Abdu’l-Bahá

Prayer bpn11155 (bpn11155)

bahaiprayers.net 11155

⬆️


हे प्रभु, मेरा ईश्वर ! तिम्रो जय होस् किनकि तिमीले मलाई तिम्रो एकतामा दीक्षित गरायौ, तिम्रो अद्वैततातिर आकर्षित गरायौ, तिम्रो प्रेमको अग्निद्वारा प्रज्ज्वलित गरायौ र तिम्रा मित्रहरू तथा तिम्रा सेवक– सेविकाहरूको सेवामा तथा तिम्रो गुणगान गर्न र स्मरण गर्नमा व्यस्त राख्यौ ।

हे प्रभु ! मलाई विनम्र र सुशील बन्नमा सहायता गर र मलाई सबै वस्तुहरूको मायामोहबाट मुक्त गराऊ र तिम्रो गौरवशाली वस्त्रमा टाँस्सिएर बस्न देऊ ताकि मेरो हृदय तिम्रो प्रेमले भरिपूर्ण भइरहोस् र यो ससांर र त्यहाँ भएका वस्तुहरूको मोहको लागि त्यहाँ कुनै स्थान बाकीँ नरहोस् ।

हे प्रभु ! तिम्रो अतिरिक्त अन्य सबै कुराहरूबाट मलाई पवित्र गराऊ, पाप तथा अपराधहरूको कसरबाट मलाई स्वच्छ पार र एउटा आध्यात्मिक हृदय र आत्मा धारण गर्नमा मलाई मद्दत गर ।

वस्तुतः तिमी दयालु छौ, तिमी सबभन्दा दानी छौ र सबै तिम्रो सहायता खोजिरहेका छन् ।

– Abdu’l-Bahá

Prayer bpn11156 (bpn11156)

bahaiprayers.net 11156

⬆️


हे मेरा ईश्वर ! हे मेरा ईश्वर ! यो तिम्रो सेवक तिमीतर्फ अघि बढेको छ, तिम्रो सेवाको मार्गमा हिंड्दै, तिम्रा कृपाहरूको प्रतीक्षा गर्दै, तिम्रो दानशीलताको आशा राख्दै, तिम्रो अधिराज्यमा विश्वास गर्दै र तिम्रो सौगातको अमतृ द्वारा उन्मत्त भएर तिम्रो प्रेमको मरुभूमिमा भौँतारिरहेको छ । हे मेरा ईश्वर ! तिमीप्रतिको उसको प्रेमको व्यग्रतालाई बढाइदेऊ, तिम्रो स्तुतिमा उसको सतत् भक्तिलाई वृद्धि गराऊ तथा तिम्रो प्रेममा उसको अन्तस्करणबाट उठेको ज्वालालाई अझ बढाइदेउ ।

निःसंशय, तिमी नै हौ अति दानी तथा प्रचुर अनुग्रहका स्वामी । तिमीबाहेक अन्य कोही पनि परमात्मा छैन । तिमी नै हौ क्षमाशील अनि परमदयालु ।

– Abdu’l-Bahá

Prayer bpn11158 (bpn11158)

bahaiprayers.net 11158

⬆️


हे प्रभु ! हामी कमजोर छौं, बलियो बनाइदेऊ । हे ईश्वर ! हामी अज्ञान छौं, जान्ने बनाइदेऊ । हे प्रभु ! हामी दरिद्र छौं, सम्पन्न बनाइदेऊ । हे ईश्वर ! हामी मतृ छौ, जीवन देऊ । हे प्रभु ! हामी तिरस्कतृ छौं, तिम्रो अधिराज्यमा हामीलाई गौरवान्वित गराऊ । तिमीले सहायता गर्यौ भने, हे प्रभु ! हामी चम्किला ताराहरूसरह बन्नछौं । तिमीले सहायता गरेनौ भने हामी माटो भन्दा तुच्छ हुनेछौं । हे प्रभु ! हामीलाई सबल बनाऊ । हे ईश्वर ! हामीलाई विजय प्रदान गर । हे ईश्वर ! स्वार्थलाई विजय गर्न र लालसालाई दबाउन हामीलाई सक्षम बनाऊ । हे प्रभु ! हामीलाई भौतिक संसारको बन्धनबाट मुक्त गरिदेऊ । हे प्रभु ! पवित्र आत्माको श्वासद्वारा हामीलाई जीवित गराऊ ताकि तिम्रो सेवा गर्न हामी उठ्न सकौं, तिम्रो पूजामा व्यस्त रहौं र पूर्ण इमान्दारीसाथ तिम्रो अधिराज्यमा परिश्रम गर्न सकौं ।

हे प्रभु ! तिमी शक्तिशाली छौ । हे ईश्वर ! तिमी क्षमाशील छौ । हे प्रभु ! तिमी करुणामय छौ ।

– Abdu’l-Bahá

Prayer bpn11159 (bpn11159)

bahaiprayers.net 11159

⬆️


आध्यात्मिक सभा

जब तिमीहरू सभा कक्षमा प्रवेश गर्दछौ, ईश्वर प्रेमले धड्केको हृदय र उनको सम्झनाबाहेक अन्य सबै कुराबाट पवित्र राखिएको जिह्वाले यो प्रार्थना पाठ गर, ताकि सर्व– शक्तिमान्ले तिमीलाई कृपापूर्वक परम विजय हासिल गर्न सहायता गर्नेछन् ।

हे ईश्वर, मेरा ईश्वर ! हामी तिम्रा सेवकहरू हौं जो भक्तिका साथ तिम्रो पवित्र मुहारतर्फ अभिमखु छौं, जो यस गौरवमय युगमा तिमीबाहेक अन्य सबैबाट विमुख भएका छौं । हामी राय र विचारमा एकमत भएर, मानव–जातिका बीच तिम्रो वचनको प्रशंसा गर्न हाम्रा उद्देश्यहरूलाई समन्वित गराएर यस आध्यात्मिक सभामा एकत्र भएका छौं। हे प्रभु, हाम्रा ईश्वर ! हामीलाई तिम्रा दैवी मार्गदर्शनका चिन्ह, मानिसहरूका बीच तिम्रो उत्कृष्ट धर्मका ध्वजा, तिम्रो शक्तिशाली संविदाको सेवक बनाइदेऊ, हे तिमी हाम्रा सर्वोच्च प्रभु ! तिम्रो आभा अधिराज्यमा हामीलाई तिम्रो दैवी एकताको चिन्ह, सबै क्षेत्रहरूमा चम्कने देदीप्यमान ताराहरू बनाइदेऊ । प्रभु ! हामीलाई तिम्रा अनुपम कृपाको लहरले प्रवाहित समुद्र, तिम्रा सर्व–गौरवमय उचाइबाट बगिरहेका खोलाहरू, तिम्रा स्वर्गीय धर्मका वृक्षका स्वच्छ फलहरू, तिम्रा दिव्यबागमा तिम्रो कृपाको समीरद्वारा हल्लिरहेका वृक्ष बन्न सहायता गर । हे ईश्वर ! हाम्रो आत्मालाई तिम्रो दैवी एकताका श्लोकहरूमा आश्रित गराइदेऊ, हाम्रो हृदयलाई तिम्रो कृपाको बाढीले प्रफुल्लित पारिदेऊ, ताकि हामी एउटै समुद्रका लहरहरू सरह एक हुन सकांै र तिम्रा उज्ज्वल प्रकाशका किरणहरू सरह मिल्न सकौं ; ताकि हामा्र विचार, हाम्रा राय, हाम्रा भावनाहरू विश्वभरि एकताका भावना प्रदर्शित गर्दै एउटै यथार्थ सरह बन्न सकून् ।

तिमी नै दयालु, उदार, दानी, सर्व–शक्तिमान्, कृपालु तथा करुणामय छौ ।

– Abdu’l-Bahá

Prayer bpn11195 (bpn11195)

bahaiprayers.net 11195

⬆️


हे तिमी दयालु ईश्वर ! हामी सबै यो आध्यात्मिक सभामा बडो नम्रतापूर्वक एकत्रित भएका छौं । हामीले आफ्नो अनुहार तिम्रो साम्राज्यतर्फ अभिमुख गरेका छौं, र तिम्रो मान्यता एवं सहायताको याचना गरिरहेका छौं, ताकि हामी सबै एक हनु सकौं अनि आपस्तमा एक अर्काको साथ दूध र महको मिठासझैं मिल्न सकौं तथा समस्त मानव– जातिको एकताको कारण बन्न सकौं । हे भगवान् ! हामीलाई पवित्र हृदय तथा प्रकाशमान् अन्तःकरण प्रदान गर, जसद्वारा हामी तिमीसँगै प्रार्थना गर्न र हाम्रा आकांक्षाहरू पूरा गर्न याचना गर्दछौं ।

हे सर्व–शक्तिमान् ! हाम्रा पापहरू माथि ध्यान नदेऊ, बरू हामीमाथि आफ्नो परम दयादृष्टि राख । हाम्रा गल्तीहरूलाई माफ गर । हामी माथि आफ्नो परम–कृपाको वृष्टि गर । आफ्नो परम पवित्र प्रेमको अग्नि प्रदीप्त गरिदऊे, अन्धविश्वास, लालसा एवं कामनाको आवरणलाई डढाएर खरानी बनाइदेऊ । हामीलाई स्वार्थको कमजोरीहरूबाट रक्षा गर । तिम्रो परम दयालुताको वृक्षको छायाँमुनि हामीलाई आश्रय प्रदान गर अनि हामीलाई आध्यात्मिक सुख एवं आनन्द देऊ ।

निःसंशय, तिमी सर्व–शक्तिमान् तथा महाबलवान् छौ ।

– Abdu’l-Bahá

Prayer bpn11196 (bpn11196)

bahaiprayers.net 11196

⬆️


आध्यात्मिक सभाको विसर्जन समयमा गरिने प्रार्थना ।

हे प्रभु ! हे परमेश्वर ! आफ्नो एकताको अदृश्य साम्राज्यबाट तिमी हामीलाई हेरिरहेका छौ अनि देखिरहेका छौ कि तिमीमा विश्वास गरेर, तिम्रा चिन्हहरूप्रति आस्थावान् भएर, तिम्रा संविदा र प्रमाणप्रति दृढ विश्वास राखेर, तिमीतिर आकृष्ट भएर, तिम्रो प्रेमको अग्निबाट प्रदीप्त भएर, तिम्रो धर्मप्रति सत्यनिष्ठ भएर तिम्रो उद्यानका सेवकहरू बनेर, तिम्रो धर्मको प्रचारक बनेर, तिम्रो उपासक बनेर, तिमीप्रति विनम्र भएर, तिम्रो संघारमा आफैलाई समर्पित गरेर तथा तिम्रा चुनिएका भक्तहरूको सेवा गर्नमा हामीलाई स्वीकार गर्ने चाहना गर्दै हामी यस आध्यात्मिक सभामा भेला भएका छौं । आफ्ना अदुश्य गणद्वारा हाम्रो सहायता गर, हामीलाई तिम्रो सेवा गर्ने सामथ्र्य प्रदान गर र हामीलाई तिम्रो सधैँ विनम्र भई तिम्रो आराधना गर्ने र तिमीसित सम्पर्क राख्ने सेवकहरू बनाइदेऊ ।

हे हाम्रा मालिक ! हामी निबर्ल छौं तर तिमी बलवान् तथा शक्तिशाली छौ । हामी मृत छौं, तिमी जीवनदायिनी परमब्रह्मा हौ । हामी अभावग्रस्त छौं, तिमी शक्तिशाली तथा पालनहारा छौ ।

हे हाम्रा मालिक ! हामीलाई तिम्रो दिव्य धामतिर उन्मुख गराऊ; तिम्रो स्वर्गीय कृपाद्वारा आफ्नो दिव्य थालबाट हाम्रो भरणपोष्ण गर, तिम्रो सर्वोच्च देव गणद्वारा हामीलाई सहायता गर र आभा अधिराज्यका पवित्रात्माहरूद्वारा हामीलाई दीक्षित गराऊ ।

निश्चय नै, तिमी दाता तथा कृपालु हौ । तिमी महान् ढुकुटीका मालिक हौ र निश्चय नै तिमी क्षमाशील र कृपानिधान हौ ।

– Abdu’l-Bahá

Prayer bpn11197 (bpn11197)

bahaiprayers.net 11197

⬆️


ईश्वरको सामिप्य

हे नाथ, हे प्रभु र मेरो विपत्तिमा मेरो स्वर्ग ! मेरो दुःखमा मेरो ढाल तथा मेरो आश्रय ! मेरो आवश्यकतमा मेरो शरणस्थल तथा आरक्ष र मेरो एक्लोपनमा मेरो साथी ! पीडामा मेरो सान्त्वना र एकान्तमा मेरो प्रिय मित्र ! मेरो दु:खको जलनलाई शान्त गर्ने र मेरा पापहरूलाई क्षमा गर्ने ! असीम उत्साह लिएर मन, बचन र कर्मले म तिमीसित याचना गर्दछु कि तिम्रो दिव्य एकताको यस चक्रमा ती सबै कुराहरूबाट तिमी मेरो रक्षा गर जुन तिम्रो इच्छाका विपरीत छन् र तिम्रो कृपा वृक्षको छायाँमा कलङ्करहित प्रवेश गर्नमा बाधा पुर्याउने मेरा सारा अवगुणहरूलाई हटाइदेऊ ।

हे प्रभु ! निर्बलहरूमाथि दया गर, रोगीहरूलाई रोगमुक्त गराऊ र तृषितहरूको तृष्णा मेटाइदेऊ ।

जनु हृदयमा तिम्रो प्रेमको अग्नि प्रज्जवलित भइरहेको छ त्यसलाई प्रफूल्लित राख र दिव्य प्रेम र प्रेरणाद्वारा त्यसको ज्वालालाई अझ तीव्र गराऊ । दिव्य एकताको मन्दिरलाई पवित्रताको आवरणद्वारा सजाऊ र मेरो शिरलाई तिम्रो कृपाको श्रीपेचद्वारा सुशोभित गरिदेऊ ।

तिम्रो कृपा सूर्यको कान्तिद्वारा मेरो मुखलाई आलोकित गर र तिम्रो पवित्र संघारको सेवा गर्न मलाई सहायता गर ।

तिम्रा प्राणीहरूप्रतिको प्रेमले मेरो हृदयलाई परिपूर्ण गरिदेऊ र यस्तो वरदान देऊ कि म तिम्रो दयाको प्रतीक, तिम्रो अनुग्रहको चिन्ह बन्न र तिम्रा प्रियजनबीचको एकतालाई सम्वद्र्धन गर्न सकूँ; तिम्रो भक्त हुन, तिम्रो स्मरण गर्न र स्वयंमलाई बिर्सेर सदा–सर्वदा तिमीमा र तिम्रो कृपामा सन्तुष्ट रहन सकूँ ।

हे प्रभु, मेरा प्रभु ! आफ्नो कृपा र क्षमाशीलताको समीरलाई ममाथि बहन देऊ तथा आफ्नो सहायता र प्रेमको निर्झ र स्रोतबाट मलाई पिउन दऊे ।

तिम्रो रक्षा गर्ने पखेटाहरूको छायाँपुनि मलाई आश्रय प्रदान गर र तिम्रो सारालाई रक्षा गर्ने नेत्रद्वारा मलाई हेर ।

मेरो वाणीलाई तिम्रा मानिसहरूबीच तिम्रो नामको जयजयकार गर्न योग्य बनाऊ ताकि ठूला–ठूला सभाहरूमा मेरो आवाज गुञ्जियोस् र मेरा ओठहरूबाट तिम्रो प्रशंसाको मूल फुटोस् ।

साँच्चै नै, तिमी कृपाशील, स्तुत्य, सर्व–शक्तिमान्, सर्वोपरी हौ ।

– Abdu’l-Bahá

Prayer bpn11139 (bpn11139)

bahaiprayers.net 11139

⬆️


उनै हुन् करुणामय तथा सर्व–दयालु ! हे ईश्वर, मेरा ईश्वर ! तिमीले मलाई देखिरहेछौ, तिमी मलाई जान्दछौ; तिमी नै मेरा आश्रय हौ, तिमीले नै मलाई शरणमा लिएका छौ; मैले तिम्रा अतिरिक्त कसैको शरण चाहिन न कहिल्यै चाहने नै छु; म तिम्रो प्रेमको मार्गमा अतिरिक्त कुनै बाटोमा न त हिंडे न हिंड्ने नै छु । नैराश्यको घनघोर अन्धकारमय रातमा, मरो आँखा तिम्रै असीम कृपााका लागि आशाले भरिएको दृष्टिले ताक्दछ अनि उषाकालमा मेरो मुर्झाएको आत्मा तिम्रो सौन्दर्य एवं सर्व–व्यापी गुणको स्मरणद्वारा सशक्त एवं प्रफुल्लित हुन्छ । तिम्रो दयाको कृपावृष्टिले जसलाई सहायता गरिदिन्छ, त्यो एक थोपा नै किन नहोस् अनन्त सागरमा परिणत हुन्छ तथा एउटा अणुले पनि तिम्रो प्रेमले भरिएको दयावृष्टिको सहायता पायो भने, त्यो अवश्य नै एक अत्यन्त प्रकाशदायक ताराझैं चम्किने छ ।

हे तिमी पवित्रताको आत्मा, तिमी जो उदार प्रदाता हौ, तिम्रो मोहपाशमा बाँधिएको यस प्रदीप्त सेवकलाई आफ्नो सुरक्षित शरणमा आश्रय देऊ । अस्तित्वको यस जगत्मा तिम्रो प्रेममा उसलाई निश्चल रहनमा सहायता गर तथा यो पखेटा भाँचिएको पक्षीलाई तिम्रो अत्यन्त महान् उदारताद्वारा आफ्नो त्यस दैवीय गुँडमा पुर्याइकन आश्रय प्रदान गर जुन तिम्रो अजर–अमर दैवी वृक्षमा स्थित छ ।

– Abdu’l-Bahá

Prayer bpn11140 (bpn11140)

bahaiprayers.net 11140

⬆️


उपवास

तिम्रै जय होस्, हे ईश्वर, मेरा स्वामी ! अन्धकारलाई प्रकाशमा परिणत गर्ने, बारम्बार धाइने देवस्थल निमार्ण गर्ने तथा लिखित पाटिका प्रकाशित गर्ने एवं फिजाइएको पत्रको अनावरण गर्ने यो प्रकटीकरणद्वारा मलाई तथा मेरो साथमा रहेकाहरूको लागि तिम्रो उत्कर्ष गौरवको आकाशमा उड्न र तिम्रो एकताको मन्दिरमा प्रवेश गर्न, शंकालु व्यक्तिहरूलाई बाधा गर्ने शकांहरूको दागलाई पखाल्न समर्थ बनाइदेऊ भनी याचना गर्दछु ।

म उही हूँ, हे मेरा नाथ, जसले तिम्रो प्रेमाद्र दयाको डोरी बलियोसँग समातेको छ, र तिम्रो करुणा एवं कृपाको संजापमा टाँसिएको छ । मलाई तथा मेरा प्रियजनहरूको लागि यो संसार र आउने संसारको भलाइ निर्दिष्ट गरिदेऊ ।

तब, तिमीले आफ्ना प्राणीहरूमध्ये छानिएकाहरूको लागि तोकेको गूढ उपहार उनीहरूलाई पनि प्रदान गर । यी तिनै दिनहरू हुन्, हे मेरा प्रभु ! जसमा तिमीले आफ्ना सेवकहरूका लागि उपवास बस्ने आज्ञा दिएका छौ ।

ऊ धन्य छ जसले पूर्णतया तिम्रै लागि र तिमीबाहके अन्य सबै वस्तुबाट पूर्ण अनाशक्त रहेर उपवास बस्छ ।

हे मेरा स्वामी ! तिम्रो आज्ञा पालन गर्न र तिम्रा शिक्षाहरू मात्र मलाई र उनीहरूलाई सहायता गर ।

निःसशंय, तिमी जे चाहन्छौ त्यही गर्ने तिमीमा सामर्थ्य छ ।

सर्व–ज्ञानी, सर्व–बुद्धिमान् परमात्मा तिमीबाहेक अरू कोही छैन । सबै संसारहरूका स्वामी, ईश्वरको जय होस् ।

– Bahá’u’lláh

Prayer bpn11191 (bpn11191)

bahaiprayers.net 11191

⬆️


हे मेरा प्रभु ! यी तिनै दिनहरू हुन् जुन दिनहरूमा आफ्ना सेवकहरूलाई तिमीले उपवास बस्ने आदेश गर्यौ।

यसद्वारा आफ्ना प्राणीहरूको लागि प्रकट गरेका तिम्रा कानूनहरूको पुस्तकको भूमिकालाई तिमीले अलङ्कृत गरायौ र पृथ्वी र स्वर्गमा बस्ने सबैको लागि आफ्ना आदेशहरूको कोष खोलिदियौ । यी दिनहरूका हरेक पललाई तिमीले विशिष्ट गुणहरूद्वारा शोभायमान गरायौ जुन तिमीबाहेक अन्य सबैको बोधशक्ति भन्दा टाढा छ । र, जसको ज्ञानले सारा सिर्जित वस्तुहरूलाई व्याप्त गरेको छ । तिमीले प्रत्येक आत्मालाई पनि तिम्रो आज्ञापत्र र अकाट्य निर्णयको ग्रन्थमा उल्लेख गरे अनुसार यस गुणको एक अंश प्रदान गर्यौ। यी पुस्तक तथा ग्रन्थहरूको प्रत्येक पानालाई तिमीले पृथ्वीका मानिस र तिनका सन्ततिको लागि निर्धारित गर्यौ।

हे तिमी जो शासकहरूका पनि शासक हौ ! तिम्रा आज्ञानुसार तिम्रा उत्कट प्रेमीहरूको लागि तिमीले प्रत्येक बिहान तिम्रो स्मरणको प्याला निर्दिष्ट गर्यौ। यी तिनै प्रेमीहरू हुन् जो तिम्रो अगाध ज्ञानरूपी मदिराले यसरी मस्त छन् कि तिम्रो स्तुति गर्ने र तिम्रो गुणगान गर्ने इच्छाले आफ्नो श्यया त्याग गर्दछन् र तिम्रो दर्शन पाउने र तिम्रो कृपा प्राप्त गर्ने इच्छाले निद्रा त्याग गर्दछन् । तिनका आँखा सधैँ तिम्रो प्रेमाद्र–दयाको दिवा–स्रोत तिर लालायित हुन्छन् र तिनका मुख तिम्रो प्रेरणाको निर्झर स्रोत तिर उन्मखु छन् । त्यसकारण हामी तथा तिनीहरूमाथि आफ्नो कृपाको मेघबाट तिनै कुराको वृष्टि गराऊ जुन तिम्रो अनुकम्पा र प्राच्युर्यतासित सुहाउने होस् ।

हे मेरा प्रभु ! तिम्रो नामको जयजयकार होस् ! त्यो त्यही घडी हो जब तिमीले आफ्ना प्राणीहरूको समक्ष आफ्नो कृपाको ढोका उदाङ्ग पारिदिएका छौ अनि पृथ्वीका बासिन्दाहरूको लागि आफ्नो कोमल दयाको दर्बाजा खोलिदिएका छौ । तिमीलाई भेट्ने उत्कट अभिलाषाले समस्त प्राणीहरूबाट अलग्ग भई तिम्रो मार्गमा वीरगति प्राप्त गर्नेहरू, जो तिम्रो प्रेरणाको सुमधुर सुवासले यसरी प्रभावित भए कि तिनका शरीरका प्रत्येक अङ्ग तिम्रै स्तुतिमा विभोर थिए र तिम्रो स्मृतिद्वारा स्पन्दित थिए, तिनीहरू साराको नाम लिएर म तिमीसित याचना गर्दछु कि तिमी मलाई ती कुराहरूबाट वञ्चित नगराऊ जसलाई तिमीले यस प्रकटीकरणमा अकाट्य रूपमा निर्दिष्ट गरेका छौ ।

यो त्यही प्रकटीकरण हो जसको शक्तिले प्रत्येक वृक्षलाई त्यो घोषणा गर्न लगाइरहेको छ जुन घोषणा अतीतमा प्रज्ज्वलित झाडीले मोशेजलाई गरेको थियो जसले तिमीसित संवाद गरेका थिए यस्तो प्रकटीकरण जसको शक्तिले धर्तीका कणकण फेरि उसरी नै तिम्रो महिमा गाउनमा तल्लीन छन् जसरी तिम्रा मित्र हजरत मुहम्मदको कालमा ढुङ्गाहरूले गरेका थिए ।

हे मेरा प्रभु ! यी तिनै मानिसहरू हुन् जसलाई कुपापूर्वक तिमीले आफ्नो सान्निध्य प्राप्त गर्ने योग्य बनायौ अनि स्वयं तिमीलाई प्रकट गर्ने अवतारका भक्त हुने योग्य गरायौ । जबसम्म तिमी तिनलाई तिम्रै छत्रछायाँमा एकत्र गराउने र तिम्रो दरबारको प्राङ्गणमा प्रवेश गराउने चाहना गर्दैनौ त्यसबेलासम्म तिमी तिनलाई तिम्रो इच्छारूपी समीरद्वारा टाढा–टाढा पठाउँदछौ । तिनीहरूलाई अहिले तिमीले आफ्नो दयाको आश्रयमुनि संरक्षण दिएका छौ तसर्थ त्यस्तो विशिष्ट पदलाई सम्हाल्ने योग्यता उनीहरूलाई प्रदान गर । हे मेरा प्रभु ! जसले तिम्रो निकटता प्राप्त गरेर पनि तिमीलाई चिन्न सकेनन् र जसले तिमीलाई भेट्टाएर पनि तिम्रो दर्शन गर्न सकेनन् तिनका समूहमा यिनीहरूलाई नपार ।

हे मेरा मालिक, यी तिम्रा सेवकहरू हुन् जो तिमीसित यस अत्यन्त विराट जेलभित्र प्रविष्ट भएका छन् र तिमीले तिम्रा पुस्तक तथा परिपत्रहरूमा तिनका लागि जे आज्ञा गरेका छौ तिनको अनुरूप यस जेलका चार किल्लाभित्र पनि उपवास राखिरहेका छन् । तसर्थ तिनीहरूमाथि आफ्नो दयाको वृष्टि गर जसले गर्दा तिमीलाई अप्रिय लाग्ने ती सबै कुराहरूबाट आफुलाई अलग्ग गराउन मन, बचन र कर्मले तिम्रा उपासक हुन् र तिमीबाहेक अन्य सबै कुराहरूबाट आफुलाई मुक्त गराउन समर्थ होऊन् ।

अतः हे मेरा प्रभु ! तिनलाई यस्ता कुराहरूको मात्र वरदान देऊ जुन तिम्रा कृपा र अनुग्रह सुहाउँदा छन् । हे मेरा प्रभु ! हामीलाई तिम्रै स्मरणमा बाँच्ने र तिम्रै प्रेमको खातिर मर्न सक्ने तुल्याऊ र तिमीबाहेक अन्य सबैको निमित्त अगम ती परलोकहरूमा पनि तिम्रो सात्रिध्य प्राप्त गर्न सक्ने वरदान देऊ । तिमी हाम्रा अधिपति हौ अनि सारा लोकका अधिपति हौ तथा स्वर्ग र पृथ्वीका सारा निवासीहरूका इष्टदेव हौ ।

हे मेरा प्रभु ! तिम्रा दिनहरूमा तिम्रा प्रियजनले कस्तो दुःख–सास्ती पाउनुपर्यो त्यसलाई तिमी राम्ररी जान्दछौ । तिम्रो गौरव मेरो साक्षी छ । तिम्रा विश्वासिला भक्तहरूको करुण विलापको आवाज सुनेर सारा लोकहरू स्तब्ध भएका छन् । तिम्रो भूमिका अविश्वासीहरूको जालमा केही फसाइएका छन् र तिम्रो नजिक आउनबाट वञ्चित गराइएका छन् तथा कष्टको पर्खाललाई आफुहरू र तिमीबीच आउन दिएकाले तिमीसित साक्षात्कार गर्न सकेनन् ।

हे मेरा प्रभु ! यो त्यही घडी हो जुनलाई तिमीले अरू घडीहरूभन्दा विशिष्ट बनायौ र आफ्ना परम भक्तहरूको लागि निर्दिष्ट गर्यौ । तिम्रा र तिनका नाम लिएर म तिमीसित याचना गर्दछु, हे मेरा प्रभु कि यो वर्षको अवधिमा तिमी यस्तो आज्ञा गर जसद्वारा तिम्रा भक्तहरूको समुन्नति होस् ।

यो वर्षमा तिमी अझ यस्तो वरदान गर जसले गर्दा तिम्रो गौरवशाली क्षितिजमा तिम्रो शक्तिको दिवा नक्षत्र अझ दीप्तिमान भई चम्कियोस् र तिम्रो सार्वभौम प्रकाशद्वारा सारा संसार झलमल्ल होओस् ।

हे मेरा प्रभु ! तिम्रो धर्मलाई विजयी बनाऊ र तिम्रा शत्रुहरूलाई अपमानित पनि नगराऊ । यस्तो वरदान देऊ जसले गर्दा इहलोक र परलोक दुवैमा हाम्रो कल्याण निश्चित होओस् । तिमी नै सत्य हौ र सारा रहस्यहरूका ज्ञाता हौ ।

सदा क्षमाशील, सर्व–कृपालु तिमीबाहेक अन्य कुनै ईश्वर छैन ।

– Bahá’u’lláh

Prayer bpn11192 (bpn11192)

bahaiprayers.net 11192

⬆️


एकता

हे मेरा ईश्वर ! हे मेरा ईश्वर ! तिम्रा सेवकहरूको हृदयलाई एक गरिदेऊ र उनीहरूलाई तिम्रो महान् उद्देश्य प्रकट गरिदेऊ, उनीहरूले तिम्रो आज्ञापालन गर्न र तिम्रो नियममा बस्न सकून् । हे ईश्वर ! उनीहरूको प्रयत्नमा सहायता गर र उनीहरूलाई तिम्रो सेवा गर्ने शक्ति प्रदान गर । हे ईश्वर ! उनीहरूकै जिम्मामा उनीहरूलाई नछोड बरू तिम्रो ज्ञानको प्रकाशद्वारा उनीहरूलाई आनन्दित पार ।

निःसंशय, तिमी नै हौ उनीहरूका सहायक तथा उनीहरूका प्रभु !

– Bahá’u’lláh

Prayer bpn11188 (bpn11188)

bahaiprayers.net 11188

⬆️


ईश्वरले आज्ञा देऊन् कि एकताको ज्योतिले सम्पूर्ण विश्वलाई ढाकोस् र “यो अधिराज्य ईश्वरकै हो” भन्ने मोहरको छाप यसका समस्त जनताको निधारमा लागोस् ।

– Bahá’u’lláh

Prayer bpn11189 (bpn11189)

bahaiprayers.net 11189

⬆️


हे मेरा ईश्वर ! हे मेरा परमेश्वर ! तिम्रो पवित्र संघारमा नतमस्तक भई म तिमीसित प्रार्थना गर्दछु कि यी आत्माहरूमाथि तिम्रो कृपाको वृष्टि गरिदेऊ । तिनलाई तिम्रा कुपा प्राप्त गर्ने र तिम्रो सत्यको अन्वेषण गर्ने योग्यता प्रदान गर ।

हे मालिक ! तिम्रो अद्वितीयता र पवित्रताद्वारा उनीहरूको हृदयलाई एकताको सूत्रमा बाँधिदेऊ, उनीहरूको आत्माबीच सामञ्जस्यता स्थापना गरिदेऊ । हे नाथ ! यिनको अनुहारलाई तिम्रो एकताको प्रकाशले प्रकाशित गराइदेऊ । तिम्रो अधिराज्यको सेवामा तिम्रा सेवकहरूको कम्मरलाई सशक्त गराइदेऊ ।

हे नाथ ! तिमी अनन्त दयाका स्वामी हौ ! हे उदार तथा क्षमाशील प्रभु ! हाम्रा पापहरूलाई क्षमा गरिदेऊ, हाम्रा दोषहरूमाथि ध्यान नदेऊ र हामीलाई तिम्रो साम्राज्यतर्पm उन्मुख गराऊ । हामीलाई तिम्रो गौरवका प्रमाणहरूप्रति समर्पित गराऊ र तिम्रो समाधिको अघि विनम्र भई तिम्रो साम्राज्यबाट शक्ति र बलको याचना गर्ने बनाऊ ।

हे नाथ ! हे प्रभु ! आफ्नो प्रेमको अनुकम्पाबाट हामीलाई समुद्रका लहरहरू र बगैँचामा फूलहरूसरह एक गरिदेऊ । हे मालिक ! तिम्रा एकताका चिन्हहरूद्वारा हाम्रो हृदयलाई सुशोभित गरिदेऊ र समस्त मानव–जातिलाई गौरवको एउटै उचाइमा चम्किरहने ताराहरू र तिम्रो जीवन– वृक्षमा लागेका फलहरूजस्तै पूर्ण बनाइदेऊ ।

निश्चय नै, तिमी सर्व–शक्तिमान्, आत्म–परिपूर्ण, दाता, क्षमाशील, उदार, सर्व–ज्ञाता, अनि सर्व–स्रष्टा हौ ।

– Abdu’l-Bahá

Prayer bpn11190 (bpn11190)

bahaiprayers.net 11190

⬆️


केटाकेटी तथा युवा

हे भगवान् ! मलाई बाटो देखाऊ, मलाई रक्षा गर, मलाई एउटा उज्यालो बत्ती र एउटा प्रकाशवान् तारा बनाइदेऊ | तिमी शक्तिशाली तथा बलवान् छौ |

– Abdu’l-Bahá

Prayer bpn7004 (bpn7004)

bahaiprayers.net 7004

⬆️


हे ईश्वर ! तिम्रो प्रेमको काखमा यो सानो बालकलाई हुर्काऊ र तिम्रो कृपाको स्तनबाट यसलाई दूध देऊ । तिम्रो प्रोको फूलबारीमा यो कलिलो बिरुवालाई मल–जल दऊे र तिम्रो कृपाको वृष्टिद्वारा यसलाई बढ्न सहयोग गर । यसलाई अधिराज्यको बालक बनाइदेऊ र तिम्रो स्वर्गीय साम्राज्यतिर डो¥याऊ । तिमी शक्तिशाली र दयालु छौ, तिमी नै दाता, उदार, अपार कृपाका अधिपति हौ ।

– Abdu’l-Bahá

Prayer bpn11092 (bpn11092)

bahaiprayers.net 11092

⬆️


हे अद्वितीय प्रभु ! आफ्नो प्रेमाद्र दयाको स्तनपान गराएर यो दुधे बालकको पालन–पोषण गर, आफ्नो सुरक्षा र संरक्षणको कोक्रोमा यसलाई सुरक्षित राख र यस्तो वरदान देऊ कि तिम्रो करुणाको कोमल हातबाट यसको स्याहार–सुसार होस् ।

– Abdu’l-Bahá

Prayer bpn11093 (bpn11093)

bahaiprayers.net 11093

⬆️


हे ईश्वर ! यी बाल–बालिकालाई शिक्षा देऊ । यी बाल–बालिका तिम्रा फलोद्यानका बोट–बिरुवा, तिम्रा मैदानका फूलहरू तथा तिम्रै बगैंचका गुलाबहरू हुन् । यिनीहरूमाथि जलवृष्टि गरिदऊे; सत्यको सर्यू तिम्रो प्रेम सहित यिनीहरू माथि चम्कन देऊ । तिम्रो समीरलाई यिनीहरूमाथि बहन देऊ, ताकि यिनीहरू तालिम प्राप्त गर्न, हुर्कन र विकसित हनु सक्नछेन् र परमसौदर्यका साथ देखापर्ने छन् । तिमी दाता छौ । तिमी करुणामय छौ ।

– Abdu’l-Bahá

Prayer bpn11088 (bpn11088)

bahaiprayers.net 11088

⬆️


हे प्रभु ! यी बालकहरूलाई उत्तम पौधाहरू बनाइदेऊ । आफ्नो संविदाको उद्यानमा यिनीहरूलाई उम्रन र हुर्कन देऊ, आभा अधिराज्यको मेघबाट वृष्टि गराएर तिनीहरूलाई हरियाली र सौन्दर्य प्रदान गर । हे दयालु स्वामी ! म एउटा सानो बालक हूँ । तिम्रो अधिराज्यमा प्रवेश गराएर मलाई प्रतिष्ठित गराइदेऊ । म एउटा भौतिक जीव मात्र हूँ, स्वर्गका गुणद्वारा यसलाई सम्पन्न बनाऊ । म उदास छु, मलाई आलोकित गराइदेऊ; निर्जीव पदार्थजस्तो छु, आध्यात्मिक बनाइदेऊ र तिम्रा अनन्त सद्गुणहरूलाई प्रतिबिम्बित गर्न सक्ने बनाइदेऊ । तिमी बलवान् छौ, तिमी सबलौई प्रेम गर्दछौ ।

– Abdu’l-Bahá

Prayer bpn11089 (bpn11089)

bahaiprayers.net 11089

⬆️


हे दिव्य पिता ! म कम आयु भएको एक बालक हुँ । आफ्नो दयाको दधू खुवाएर मेरो पालन–पोषण गर, तिम्रो प्रेममा मलाई निपुण बनाऊ, आफ्नो मार्गदर्शनको पाठशालामा मलाई विद्यादान देऊ तथा आफ्नो विपुल प्रदानको छत्र छायाँमा मेरो विकास गर । मलाई अन्धकारबाट मुक्त गर, मलाई एउटा प्रकाशदायक दियो बनाईदेऊ । मलाई शोक संतापबाट मुक्त गरी देऊ, आफ्नो संघारमा मेरो सेवा स्वीकार गर तथा मलाई एक सत्कर्मीको प्रवृत्ति एवं प्रकृति प्रदान गर । मलाई मानव–जगत्को समृद्धि ल्याउने एक साधन बनाऊ तथा मेरो शिरलाई चिरस्थायी जीवन–मणि जडिएको मुकुटद्वारा सुसज्जित गर । निःसंशय तिमी नै हौ सामथ्र्यवान्, सर्व–शक्तिमान्, सर्व–द्रष्टा तथा श्रोता ।

– Abdu’l-Bahá

Prayer bpn11090 (bpn11090)

bahaiprayers.net 11090

⬆️


हे अद्वितीय प्रभु ! यो बिचरा बालकको लागि तिमी आश्रय बनिदेऊ र यो गल्ती गर्ने र दु:खी आत्माको लागि दयालु र क्षमाशील मालिक भइदेऊ । हे प्रभु ! हामीहरू काम नलाग्ने पौधाहरूजस्तै भए तापनि तिम्रै गुलाबको बगैंचामा फुल्दछौं । पात र फूलहरू नभएका बेर्नाहरू भए तापनि तिम्रो फलोद्यानकै अशं हौं । अतः यो पौधालाई पनि तिम्रो कोमल दयाको मेघबाट झरेको पानीद्वारा सिँचन गरेर हुर्काऊ र यो बेर्नालाई पनि आफ्नो आध्यात्मिक वसन्त ऋतुको शीतल समीरद्वारा तरोताजा गराऊ र विकसित गराऊ ।

यसलाई संवेदनशील बनाइदेऊ, सूक्ष्म दृष्टि प्रदान गर र सुशील आचरणको बनाइदेऊ र यस्तो व्यवस्था गरिदेऊ कि यसले अनन्त जीवन प्राप्त गर्न सकोस् र सदासर्वदा तिम्रो अधिराज्यमा बास गर्न सकोस् ।

– Abdu’l-Bahá

Prayer bpn11091 (bpn11091)

bahaiprayers.net 11091

⬆️


हे प्रभु ! यस युवकलाई उज्ज्वल बनाइदेऊ र यस बिचरा प्राणीलाई तिम्रो अनुग्रह प्रदान गर । उसलाई ज्ञान देऊ, प्रत्येक उषाकालमा उसलाई थप बल प्रदान गर तथा संरक्षणको छत्रछायाँमा उसलाई सुरक्षित राख ताकि ऊ भूलबाट मुक्त हुन सकोस्, तिम्रो धर्मको सेवामा व्यस्त रहन सकोस्, जिद्दीलाई मार्गदर्शन गर्न, अभागीलाई डोर्याउन, बन्दीहरूलाई मुक्त गर्न र असावधानहरूलाई बिउँझाउन सकोस् ताकि तिम्रो स्मृति र स्तुतिबाट सबै सुखी बन्न सकून् । तिमी शक्तिशाली तथा बलवान् छौ ।

– Abdu’l-Bahá

Prayer bpn11094 (bpn11094)

bahaiprayers.net 11094

⬆️


कोष

आफुले दिएको चन्दा जतिसुकै थोरै भएतापनि ईश्वरका मित्रहरूले सकेजति दिने गर्नुपर्दछ । ईश्वरले कुनै पनि जीवात्मालाई उसको क्षमता भन्दा बढी अभिभारा दिनुहुन्न ।

यस्तो चन्दा सबै केन्द्रहरू तथा सबै धर्मावलम्बीहरूबाट आउनु पर्दछ । हे ईश्वरका मित्रहरू हो ! निश्चिन्त रहौ कि यो चन्दाको सट्टामा तिमीहरूको खेतीपाती, उद्योग धन्दा र व्यापारहरू कैयौं गुणा बढ्नेछन् र असल उपहारहरू तथा वरदानहरू प्राप्त गर्नेछन् । जसले एउटा सत्कर्म लिई आउछँ उसले दश गुणा बढी पुरस्कार प्राप्त गर्नेछ । यसमा कुनै शंका छैन कि जसले आफ्नो सम्पत्ति ईश्वरको मार्गमा लगाउँछ उसलाई सजीव प्रभुले प्रचुर मात्रामा दृढ बनाउनुहुन्छ ।

हे ईश्वर, मेरा ईश्वर ! तिम्रा सच्चा प्रेमीहरूको निधारलाई उज्ज्वल बनाऊ र विजय निश्चित भएका देवदूत सेनाद्वारा उनीहरूलाई सहयोग गर । तिम्रो सच्चा मार्गमा उनीहरूका पैतालाहरू स्थिर राख र तिम्रो प्राचीन कृपाद्वारा तिम्रा आशीर्वादहरूको द्वार उनीहरूको अगाडि खोलिदेऊ; किनकि तिमीले जे उनीहरूलाई दिएका छौ त्यो उनीहरूले तिम्रो मार्गमा प्रयोग गर्दछन्, तिम्रो धर्मको रक्षा गर्दछन्, तिम्रो सम्झनामा आफ्नो आस्था राख्दैछन्, तिम्रो प्रेमको लागि आफ्ना हृदय दान दिंदैछन्, तिम्रो सौन्दर्यको प्रशंसाको लागि र तिमीलाई प्रसन्न पार्ने उपायहरूको खोजीमा आफ्नो सर्वस्व समर्पित गरिरहेका छन् ।

हे मेरा प्रभु ! उनीहरूका लागि प्रचुर अंश, निर्धारित प्रतिफल तथा निश्चित पुरस्कार निर्दिष्ट गरिदेऊ ।

निःसंशय, तिमी नै हौ पालनहारा, उपकारी, दाता, कृपालु, सदैव–दानी ।

– Abdu’l-Bahá

Prayer bpn11116 (bpn11116)

bahaiprayers.net 11116

⬆️


क्षमा

गौरवशाली छौ तिमी, हे प्रभु, मेरा ईश्वर ! तिम्रा प्रतिनिधिहरूको नाम लिएर, तिम्रा संदेशवाहकहरूको नाम लिएर, उनको नाम लिएर जसलाई तिमीले अवतारहरूको मुहारको उपाधि दिएका छौ र तिम्रा दूतहरूको नाम लिएर म तिमीसित प्रार्थना गर्दछु कि तिम्रो यादलाई मेरो सहयात्री, तिम्रो प्रेमलाई मेरो जीवनको उद्देश्य, तिम्रो दर्शनलाई मेरो लक्ष्य, तिम्रो नामलाई मेरो दीपक, तिम्रो इच्छालाई मेरो पनि इच्छा र तिम्रो आनन्दलाई मेरो पनि आनन्द बनाइदेऊ ।

हे मेरा ईश्वर ! म एउटा पापी हूँ र तिमी हौ सदा क्षमादानी । तिमीलाई स्वीकारेको बेला देखि नै तिम्रो प्रेमाद्र दयाको भव्य दरबारमा प्रवेश पाउनको लागि म हतारिएको छु । हे मेरा प्रभु ! मेरा पापहरूलाई क्षमा गरिदेऊ जसले मलाई तिम्रो सदिच्छाको मार्गमा हिंड्न र तिम्रो एकताको समुद्रसम्म पुग्नमा बाधा ठड्याइरहेका छन् ।

हे मेरा प्रभु ! मैले चाहेका सारा कुराहरू दिन सक्ने र मैले निर्धक्कसाथ भरोसा गर्न सक्ने तिमीबाहके अर्को कोही छैन तथा मलाई करुणाको दृष्टिले हेर्ने र जोसित म दयाको भीख माग्न सक्छु त्यस्तो ईश्वर तिमीबाहके अर्को छैन । म तिमीसित प्रार्थना गर्दछु कि तिम्रो अनुकम्पाको ढोकाबाट मलाई धपाउने नगर र तिम्रो प्रचुर र उदार कृपाको प्रवाहलाई मसम्म पुग्नबाट नरोक । हे मेरा प्रभु ! तिम्रा भक्तहरूको लागि तिमीले जे आज्ञा गरेका छौ मेरो लागि पनि त्यही आज्ञा गर र तिम्रा प्रतिनिधिहरूको लागि जे लेखेका छौ मेरो लागि पनि त्यही लेखिदेऊ । मेरो दृष्टि सधैं भरि तिम्रो दिव्य–विधानको क्षितिजमा केन्द्रित रहेको हुन्छ र मरो आँखाहरू तिम्रै कोमल दयाको दरबारलाई हेरिरहेका हुन्छन् । तिम्रो भव्यतालाई जे गर्दा सुहाउँछ मसित त्यस्तै व्यवहार गर । तिमी शक्तिका ईश्वर हौ, तिमी गौरवका ईश्वर हौ, सबै तिम्रो सहायताको कामना गदर्छन्, तिमीबाहके अर्को कुनै ईश्वर छैन ।

– Bahá’u’lláh

Prayer bpn11111 (bpn11111)

bahaiprayers.net 11111

⬆️


हे मेरो ईश्वर, म त्यही व्यक्ति हूँ जसले आफ्नो अनुहार तिमीतिर फर्काएको छ र जसले तिम्रो अनुकम्पायुक्त प्रकटीकरणहरू र तिम्रा दयाका आश्चर्यजनक उपहारहरूमा आफ्नो आशा केन्द्रित गरेको छ । म तिमीसित याचना गर्दछु कि मलाई आफ्नो दयाको द्वारबाट निराश गराएर नफर्काऊ र मलाई तिम्रा ति प्राणीहरूलाई जस्तै नत्याग जसले तिम्रो धर्मको विरोध गरेका छन् ।

हे मेरा प्रभु ! म तिम्रो सेवक हँु र तिम्रो सेवकको पुत्र हूँ । तिम्रा दिनहरूमा नै मैले तिमीलाई स्वीकार गर्न पाएँ, तिम्रो अद्वैततालाई मान्यता दिँदै, तिम्रो एकतालाई स्वीकार्दै र तिम्रो क्षमा र दयाको आशा गर्दै मैले मेरा पाइलाहरूलाई तिम्रो एकताको समुद्रतिर अघि बढाएको छु । जे चाहन्छौ त्यही गर्ने तिमीमा शक्ति छ । सर्व– गौरवशाली, सदा–क्षमाशील, तिमीबाहके अर्को ईश्वर छैन ।

– Bahá’u’lláh

Prayer bpn11112 (bpn11112)

bahaiprayers.net 11112

⬆️


हे मेरा प्रभु ! तिमी देखिरहेका छौ कि मैले मेरो अनुहार तिम्रै दयाको स्वर्गतिर र तिम्रै अनुकम्पाहरू भरिएको समुद्रतिर फर्काएको छु र आफुलाई तिमीबाहेक अन्य सबै कुराहरूबाट अलग गराएको छु । साईनाईमा प्रकट भएको अवतारको झलमल्ल प्रकाशद्वारा तथा सदा–क्षमाशील तिम्रो नामको क्षितिजमा उदाउने तिम्रो दयाको सूर्यको चमकद्वारा म तिमीसित याचना गर्दछु कि मलाई तिम्रो क्षमा प्रदान गर र ममाथि कृपादृष्टि राख । अतः तिम्रो गौरवशाली कलमले त्यो कुरा लेखिदेऊ जसले गर्दा सृष्टिको लोकमा तिम्रो नामको साथै मेरो पनि नाम चलोस् । हे मेरा प्रभु ! मलाई सहायता देउ ताकि म तिमीतिर अग्रसर हुन सकुँ, तिम्रा भक्तहरूको बोली सुत्र सकूँ, जसलाई लौकिक शक्तिहरूले कमजोर गराउन सकेका छैनन् र राष्ट्रका शासनले पनि जसलाई तिमीतिर अग्रसर हुनबाट रोक्न सकेका छैनन् र जो यसो भन्दै तिमीतिर अघि बढिरहेका छन् : “ईश्वर हाम्रा मालिक हुन् र पृथ्वी तथा स्वर्गका सारा बासिन्दाहरूका पनि मालिक हुन् ।”

– Bahá’u’lláh

Prayer bpn11113 (bpn11113)

bahaiprayers.net 11113

⬆️


तिम्रो जय जय होस्, हे मेरा ईश्वर तथा अन्य सारा वस्तुहरूका ईश्वर ! मेरा गौरव तथा अन्य सारा वस्तुहरूका गौरव, मेरा चाहना तथा अन्य सारा वस्तुहरूका चाहना, मेरा शक्ति तथा अन्य सारा वस्तुहरूका शक्ति, मेरा सम्राट् तथा अन्य सारा वस्तुहरूका सम्राट्, मेरा मालिक तथा अन्य सारा वस्तुहरूका मालिक, मेरा लक्ष्य तथा अन्य सारा वस्तुहरूका लक्ष्य, मेरा संचालक तथा अन्य सारा वस्तुहरूका संचालक ! म याचना गर्दछु कि मलाई तिम्रो दर्याद्र करुणाको महासागरबाट वञ्चित नगराऊ, न त तिम्रो सामीप्यको किनारबाट नै टाढा राख ।

हे मेरा प्रभु ! तिमीबाहेक अन्य केही पनि मेरा लागि हितकर छैन र तिम्रो अतिरिक्त अन्य सबैको सामीप्य मेरो लागि व्यर्थ छ । आफू बाहके अन्य सबैको भरण–पोषण गर्ने तिम्रो द्रव्यको प्राचुर्यताको शक्तिद्वारा म तिमीसित याचना गर्दछु कि मेरो गणना तिनीहरू मध्ये गराऊ जो तिमीतिर उन्मुख भएका छन् तथा तिम्रो सेवा गर्न अग्रसर भएका छन् ।

हे मेरा प्रभु ! आफ्ना सेवकहरू तथा सेविकाहरूलाई क्षमा गर । निश्चय नै तिमी सदा क्षमादानी, सर्व–करुणामय हौ ।

– Bahá’u’lláh

Prayer bpn11114 (bpn11114)

bahaiprayers.net 11114

⬆️


हे क्षमाशील प्रभु ! तिमी नै तिम्रा यी सारा सेवकहरूका आश्रय हौ । तिमी नै सारा रहस्यहरूका ज्ञाता हौ र तिमीलाई सबै कुरा थाहा छ । हामी सबै कमजोर छौं र तिमी शक्तिवान् र सबभन्दा बलवान् छौ । हामी सबै पापी हौं र तिमी पापीहरूको पाप मोचन गर्ने दयालु, करुणामय हौ । हे प्रभु ! हाम्रा कमजोरीहरू माथि ध्यान नदेऊ, बरू आफ्नो कृपा तथा दया अनुरूप हामीसित व्यवहार गर ।

हाम्रा दोषहरू अनगिन्ती छन् तर तिम्रो क्षमाशीलताको समुद्र अथाह र असीमित छ । हाम्रो अवस्था अत्यन्त दयनीय छ तर तिम्रो सहायता र सहयोगका प्रमाणहरू स्पष्ट छन् ।

तसर्थ हामीलाई सुदृढ गराऊ, सबल बनाऊ र तिम्रो पवित्र संघारमा उपस्थित हुन योग्य बनाऊ । हाम्रो हृदयलाई प्रज्ज्वलित गराइदेऊ र हामीलाई सूक्ष्मदृष्टि र श्रवणशक्ति प्रदान गर । मरेकाहरूलाई पुनर्जीवन प्रदान गर र बिरामीहरूलाई रोगमुक्त गरिदेऊ । निर्धनलाई धन–दौलतद्वारा सम्पन्न गराइदेऊ र आतंकित भएकाहरूलाई शान्ति र सुरक्षा प्रदान गर । हामीलाई तिम्रो अधिराज्यमा प्रवेश गराऊ र मार्गदर्शनको ज्योतिद्वारा हामीलाई प्रकाशित गराइदेऊ ।

तिमी शक्तिशाली र सबभन्दा बलवान् छौ । तिमी कृपालु छौ, तिमी क्षमादानी छौ, तिमी दयावान् छौ ।

– Abdu’l-Bahá

Prayer bpn11115 (bpn11115)

bahaiprayers.net 11115

⬆️


छोटो अनिवार्य प्रार्थना

चौबिस घण्टामा एक पटक मध्यान्हमा पाठ गर्नुपर्ने

हे मेरा ईश्वर ! म साक्षी दिन्छु कि तिमीलाई चिन्न तथा तिम्रो पुजा गर्न तिमीले मलाई उत्पन्न गर्यौ | म अहिले यो स्वीकार गर्दछु कि म अशक्त छु, तिमी सर्व–शक्तिमान् छौ, म दरिद्र छु, तिमी सर्व–सम्पन्न छौ |

आत्म–परिपूर्ण र संकटमा तारणहारा परमात्मा तिमीबाहेक अन्य कोही छैन |

“प्रत्येक दिन गरिने अनिवार्य प्रार्थनाहरू तीनवटा छन् | … मित्रहरू यी तीन प्रर्थनाहरू मध्ये कुनै एक चुन्नका लागि स्वतन्त्र छन्, तर कुनै एक अनिवार्य रुपमा, तीसंग सम्बन्धित निर्देशनहरुको पालन गरी पाठ गरिनु पर्छ |”

– शोघि एफेन्दीको तर्फबाट लेखिएको पत्र मार्फत |

“अनिवार्य प्रार्थनाहरूको सम्बन्धमा उल्लेख गरिएको ‘सूर्योदय,’ ‘मध्यान्ह,’ र ‘सूर्यास्त’ ले क्रमश: सूर्योदय देखि मध्यान्ह सम्म, मध्यान्ह देखि सूर्यास्त सम्म र सूर्यास्त देखि सूर्यास्त भएको दुई घण्टा सम्मको अवधिलाई जनाउँदछ |”

- सिनफ्सिस् एंड कोडीफिकेशन अफ किताब–इ–अक्दास, p.36, |

– Bahá’u’lláh

Prayer bpn7003 (bpn7003)

bahaiprayers.net 7003

⬆️


दर्शनको धर्मपत्र

यो प्रार्थनालाई बहाउल्लाह र बाबको समाधिस्थलमा पाठ गर्नूपर्छ । तिनका जन्म र स्वर्गारोहण जयन्तीहरूमा पनि यसको पाठ गरिन्छ ।

हे विराटरूप, अनन्तताका सम्राट् तथा सर्व–लोकका अधिपति ! तिम्रो अत्यन्त श्रद्धेय आत्माबाट प्रवाहित प्रशंसा तथा तिम्रो अनुपम सौन्दर्यबाट जगमगाइरहेको ज्योति तिमीमा नै विद्यमान छ । म प्रमाणित गर्दछु कि तिमीद्वारा नै प्रभुको सत्ता तथा साम्राज्य, उनको वैभव तथा भव्यता प्रकट भएका छन् र तिम्रो अनुलङ्घनीय आज्ञाको स्वर्गमा अनन्त वैभवका ती अवतारहरूले आफ्ना प्रकाश फैलाएका छन् र अदृश्य सौन्दर्य सृष्टिको क्षितिजमाथि उदाएको छ । म अझ यो प्रमाणित गर्दछु कि तिमीले आफ्नो कलमद्वारा “तिमी हौ” नामक तिम्रो आज्ञालाई अङ्कित गरायौ, प्रभुको गुप्त रहस्यलाई प्रकट गरायौ, सारा सृजित वस्तुहरूलाई जीवन प्रदान गर्यौ र सबै अवतारहरूलाई पृथ्वीमा पठायौ ।

म साक्षी दिन्छु कि तिम्रो सौन्दर्यद्वारा नै तिमीले आफ्नो परम प्रिय अवतारको सौन्दर्यलाई प्रकट गरायौ, तिम्रो अनुहारद्वारा नै तिम्रो अपेक्षित अवतारको अनुहारलाई प्रकाशित गरायौ र एउटै शब्दद्वारा सारा सृजित वस्तुहरूको भाग्य निर्धारण गर्यौ, आफ्ना भक्तहरूलाई गौरवको शिखरमा उक्लन सक्ने गरायौ र तिमीमा अविश्वास गर्नेहरूलाई पतनको गहिराइमा खसाल्यौ ।

म साक्षी दिन्छु कि जसले तिमीलाई चिनेको छ उसले ईश्वरलाई चिनेको छ र जसले तिम्रो सात्रिध्य प्राप्त गरेको छ उसले ईश्वरको सात्रिध्य प्राप्त गरेको छ ।

तसर्थ जसले तिमीमा र तिम्रा चिन्हहरूमा विश्वास गरेको छ, तिम्रो सार्वभौम सत्ताको अघि विनम्रतापूर्वक उभिएको छ, तिमीलाई भेट्ने सौभाग्य प्राप्त गरेको छ, तिम्रो आज्ञाको पालन गरेको छ, तिम्रो परिक्रमा गरेको छ, तिम्रो सिंहासनको सम्मुख उभिएको छ, त्यो मानिस धन्य छ । तर धिक्कार छ त्यो मानिसलाई, जसले तिम्रा आज्ञाहरूको उल्लङ्घन गरेको छ, तिमीलाई अस्वीकार गरेको छ, तिम्रा चिन्हहरूको खण्डन गरेको छ, तिम्रो अघि अभिमान देखाइरहेको छ, तिम्रा प्रमाणहरूको विरोध गरेको छ, जो तिम्रो विरुद्ध खडा भएको छ, तिम्रो शासन र सत्ताबाट विमुख भएको छ अनि जसले आफैलाई ती अविश्वासीहरूको समूहमा सम्मिलित गराएको छ जसका नामहरू तिम्रो आज्ञाका आलौंहरूले तिम्रा पवित्र पत्रहरूमा अङ्कित गरेका छन् ।

हे मेरा प्रभु तथा मेरा परमप्रिय, तसर्थ तिम्रो कृपा र तिम्रो प्रेमाद्र दयाको दाहिने हातले आफ्नो अनुकम्पायुक्त पवित्र समीर ममाथि बहाऊ जसले मलाई स्वार्थ र संसारिकताबाट मुक्त गराएर तिम्रो निकटता र उपस्थितिको दरबारसम्म पुर्याउन सकोस् । निश्चय नै तिमी सारा वस्तुहरूमाथि आफ्नो प्रभुत्व राख्दछौ ।

हे परम सौन्दर्य ! प्रभुको स्मरण र उनको कीर्ति, प्रभुको आभा र उनको ज्योति तिमीमा नै निहित छन् । म साक्षी दिन्छु कि सृष्टिको नेत्रले तिमीले जति दुःख–सास्ति खाएको देखेको छैन । सम्पूर्ण जीवन तिमीले दुःखको घोर सागरमा डुबेर बितायौ । कहिले तिमी साङ्ला र बन्धनहरूद्वारा जकडिएका थियौ भने कहिले शत्रुहरूका तरबारको त्रासमा थियौ । तर पनि तिमीले मानिसहरूलाई ती आदेशहरू पालन गर्ने प्रेरणा प्रदाान गरि नै रह्यौ जसलाई सर्व–ज्ञाता, सर्व–बुद्धिमान् प्रभुले निर्धारित गरेका थिए ।

तिमीले भोग्नुपरेका यातनाहरूको लागि मेरो प्राणको र तिमीले उठाउनुपरेका दुःखकष्टहरूको लागि मेरो आत्माको बलिदान होस् । जसका अनुहारहरू तिम्रो ज्योतिर्मय प्रकाशबाट देदीप्यमान भएका छन् र जसले तिम्रो प्रेमको खातिर तिमीले आदेश गरेका सारा आज्ञाहरूलाई शिरोधार्य गरेका छन्, तिनीहरूको नाम र तिम्रो नाम लिएर म तिमीसित याचना गर्दछु कि तिमी र तिम्रा प्राणीहरूबीच लागेका ती पर्दाहरूलाई उठाइदेऊ र इहलोक र परलोक दुवैमा मेरो लागि असल कुराहरूको वरदान गर । साँच्चै नै तिमी सर्व– शक्तिमान्, सर्वगुण सम्पन्न, सर्व–गौरवशाली, सदा क्षमाशील, अत्यन्त करुणामय छौ ।

हे प्रभु, मेरा मालिक ! दिव्य कमलवृक्ष र यसका पातहरू, यसका हाँगाबिँगाहरू, यसका मूलहरू, यसका शाखा–प्रशाखाहरूलाई यस्तो वरदान देऊ कि जबसम्म तिम्रा अनुपम उपाधिहरू र गुणहरू विद्यमान रहिरहन्छन् तबसम्म यिनीहरू यस धर्तीमा मौलाइरहून् । अत्याचारीहरू र आक्रामकहरूको दुष्ट्याइँबाट यिनको रक्षा गर । निश्चय नै, तिमी सर्व–शक्तिमान् र सबैभन्दा बलवान् छौ । हे प्रभु, मेरा स्वामी ! तिम्रो सामु पुगेका आफ्ना सेवकहरू तथा सेविकाहरूलाई पनि वरदान देऊ । तिमी निश्चय नै, सर्व– कृपालु हौ अनि तिम्रो कृपा अनन्त छ । सदा क्षमाशील, महान्दाता तिमीबाहेक अर्को ईश्वर छैन ।

– Bahá’u’lláh

Prayer bpn11199 (bpn11199)

bahaiprayers.net 11199

⬆️


नव–रुज

नव–रुज मार्च २१, बहाई वर्षको पहिलो दिन हो ।

हे प्रभु ! तिम्रो जय होस् ! जसले तिम्रो प्रेमको खातिर व्रतपूरा गरेकाछन् र तिमीलाई मन नपर्ने कुराहरूबाट आफुलाई अलग राखेका छन् तिनका लागि तिमीले नव– रुजलाई उत्सवको रूपमा निर्देशित गरेका छौ । हे मेरा मालिक ! यस्तो वरदान देऊताकि तिम्रो प्रेमको अग्निले तथा तिमीले निर्दिष्ट गरेको व्रतबाट निस्केको तापले तिनलाई तिम्रो धर्ममा प्रदीप्त गराओस् र सधैँ तिम्रो गुणगान गर्नमा र तिम्रो स्मरण गर्नमा तिनले आफुलाई व्यस्त राखून् ।

हे मेरा प्रभु ! जसरी तिमीले तिनलाई व्रतका आभूषणहरूले सजाएका छौ त्यसरी नै आफ्ना कृपा र प्रचुर दयाद्वारा तिनलाई आफ्नो स्वीकृतिका आभूषणहरूले पनि सजाऊ । किनकि मनुष्यका कर्महरू तिम्रै सदिच्छामा निर्भर गर्छन् र तिम्रै आज्ञाद्वारा परिचालित हुन्छन् । यदि व्रत भगं गर्ने कुनै मानिसले व्रत पूरा गरेको हो भनेर तिमीले मान्यौ भने त्यसको गणना तिनीहरूमध्ये हुनेछ जसले अनन्तकालदेखि व्रत राख्दै आएका छन् । र, यदि व्रत पूरा गर्ने कसैले व्रत भंग गरेको हो भन्ने तिमीले आज्ञा गर्यौ भने त्यसको गणना तिनीहरूमध्ये गरिनेछ जसले तिम्रो धर्मको भावनामा आघात पुर्याएका छन् र जसलाई जीवन दायिनी फोहरा देखि निस्केको निर्मल जलबाट वञ्चित गराइएको छ ।

तिमी उही हौ जसद्वारा “तिम्रा कृतिहरूको लागि तिमी प्रशंसा योग्य छौ” नामको झण्डा फर्फराइएको छ र “तिम्रो आज्ञा सबैले पालन गर्दछन्” भन्ने कथन स्थापित भइसकेको छ । हे मेरा प्रभु ! तिम्रा सेवकहरूलाई तिम्रो त्यो ओहदाको परिचय देऊ ताकि तिनलाई त्यो कुरा थाहा लागोस् कि सबै वस्तुहरूको श्रेष्ठता तिम्रै वचन र आदेशमा आधारित छ, प्रत्येक कर्म तिम्रै आज्ञा र सदिच्छाद्वारा सद्गुण सम्पन्न हुन्छ र मानिसका कर्महरूको लगाम तिम्रै स्वीकृतिको पकडभित्र छ र तिम्रै आदेशद्वारा नियन्त्रित छ । तिनलाई यो कुरा अवगत गराइदेऊ ताकि “हे यीशुलाई जन्माउने महान् आत्मा ! सारा साम्राज्य तिम्रै हो” भनरे क्राइष्टले भनेका यी दिनहरूमा र “हे तिमी जो परम प्रिय छौ, तिम्रो जय होस्, किनकि तिमीले आफ्नो सौन्दर्यलाई प्रकट गराएका छौ र आफ्ना चुनिएकाहरूको लागि त्यो कुरा लेखिदिएका छौ जसले तिनलाई तिम्रो अत्यन्त महान् नामको प्रकटीकरणको सिंहासनमा उपस्थित हुन सक्ने गराएको छ, जसले गर्दा तिमीबाहेक अरू सबै कुराहरूबाट आफुलाई अलग्ग गराउनेहरू बाहेक र तिम्रा सद्गुणहरूका प्रकटकर्ता र तिमी स्वयंका अवतार जो हुनुहुन्छ उहाँतर्फ अग्रसर भएकाहरू बाहेक अन्य सबै विलाप गरिरहेका छन्” भन्दै तिम्रा साथी मुहम्मदले कराएर भनेका यी दिनहरूमा तिम्रो सौन्दर्य देख्नबाट कुनै पनि कुराले तिनीहरूलाई नछेकोस् ।

हे मेरा प्रभु ! तिम्रो हाँगा जो हुनुहुन्छ, उहाँले र तिम्रा सबै साथीहरूले आजको दिनमा आ–आफ्नो व्रत तोडेका छन् जुन व्रत तिनले तिम्रो दरबारको प्रांगणभित्र तिमीलाई प्रसन्न गराउने तीव्र इच्छाले राखेका थिए । उहाँको लागि, तिनीहरूको लागि र यी दिनहरूमा तिम्रो सात्रिध्य प्राप्त गर्ने ती सबैको लागि तिम्रो पुस्तकमा तिमीले निर्धारित गरेका असल उपहारहरूको वरदान देऊ र तिनलाई यो लोक र परलोक दुवैमा कल्याण हुने वस्तुहरूको आपूर्ति गरिदेऊ ।

तिमी, साँच्चै नै सर्व–ज्ञाता, सर्व–बुद्धिमान् छौ ।

– Bahá’u’lláh

Prayer bpn11194 (bpn11194)

bahaiprayers.net 11194

⬆️


न्याय

भनः हे ईश्वर, मेरा ईश्वर ! मेरो शिरलाई न्यायको मुकुट र मेरो निधारलाई निष्पक्षताको आभूषणद्वारा सुशोभित गरिदेऊ । निःसंशय तिमी सबै उपहार तथा कृपाहरूका स्वामी हौ ।

– Bahá’u’lláh

Prayer bpn11105 (bpn11105)

bahaiprayers.net 11105

⬆️


प्रशंसा र कृतज्ञता

हे मेरा ईश्वर ! सारा स्तुति तिम्रैहोस्, तिमी जो सारा आभा तथा वैभवका, महानता तथा गौरवका, सार्वभौमिकता तथा साम्राज्यका, उच्चता तथा अनुग्रहका, भय तथा शक्तिका स्रोत हौ । तिमी जसलाई चाहन्छौ उसलाई आफ्नो दिव्य महासागरतिर आकर्षित गर्दछौ, र जसलाई चाहन्छौ उसलाई आफ्नो अति प्राचीन नामलाई चिन्ने गौरव प्रदान गर्दछौ । स्वर्गलोक तथा भूलोकको कसैले पनि तिम्रो सर्वोच्च इच्छाको सामना गर्न सक्दैन । अनादिकालदेखि नै समस्त ब्रह्माण्डमा तिमीले आफ्नो शासन चलाइ आएका छौ र सारा सृजित वस्तुहरू माथि तिम्रो आधिपत्यलाई तिमीले अनन्तकालसम्म कायम नै राख्नेछौ । शक्तिशाली, अत्युच्च, सर्व–शक्तिमान्, सर्व–ज्ञानी तिमीबाहेक अन्य कोही ईश्वर छैन ।

हे प्रभु ! तिम्रा सेवकहरूका नेत्रहरूलाई ज्योतिर्मय बनाइदेऊ ताकि तिनीहरूले तिम्रो दर्शन पाउन सकून्, तिनीहरूका हृदयलाई चोख्याइदेऊ ताकि तिनीहरू तिम्रा दिव्य कृपाहरूको दरबारतर्फ फर्कन सकून् तथा उनलाई चिन्न सकून् जो तिमी स्वयंको प्रकटीकरण र तिम्रै सारतत्वका दिवा–स्रोत हुन् । साँच्चै नै, तिमी समस्त लोकहरूका अधिपति हौ । उन्मुक्त र सर्व–विजयी तिमीबाहके अर्को ईश्वर छैन ।

– Bahá’u’lláh

Prayer bpn11141 (bpn11141)

bahaiprayers.net 11141

⬆️


तिम्रो जय जय होस्, हे प्रभु, मेरा ईश्वर ! तिमी उही हौ जसलाई सबैले पूजा गर्दछन् र स्वयं कसैको पूजा गर्दैनौ, जो सबै वस्तुहरूका मालिक हौ तर कसैको सेवक होइनौ, जसलाई सबै कुराको ज्ञान छ तर स्वयं सबैबाट अज्ञात छौ । तिमीले आफुलाई मानिसहरू समक्ष प्रकट गराउने इच्छा गर्यौ; त्यसैले तिमीले आफ्नो एक शब्दको उच्चारणले सृष्टि संसारको उत्पत्ति गर्यौ र ब्रह्माण्डको निर्माण गर्यौ । निर्माणकर्ता, स्रष्टा, सर्व–शक्तिमान्, अति– शक्तिशाली तिमी बाहेक अन्य ईश्वर कोही छैन ।

तिम्रो इच्छाको क्षितिजबाट उदाएको सही शब्दद्वारा म तिमीसित याचना गर्दछु कि मलाई तिम्रो त्यस जीवनदायिनी जल सेवन गर्न देऊ जसद्वारा तिमीले आफ्ना भक्तहरूको हृदयलाई अनुप्राणित गराएका छौ र तिमीलाई प्रेम गर्नेहरूको आत्मामा पुनर्जीवन भरेका छौ, ताकि सधैँ र सबै परिस्थितिमा म तिमीतिर नै पूर्णरूपले अभिमुख हुन सकूँ ।

तिमी शक्ति, गौरव तथा कृपाका ईश्वर हौ । सर्वोच्च शासक, सर्व–गौरवमय, सर्व–व्यापी तिमीबाहेक अन्य कोही ईश्वर छैन ।

– Bahá’u’lláh

Prayer bpn11142 (bpn11142)

bahaiprayers.net 11142

⬆️


तिमी गौरवमय छौ हे प्रभु, मेरा ईश्वर ! म तिमीलाई कृतज्ञता ज्ञापन गर्दछु, किनकि तिमीले मलाई तिम्रो अवतार चिन्न सक्ने बनायौ, तिम्रा शत्रुहरूबाट टाढै राख्यौ, तिम्रा दिनहरूमा मेरा समक्ष तिनका कुकृत्यहरूको भण्डाफोर गरायौ र तिनीहरूबाट अलग गराएर मलाई तिम्रो दया र प्रचुर कृपातिर अग्रसर गरायौ । म तिमीलाई फेरि पनि धन्यवाद दिन्छु किनकि तिम्रो परम इच्छाको मेघबाट ममाथि वृष्टि गरायौ जसले गर्दा अविश्वासीहरूको भ्रमपूर्ण विवादहरू र नास्तिकहरूका कानेखुसीहरूबाट आफुलाई मुक्त राख्न, आफ्नो हृदयलाई पूरापूरा तिमीमा नै केन्द्रित गर्न र तिम्रो मखु मण्डलको ज्योतिलाई अस्वीकार गर्नेहरू देखि टाढै रहन म सक्षम भएको छु । म तिमीलाई थप धन्यवाद दिन्छु किनकि तिमीले मलाई तिम्रो प्रेममा अडिग रहन, तिम्रो प्रशंसाको बखान गर्न, तिम्रा सद्गुणहरूको स्तुति गर्न र तिम्रो कृपाको प्यालाबाट त्यो अमृत सेवन गर्न सक्ने बनायौ जुन समस्त दृश्य र अदृश्य वस्तुहरू भन्दा उत्तम छ ।

तिमी सर्व–शक्तिमान्, सर्व–नियन्ता, सर्व–गौरवमय, सर्व–प्रिय छौ ।

– Bahá’u’lláh

Prayer bpn11143 (bpn11143)

bahaiprayers.net 11143

⬆️


अत्युच्च प्रभुको नाममा, तिमी प्रशंसित तथा गौरवान्वित छौ ! हे प्रभु, सर्व–शक्तिमान् ईश्वर ! तिमी जसको बुद्धिको सामु बुद्धिमान्हरू व्यर्थ र निष्फल हुन्छन्, जसको ज्ञानको सामु विद्वान्हरू आफ्नो अज्ञानता स्वीकार्द छन्, जसको शक्तिको सामु शक्तिशालीहरू शक्तिहीन देखिन्छन्, जसको समृद्धिको सामु धनीहरू आफ्नो निर्धनता प्रमाणित गर्दछन्, जसको प्रकाशको सामु ज्ञानीहरू अन्धकारमा बिलाउँछन्, जसको ज्ञान मन्दिरतिर सम्पूर्ण ज्ञानको सार फर्केका छन् र जसको उपस्थितिको आरक्ष वरिपरि सारा मानव–जातिका आत्मा परिक्रमा गर्दछन् ।

त्यसो भए तिम्रो त्यस सारतत्वको गुणगान र बखान म कसरी गर्न सक्छु जसलाई बुद्धिमान्हरूको बुद्धि र ज्ञानीहरूको ज्ञानले पनि बुझ्न सकेका छैनन्, किनभने आपूmले नबुझेको कुराको वर्णन कुनै पनि मानिसले गर्न सक्दैन र आफुले प्राप्त नगरेको वस्तुको बखान पनि गर्न सक्दैन । तिमी अनन्तकालदेखि अगम्य र अपरम्पार छौ ।

तिम्रो गौरवको स्वर्गमा पुग्न र तिम्रो ज्ञानलोकमा उड्न म असमर्थ भए तापनि तिम्रो गौरवमय सृष्टि कार्यको सङ्केत दिने तिम्रा चिन्हहरूको वर्णन भने गर्न सक्छु ।

तिम्रो गौरवको शपथ ! हे समस्त हृदयका परमप्रिय, तिमीले मात्र तिमीप्रतिको उत्कट चाहनाको छटपटाइलाई शान्त गर्न सक्छौ । स्वर्ग तथा पृथ्वीका निवासीहरू सबै एक भई तिमीले जसमा र जसद्वारा आफुलाई व्यक्त गर्यौ ती चिन्हहरूमध्ये सबभन्दा नगण्य चिन्हको गौरव गाउन खोजे भने पनि तिनीहरू बिफल हुनेछन्, अझ तिम्रा समस्त चिन्हहरूका स्रष्टा तिम्रो पावन वाणीको प्रशंसा गर्न त कति कठिन होला ?

समस्त स्तुति र गौरव तिम्रैहोस्, सबै कुराहरूले यो प्रमाणित गरेका छन् कि तिमी मात्र एक ईश्वर हौ र तिमी बाहेक अन्य कुनै ईश्वर छैन, जो अनन्तकालदेखि अद्वितीय र अद्भूत रहिआएका छौ र अनन्तकालसम्म पनि उस्तै रहिरहने छौ । सारा सम्राट्हरू तिम्रा सेवक मात्र हुन् र तिम्रा अघि दृश्य तथा अदृश्य समस्त जीवहरू केही होइनन् । तिमीबाहेक कृपालु, शक्तिशाली, अत्युच्च ईश्वर अन्य कोही छैन ।

– Abdu’l-Bahá

Prayer bpn11144 (bpn11144)

bahaiprayers.net 11144

⬆️


प्रशिक्षण

हे मेरा ईश्वर, तिम्रो नामको कीर्ति बढोस्, किनकि तिमीले त्यस युगलाई प्रकट गराएका छौ जुन युग युगहरूको सम्राट् हो, जुन युगको घोषणा तिमीले आफ्ना चुनिएका व्यक्तिहरू र देवदूतहरूको लागि आफ्ना अति उत्कृष्ट धर्मपत्रहरूमा गरेका छौ, जुन युगमा तिमीले आफ्ना समस्त नामहरूको गौरवको प्रकाश सृष्टिका सारा वस्तुहरू माथि फैलाइदिएका छौ । जुन मानिस तिमीतिर लम्केको छ, तिम्रो सामीप्यमा पुगेको छ र तिम्रो वाणीको मधुर लयमा मुग्ध छ, त्यो मानिस महा आशिष्को पात्र छ । हे मेरा प्रभु ! तिम्रा नामहरूको अधिराज्यले भक्तिपूर्वक परिक्रमा गरिरहेको तिम्रो त्यो नामको साक्षी राखी म तिमीसित याचना गर्दछु कि तिम्रा सेवकहरू बीच तिम्रो वचनको गौरवगान गर्न र तिम्रा जीवहरूबीच तिम्रो स्तुति गर्न तिमी आफ्ना प्रियजनलाई सहायता गर ताकि तिम्रो प्रकटीकरणको परमानन्दले तिम्रो पृथ्वीका सारा बासिन्दाहरूको आत्मा परिपूर्ण हुन सकोस् ।

जुन मानिसहरूलाई तिमीले आफ्नो कृपाको जीवन– जलको मुहानतर्फ डोर्याएका छौ तिनीहरूमाथि आफ्नो दयाको वृष्टि गरिदेऊ ताकि तिनीहरू तिमीबाट टाढा नहोऊन्; जुन मानिसहरूलाई तिमीले आफ्नो सिंहासनको नजिक आउने आदशे गरेका छौ तिनीहरूमाथि आफ्नो प्रेमाद्र– दया राख ताकि तिनीहरूले तिम्रो दर्शनबाट वञ्चित हुन नपरोस् । तिनीहरूका लागि यस्ता कुराहरूको वृष्टि गरिदेऊ जसले तिनीहरूलाई तिमीबाहेक अन्य सबै कुराबाट मुक्त गर्न सकोस् तथा तिम्रो निकटताको वातावरणमा आत्माविभोर हुन सकोस् जहाँबाट न त अत्याचारीहरूको चकचकीले न त तिम्रो अत्यन्त महान् र शक्तिशाली व्यक्तित्वमा अविश्वास गर्नेहरूको तर्कले पनि तिनलाई तिमीबाट टाढा गराउन असमर्थ होओस् ।

– Bahá’u’lláh

Prayer bpn11168 (bpn11168)

bahaiprayers.net 11168

⬆️


हे प्रभु, मेरा ईश्वर ! जुन नामको सम्पूर्ण परिचय कसैले पाउन सकेको छैन र जुन नामको गहिराइलाई कसैले पनि नाप्न सकेको छैन, तिम्रो त्यही नामद्वारा र जो तिम्रा प्रकटीकरणको मुहान र तिम्रा चिन्हहरूको दिवास्रोत हुन्, उनको नामद्वारा म तिमीसित प्रार्थना गर्दछु कि मेरो हृदयलाई तिम्रो प्रेमको पात्र र स्मरणको योग्य बनाइदऊे । यसलाई तिम्रो अत्यन्त महान् समुद्रसित जोडिदेऊ ताकि यसबाट तिम्रो ज्ञानको जीवन–जल र तिम्रो महिमा तथा प्रशंसाको पवित्र धारा प्रवाहित हुन सकोस् ।

मेरो शरीरका अंग–प्रत्यंगहरूले तिम्रो एकतालाई प्रमाणित गरिरहेका छन् र मेरो टाउकाको केशले तिम्रो शासन र सत्ताको घोषणा गरिरहेको छ । तिम्रो कृपाको वस्त्रको छेउमा समातेर तथा तिम्रा उपहारहरूको क्षितिजमा आफ्नो दृष्टिलाई केन्द्रीत गराएर परम भक्ति र श्रद्धाभावसित नतमस्तक भई म तिम्रो द्वारमा उभिएको छु ।

हे मेरा प्रभु ! मेरो लागि त्यही कुरा निर्दिष्ट गरिदेऊ जुन तिम्रो वैभवशाली महानताको अनुकूल छ र तिम्रो शक्तिशाली कृपाद्वारा मलाई सहायता गर ताकि तिम्रो धर्मको प्रचार–प्रसार म त्यसरी गर्न सकूँ कि मरेकाहरू पनि चिहानबाट उठ्नेछन् र तिमीमा पूरापूरा विश्वास राख्दै तिम्रो प्रकटीकरणको उद्गमस्थलतर्फ आफ्नो दृष्टि केन्द्रित गराउँदै तिमीतिर लाग्न हतारिने छन् ।

निश्चय पनि तिमी सर्व–शक्तिमान्, सर्वोच्च, सर्व– ज्ञाता, सर्व–बुद्धिमान् हौ ।

– Bahá’u’lláh

Prayer bpn11169 (bpn11169)

bahaiprayers.net 11169

⬆️


हे लोकाधिपति तथा राष्ट्रहरूका आकांक्षा, तिम्रो जय होस् ! तिमी त्यो महानतम नाममा प्रकट भएका छौ जसले गर्दा तिम्रो ज्ञानको अगाध समुद्रका सीपीहरूबाट बुद्धि र वाणीका मोतीहरू निस्केका छन् र तिम्रो मुहारको ज्योतिको चमकले धर्महरूको आकाश झलमल्ल भएको छ ।

तिम्रा प्राणीहरूबीच तिम्रो प्रमाणलाई र तिम्रा सेवकहरूबीच तिम्रो तर्कलाई सिद्ध गर्ने तिम्रो वाणीद्वारा म तिमीसित याचना गर्दछु कि तिम्रा मानिसहरूलाई तिम्रो धर्ममा दीक्षित गराऊ जसले गर्दा तिम्रो साम्राज्यभरि तिम्रो धर्मको बिस्तार होओस् र तिम्रो शक्तिको मापदण्ड तथा तिम्रो मार्गदर्शनको ध्वजा तिम्रा देशहरूमा र तिम्रा सेवकहरूबीच स्थिर होओस् ।

हे मेरा प्रभु ! आफ्ना भक्तहरूलाई तिम्रो कृपाको डोरीलाई बलियोसित समातेर अनि तिम्रो उपकारी वस्त्रको छेउमा पक्डेर बसेका तिमी देखिरहेछौ । तिनको लागि यस्तो आज्ञा गर कि तिनीहरू तिमीतिर आकर्षित होऊन् र तिमीबाहेक अन्य सबैबाट अलग्ग होऊन् ।

हे अस्तित्वका सम्राट् तथा गोचर र अगोचर सबैका रक्षक ! म तिमीसित याचना गर्दछु कि तिम्रो धर्मको सेवामा अग्रसर हुने जोसुकैलाई पनि तिम्रो इच्छाले उर्लिएको समुद्र बनाइदेऊ र उसलाई तिम्रो इच्छाको स्वर्गको क्षितिजबाट चम्किरहने तिम्रो सद्रतको अग्निद्वारा प्रज्ज्वलित गराइदेऊ । साँच्चै नै, तिमी शक्तिवान् हौ जसलाई संसारको सारा शक्ति तथा राष्ट्रहरूको संयुक्त बलले पनि झुकाउन सक्त्तैन । अलौकिक, अद्वितीय, रक्षक र आत्म–परिपूर्ण ईश्वर तिमीबाहके अर्को ईश्वर छैन ।

– Bahá’u’lláh

Prayer bpn11170 (bpn11170)

bahaiprayers.net 11170

⬆️


हे ईश्वर, तिमी सारा अवतारहरूका स्रष्टा हौ, सारा स्रोतहरूका पनि स्रोत हौ, सारा प्रकटीकरणहरूका मूल हौ, सारा प्रकाशहरूका ज्योतिपुञ्ज हौ । म प्रमाणित गर्दछु कि तिम्रो नामद्वारा नै ज्ञानको स्वर्ग सिंगारिएको छ, वाणीको समदु्र उर्लिरहेको छ र सबै धर्मावलम्बीहरूको लागि तिम्रो धर्म प्रसारित गरिएको छ ।

म तिमीसित याचना गर्दछु कि मलाई यति सम्पन्न बनाइदेऊ कि म तिमीबाहेक अरू सबैसितको सम्बन्ध तोड्न सकूँ र तिम्रो अतिरिक्त सबैबाट स्वतन्त्र हनु सकूँ । आफ्नो अनुकम्पाको बादलबाट ममाथि त्यस्ता कुराहरूको वृष्टि गराऊ जुन तिम्रा सबै लोकहरूमा मेरो लागि कल्याणकारी सिद्धहोस् । तिम्रो शक्तिशाली कृपाद्वारा मलाई सहायता गर ताकि तिम्रा भक्तजनको माझमा म तिम्रो धर्मको सेवा यसरी गर्न सकूँ जसको सम्झना तिम्रो सत्ता र तिम्रो अधिराज्य रहिञ्जेलसम्म गरिइनेछ ।

हे मेरा प्रभु ! तिम्रो यो सेवक पूर्णरूपमा तिम्रो कृपाको क्षितिजतिर, तिम्रो दयाको समुद्रतिर र तिम्रा उपहारहरूको स्वर्गतिर अग्रसर भइरहेको छ । यो सित यस्तो व्यवहार गर जो तिम्रो अनुकम्पा, तिम्रो दयाको प्रचुरता, तिम्रो महिमा र तिम्रो वैभव सुहाँउदो होस् ।

तिमी साँच्चै नै शक्ति र सामथ्र्यका ईश्वर हौ ।

तिमीलाई प्रार्थना गर्ने सबैको पुकारलाई तिमी सुन्दछौ ।

सर्व–ज्ञाता, सर्व–बुद्धिमान्, तिमीबाहेक अर्को ईश्वर छैन ।

– Bahá’u’lláh

Prayer bpn11171 (bpn11171)

bahaiprayers.net 11171

⬆️


हे मेरा ईश्वर ! तिम्रो अति गौरवशाली नाम लिएर म तिमीसँग याचना गर्दछु कि मलाई यस्ता कामहरूमा सहायता गर जसले गर्दा तिम्रा सेवकहरूको कारोबारमा उन्नति होस् र तिम्रा सहरहरूको विकास होओस् । साँच्चै नै तिमी सबै वस्तुहरूमाथि आफ्नो प्रभुत्व राख्दछौ ।

– Bahá’u’lláh

Prayer bpn11172 (bpn11172)

bahaiprayers.net 11172

⬆️


ईश्वरको दिव्य सुवास फैलाउन यी नगरहरूमा तथा बस्तीहरूमा भ्रमण गर्ने हरके व्यक्तिले प्रत्येक बिहान यो प्रार्थना गर्नुपर्दछ ।

हे मेरा ईश्वर ! हे मेरा ईश्वर ! मेरो तुच्छता र मेरो अयोग्यतालाई तिमी राम्ररी जान्दछौ तर पनि मानिसहरूबीच तिम्रो धर्मको ध्वजा फरफराउन तथा तिम्रा उपदेशहरूको प्रसार गर्ने महान् काममा दृढ सङ्कल्प लिई अग्रसर भएको छु । पवित्रात्माको श्वासले जबसम्म तिमी मेरो सहायता गर्दैनौ र तिम्रो गौरवशाली अधिराज्यका गणद्वारा जबसम्म मेरो मद्दत गर्दैनौ तबसम्म मबाट यो काम हुन असम्भव छ । तिम्रो त्यो कृपा जसले एउटा कीरालाई राजसी बाजमा परिणत गर्न सक्छ, पानीको एउटा थोपालाई नदी र सागरमा परिणत गर्न सक्छ र एउटा अणुलाई अनेकौँ ज्योतिपुञ्ज र सूर्यहरूमा परिणत गर्न सक्दछ त्यही कृपाको वृष्टि ममाथि गरिदेऊ । हे मेरा मालिक ! तिम्रो अजेय र प्रभावशाली शक्तिद्वारा मेरो सहायता गर ताकि सारा मानिसहरूसमक्ष मेरो वाणीले तिम्रै मात्र प्रशंसा गरोस्, तिम्रै मात्र गुणहरूको बखान गरोस् र ज्ञानामृतद्वारा मेरो आत्मा परिपूर्ण होओस् ।

तिमी सर्व–शक्तिमान् हौ । आफूलाई जे गर्न मन पर्छ त्यही गर्न तिमी सक्षम छौ ।

– Abdu’l-Bahá

Prayer bpn11173 (bpn11173)

bahaiprayers.net 11173

⬆️


धर्मको शिक्षा दिनको लागि कुनै पनि स्थानमा शिक्षण यात्रामा निस्केको व्यक्तिले दिन–रात यो प्रार्थना पाठ गर्नुपर्दछ ।

हे ईश्वर, मेरा परमेश्वर ! तिमी देखिरहेका छौ कि प्रफुल्ल चित्त लिएर म तिम्रो गौरवशाली अधिराज्यतिर अघि बढिरहेको छु । मानवजातिबीच तिम्रो प्रेमको अग्निलाई प्रज्ज्वलित गराउन यी विशाल र विस्तृत देशहरूमा तिम्रो संदेशवाहक बनेर, तिमीबाहेक अन्य सबै कुराहरूबाट अलग भएर, तिमीमा पूरा–पूरा भरोसा राख्दै र सारा सुख–सुविधा तथा आरामलाई त्यागेर, आफ्नो गाउँ–घरबाट धेरै टाढा यी अपरिचित क्षेत्रहरूमा भ्रमण गरिरहेको छु । तिम्रो उत्कृष्ट संघारमा विनम्र भई, तिम्रो अति शक्तिशाली गौरवको स्वर्गको सामुन्ने नतमस्तक भई, बिहानीपखमा तथा मध्यान्हमा तिमीसित प्रार्थना गर्दै र मध्यरातमा र उषाकालमा तिमीसित अनुनय–विनय गर्दै तिम्रो धर्मको सेवा गर्न, तिम्रा सिद्धान्तहरूलाई टाढा–टाढासम्म फैलाउन तथा तिम्रो शब्दलाई पूर्व र पश्चिममा प्रचार–प्रसार गराउन कृपा गरेर मलाई सहायता गर ।

हे प्रभु ! मेरो काँधलाई सबल गराइदेऊ र तिम्रो सेवामा मलाई ठूला ठूला काम गर्न सक्ने बनाऊ । मलाई मेरै जिम्मामा नछोड र यी क्षेत्रहरूमा एक्लो र निःसहाय अवस्थामा नछोड ।

हे मालिक ! मेरो एक्लोपनमा तिमी मेरो सहयात्री र यी विदेशी भूमिहरूमा तिमी मेरो साथी बनिदेऊ । निश्चय नै, जसलाई जे बनाउने इच्छा गर्दछौ तिमी त्यो गरेरै छोड्छौ, र निश्चय नै तिमी सर्व–शक्तिमान्, सबैभन्दा बलवान् छौ ।

– Abdu’l-Bahá

Prayer bpn11174 (bpn11174)

bahaiprayers.net 11174

⬆️


शिक्षण कार्यको लागि विभिन्न स्थानमा भ्रमण गर्ने व्यक्तिले पर्वत, मैदान, मरुभूमि तथा समुद्रमा यो प्रार्थना पाठ गरोस् ।

हे ईश्वर ! हे ईश्वर ! तिमी राम्ररी जान्दछौ कि तिम्रा प्राणीहरूमा म कति अयोग्य, क्षुद्र र कति तुच्छ छु तर पनि तिमीमा विश्वास गर्दै तथा तिम्रो शक्ति र बलमा आस्था राख्दै तिम्रा सशक्त सेवकहरूबीच तिम्रा उपदेशहरूलाई फैलाउन म अग्रसर भएको छु ।

हे प्रभु ! म एउटा पखेटा भाँचिएको चरो हुँ, जो तिम्रो असीमित आकाशको उचाइमा उड्न चाहन्छु । तिम्रो कृपा तथा शक्ति र तिम्रो स्वीकृति तथा सहायताबिना यो काम म कदापि गर्न सक्तिन ।

हे स्वामी ! मेरो निर्बलतामा मलाई दया गर र तिम्रो शक्तिद्वारा मलाई समर्थ बनाऊ । मेरो शक्तिहीनतामा मलाई दया गर अनि आफ्नो शक्ति तथा प्रतापद्वारा मेरो सहायता गर ।

हे स्वामी ! तिम्रो पवित्रताको श्वास प्राप्त गर्ने अत्यन्त दुर्बल मानिस पनि आफ्नो हृदय आकांक्षाको उचाइमा पुग्न तथा आफ्नो इच्छित वस्तु प्राप्त गर्न सक्षम हुन्छ ।

साँच्चै नै, अतीतमा पनि तिमीले आफ्ना सेवकहरूको सहायता गर्यौ । तिनीहरू सृष्टिका सबैभन्दा निम्नकोटिका मानिस, तिम्रा भक्तहरू मध्येका सबैभन्दा निम्न स्तरका र पृथ्वीबासीहरू मध्येका सबैभन्दा नगण्य भएतापनि तिम्रो शक्ति र वरदानद्वारा तिनीहरू धर्तीका गण्यमान्य व्यक्तिहरू भन्दा पनि विशिष्ट हुन पुगे । पहिले भुसुनासरह भएका मानिसहरू तिम्रो कृपाले राजसी बाजहरूमा परिणत भए र पहिले सामान्य खोला–नालाजस्ता यी तिम्रा वरदानद्वारा उत्ताल समुद्रहरू बन्न पुगे । तिम्रो महान् कृपा पाएर तिनीहरू मार्गदर्शनको क्षितिजमा जगमगाउने ताराहरू, अमर पुष्प– बाटिकामा गीत गाउने पक्षीहरू, ज्ञान र बुद्धिको वनमा गर्जने सिंहहरू र जीवन–समुद्रको गहिराइमा गोता लगाउने ठूला–ठूला मत्स्यहरू बन्न पुगे । निश्चय नै, तिमी कृपालु, बलवान्, शक्तिमान् र दयालुहरूमध्येका पनि सबैभन्दा दयालु हौ ।

– Abdu’l-Bahá

Prayer bpn11175 (bpn11175)

bahaiprayers.net 11175

⬆️


हे तिमी अतुलनीय प्रमात्मा ! हे तिमी दैवी साम्राज्यका सम्राट् ! यी आत्माहरू तिम्रा दिव्य सेनाहरू हुन् । आफ्नो सर्वोच्च सहायताद्वारा यिनीहरूलाई विजयी बनाइदेऊ; जसले गर्दा यिनीहरू प्रत्येकले पल्टनझैँ बनरे ईश्वर प्रेम र दैवी–शिक्षाका प्रकाशद्वारा यी देशहरूमाथि विजय प्राप्त गर्न सकून् ।

हे ईश्वर ! तिमी यिनीहरूका समर्थक तथा सहायक बन, अनि मरुभूमि, पहाडहरू, उपत्यका, वनजङ्गल, मैदान तथा सागरहरूमा तिमी यिनीहरूका विश्वासपात्र बनिदेऊ ताकि तिम्रो दैवी साम्राज्यको शक्ति र पवित्रात्माको श्वासद्वारा तिनीहरूले तिम्रो जयजयकार गर्न सक्नेछन् ।

निःसंशय, तिमी नै हौ सर्व–शक्तिमान्, महाबलवान् तथा पूर्ण सामथ्र्यवान् । तिमी नै छौ प्रबुद्ध, सबै कुरा देख्ने तथा सुन्ने ।

– Abdu’l-Bahá

Prayer bpn11176 (bpn11176)

bahaiprayers.net 11176

⬆️


हे दीनदयालु प्रभु ! तिम्रो जय होस् । तिमीले हामीलाई मार्गदर्शनको राजमार्ग देखाइदियौ, आफ्नो अधिराज्यको ढोका खोलिदियौ र आफैलाई यथार्थको सूर्यको रूपमा प्रकट गरायौ । तिमीले अन्धोलाई दृष्टि दियौ, बहिरालाई श्रवणशक्ति दियौ । मृतकलाई तिमीले पुनर्जीवन दियौ, गरिबलाई सम्पन्न बनायौ र बाटो बिराएकाहरूलाई बाटो देखाइदियौ । सुकेका ओंठहरूलाई तिमीले मार्गदर्शनको झर्नासम्म डोर्याएका छौ । तिर्खाएको माछालाई यथार्थको समुद्रमा पुर्यायौ तथा उडीहिंड्ने पक्षीहरूलाई आफ्नो दयाको गुलाबको बगैंचामा आउने निम्तोदियौ ।

हे सर्व–शक्तिमान् ! हामी तिम्रा सेवकहरू हौं र हामी गरिब छौं; हामी तिमीदेखि धेरै टाढा छौं र तिम्रो दशर्न पाउन लालायित छौं; तिम्रो हातबाट नै आफ्नो तिर्खा मेटाउन चाहन्छौं; हामी रोग ग्रस्त छौं र तिमीद्वारा रोगमुक्त हुन चाहन्छौं । तिमीले देखाएको बाटोमा हामी हिँडिरहेका छौं; तिम्रो सुवास फैलाउने भन्दा हाम्रो अर्को उद्देश्य वा अभिलाषा छैन ताकि सारा मानिसहरूले “हे प्रभु ! हामीलाई सत्मार्गमा हिँडाऊ” भन्ने नारा लगाऊन् । तिनका आँखाले प्रकाशलाई देख्न सकून् र अज्ञानताको अँध्यारोबाट तिनले छुटकारा पाउन सकून् । तिनीहरू तिम्रो मार्गदर्शनको दीपक वरिपरि भेला होऊन् । अंश नपाउनेहरू प्रत्येकले आफ्नो अंश प्राप्त गरोस् र वञ्चित गराइएको मानिस पनि तिम्रा रहस्यहरूका भेद बुझ्न सक्ने होओस् ।

हे सर्वशक्तिमान् ! हामीलाई दयाले भरिएको दृष्टिले हेर । हामीलाई स्वर्गीय दृढता प्रदान गर । पवित्र आत्माको श्वास हामीमा पनि भरिदेऊ ताकि तिम्रो सेवामा हामीलाई सहायता पुगोस् र मार्गदर्शनको प्रकाशद्वारा यी क्षेत्रहरूमा हामी चम्किला ताराहरूसरह चम्कन सकौं ।

निश्चय नै, तिमी शक्तिशाली, बलवान्, सबै कुरा जान्ने र देख्ने हौ ।

– Abdu’l-Bahá

Prayer bpn11177 (bpn11177)

bahaiprayers.net 11177

⬆️


हे ईश्वर ! हे ईश्वर ! यो एउटा पखेटा भाँचिएको चरो हो र यसको उडान मन्द गतिमा छ यसलाई सहायता देऊ ताकि यो समृद्धि तथा मोक्षको उच्च शिखरतर्फ उड्न सकोस्, अत्यन्त आनन्द एवं हर्षसहित यो असीम अन्तरिक्षमा सवत्र्र उडन् सकोस्, सबै प्रदेशहरूमा तिम्रो सर्वोच्च नामलाई मधुर स्वरमा गाउन सकोस्, यस आह्वानद्वारा कानहरूलाई हर्षोन्मादित गर्न सकोस् र मार्गदर्शनका चिन्हहरू प्रर्दशन गरी आँखाहरूलाई प्रज्ज्वलित बनाउन सकोस् ।

हे प्रभु ! म छु बिछोडिएको, एक्लो तथा अतिदीन ।

मेरो लागि तिमीबाहेक कोही सहारा छैन, तिमीबाहेक मेरो कोही सहायक छैन र तिमीबाहेक मेरो पालनहारा कोही छैन । तिम्रो सेवामा मलाई सुदृढ बनाऊ । तिम्रो देवदूत सेनाद्वारा मलाई सहायता गर, तिम्रो शब्दको सम्वद्र्धनमा मलाई विजयी गराऊ र तिम्रा प्राणीहरूको बीच मलाई तिम्रो ज्ञानको बखान गर्ने सामथ्र्य देऊ । निःसशंय तिमी निःसहायहरूका सहायक हौ, दलितहरूका संरक्षक हौ र साँच्चै नै तिमी शक्तिशाली, बलवान् र स्वतन्त्र हौ ।

– Abdu’l-Bahá

Prayer bpn11178 (bpn11178)

bahaiprayers.net 11178

⬆️


हे प्रभु ! ढोका खोलिदेऊ, साधनहरू जुटाइदेऊ, मार्ग तैयार गरिदेऊ र बाटो सुरक्षित बनाइदेऊ ताकि हामी ती आत्माहरूतर्फ बढन् सकौं जो तिम्रो धर्मको लागि तैयार छन् र उनीहरू हामीतर्फ आउन सकून् । साँच्चै नै, तिमी नै छौ करुणामय, अत्यन्त दयालु, सर्व–शक्तिमान् ।

– Abdu’l-Bahá

Prayer bpn11179 (bpn11179)

bahaiprayers.net 11179

⬆️


बिहान

म तिम्रै आश्रयमा ब्युँझेको छु, हे मेरा ईश्वर ! र यो आश्रय खोज्नेलाई तिम्रो संरक्षणको शरणस्थल र तिम्रो सुरक्षाको किल्लाभित्र बस्नु उचित छ | तिम्रो प्रकटीकरणको सूर्योदयको गौरवले मेरो अन्तरात्मालाई यसरी आलोकित गराऊ हे मेरा प्रभु, जसरी तिमीले मेरो बाहिरी शरीरलाई तिम्रो कृपाको उषाकालीन प्रकाशले प्रज्ज्वलित परेका छौ |

– Bahá’u’lláh

Prayer bpn7010 (bpn7010)

bahaiprayers.net 7010

⬆️


हे मेरा ईश्वर तथा मेरा स्वामी ! म तिम्रो सेवक तथा तिम्रो सेवकको सन्तान हुँ । म तिम्रो उषाकालमा आफ्नो ओछ्यानबाट उठेको छु, जब तिम्रो एकताको सूर्य तिम्रो इच्छाको मुहानबाट उदाएको छ र तिम्रो आज्ञाको पुस्तकमा निर्दिष्ट गरिए अनुसार आफ्नो प्रकाश विश्वभरि फैलाइरहेछ ।

जय होस् तिम्रो, हे मेरा ईश्वर, कि तिम्रो ज्ञानको ज्योतिको उज्ज्वलता प्रति हामी सचेत भएका छौं । अतः हे मेरा प्रभु, हामी माथि त्यसको वृष्टि गरिदेऊ जसले तिमी बाहेक अन्य सबैलाई त्याग्न र तिमीबाहेक अन्य सबै प्रतिको मोह हटाउन हामीलाई समर्थ बनाओस् । फेरि, मेरो लागि, मेरा प्रियजनका लागि तथा मेरा कुटुम्बका स्त्री र पुरुष सबैका लागि यस लोक र परलोकका वरदानहरू लेखिदेऊ ।

हे सम्पूर्ण सृष्टिका प्रियतम तथा समग्र ब्रह्माण्डका अभिलाषा, तिमीले जसलाई मानिसका हृदयमा कपट भर्ने दुष्टात्माका प्रतीक बनाएका छौ तिनीहरूबाट हामीलाई तिम्रो स्थिर संरक्षणद्वारा सुरक्षित राख । तिमी जे चाहन्छौ त्यही गर्न सक्षम छौ । निश्चयमेव, तिमी नै छौ सर्व–शक्तिमान् संकटमा तारणहारा र आत्म–परिपूर्ण ।

हे प्रभु, मेरा ईश्वर, आशिष् देऊ तिनलाई जसलाई तिमीले आफ्ना उच्चतम पदवीहरू दिएका छौ, र जसद्वारा तिमीले धर्मात्मा र दुष्टहरू छुट्याएका छौ, र तिमीलाई जे मनपर्छ त्यही गर्न हामीलाई सहायता गर । फेरि, आशिष् देऊ, हे मेरा ईश्वर ! तिनलाई जो तिम्रा शब्दहरू र तिम्रा अक्षरहरू हुन् र तिनलाई जो तिमीतिर अभिमुख भएका छन्, तिम्रो अनुहारतर्फ फर्केका छन् र जसले तिम्रो आह्वान सुनेका छन् ।

साँच्चै नै, तिमी सारा मानवका प्रभु तथा सम्राट् हौ र सारा सृष्टिमाथि तिमी प्रबल छौ ।

– Bahá’u’lláh

Prayer bpn11136 (bpn11136)

bahaiprayers.net 11136

⬆️


म तिम्रै आश्रयमा व्युँझेको छु, हे मेरा ईश्वर ! र यो आश्रय खोज्नेलाई तिम्रो संरक्षणको शरणस्थल र तिम्रो सुरक्षाको किल्ला भित्र बस्नु उचित छ । तिम्रो प्रकटीकरणको सूर्येदयको गौरवले मेरो अन्तरात्मालाई यसरी आलोकित गराऊ हे मेरा प्रभु, जसरी तिमीले मेरो बाहिरी शरीरलाई तिम्रो कृपाको उषाकालीन प्रकाशले प्रज्ज्वलित पारेका छौ ।

– Bahá’u’lláh

Prayer bpn11137 (bpn11137)

bahaiprayers.net 11137

⬆️


हे मेरा प्रभु, म तिम्रो स्तुति गर्दछु किनकि तिमीले मलाई निद्राबाट ब्युँझायौ, सुषुप्तावस्थाबाट मलाई उठायौ र घोर निद्राबाट मलाई जगायौ । जुन प्रकाशद्वारा तिम्रो शक्ति र वैभवका स्वर्गहरू प्रकाशित भएका छन्, तिम्रो प्रकटीकरणको दिवासूर्यका त्यही प्रकाशतिर आफ्नो दृष्टि केन्द्रित गरेर, तिम्रा चिन्हहरूलाई स्वीकार गरेर, तिम्रो पुस्तकमा विश्वास गरेर तथा तिम्रो हातलाई बलियोसित पक्डेर म यो प्राप्तःकालमा ब्यूँझेको छु ।

तिम्रो उद्देश्य र तिम्रो इच्छाको अगाध शक्तिद्वारा म तिमीसित प्रार्थना गर्दछु कि निद्रावस्थामा तिमीले मसित जे प्रकट गरेका थियौ त्यसलाई तिम्रा प्रियजनका हृदयहरूमा भरिएको तिमीप्रतिको प्रेमको भव्य–भवनको बलियो जग बनाइदऊे र तिम्रो प्रेमाद्र–दया र तिम्रा कुपाका प्रमााणहरू प्रकट गर्ने सर्वोत्तम साधनहरू बनाइदऊे ।

हे मेरा प्रभु, तिम्रो उत्कृष्ट लेखनीद्वारा मेरा लागि यो लोक र परलोक दुवैमा असल कुराहरूको आपूर्ति गरिदेऊ ।

सारा ससांरको बागडारे तिम्रै हातमा छ भन्ने करुाको म साक्षी दिन्छु । आफ्नो इच्छा अनुसार तिमी तिनमा हेरफेर गर्दछौ । कल्याणकारी, बलवान, तिमीबाहके अर्को ईश्वर छैन ।

तिमी उही हौ जसले तिरस्कृतलाई सम्मानित, दुर्बललाई शक्तिशाली, असहायलाई सम्पन्नतामा, भयभीतलाई निडरमा र शंकालाई निश्चयमा परिवर्तन गर्दछ । शक्तिशाली, कल्याणकारी, तिमीबाहके अर्काे ईश्वर छैन । तिम्रो खोजी गर्ने कसैलाई पनि तिमी निराश गराउँदैनौ र तिम्रो चाहना गर्ने कसैलाई पनि तिमी आफू बाट टाढा राख्दैनौ । तिम्रो दयालुपनको स्वर्ग र प्रचुरताको समुद्र सुहाउँदो जे हुन्छ मेरा लागि त्यही आज्ञा गर । निश्चयमेव, तिमी सर्व– शक्तिमान्, सबैभन्दा बलवान् छौ ।

– Bahá’u’lláh

Prayer bpn11138 (bpn11138)

bahaiprayers.net 11138

⬆️


बैठक

तिम्रो जय होस्, हे प्रभु मेरा ईश्वर ! तिम्रो कृपाबाट बगेको हावाका झोँकाहरूद्वारा तथा तिम्रो उद्देश्यका दिवा–स्रोतहरू र तिम्रो प्रेरणाका उद्गमस्थलहरूको नामद्वारा म तिमीसित याचना गर्दछु कि ममाथि र तिम्रा दर्शनाभिलाषीहरू सबैमाथि त्यस्ता कुराहरूको वृष्टि गरिदेऊ जुन तिम्रो दया र प्रचुर कृपाहरू अनुरूप छन् तथा तिम्रा आर्शीवाद र अनुकम्पाहरू अनुकूल छन् । हे मेरा प्रभु ! म गरिब र एक्लो छु, मलाई तिम्रो द्रव्यको महासागरमा डुबाऊ; म तिर्खाएको छु, मलाई तिम्रो प्रेमार्द्र–दयाको जीवनदायिनी जल पिउन देऊ ।

तिमी स्वयंद्वारा र उनीद्वारा जसलाई तिमीले तिमी स्वयंको अवतार नियुक्त्त गर्यौ र स्वर्ग र पृथ्वीमा भएभरका लागि तिमीले प्रकट गरेका विशिष्ट वाणीद्वारा म तिमीसित याचना गर्दछु कि तिम्रा सेवकहरूलाई तिम्रो अनुग्रहयुक्त दैवी विधानको रुखको छाहारीमा एकत्रित गराऊ । तिनलाई यसका फलहरू उपयोग गर्न सक्ने, तिनका कानहरूलाई यसका पातहरूको सरसराहट र त्यसका हाँगाहरूमा बसेर गीत गाउने कोइलीको मीठो स्वर सुन्न सक्ने बनाऊ ।

निश्चयमेव, तिमी संकटमोचक, अगम, सर्व–शक्तिमान्, सर्व कृपालु छौ ।

– Bahá’u’lláh

Prayer bpn11117 (bpn11117)

bahaiprayers.net 11117

⬆️


हे तिमी करुणामय ईश्वर ! हे तिमी जो शक्तिमान् र सामर्थ्यवान् छौ । हे तिमी अति दयालु पिता ! तिमीतिर अभिमखु भई, तिम्रो सघांरमा पुग्ने कामना गर्दै र तिम्रो महान् आश्वासनबाट तिम्रो असीमित कृपाको चाहना गर्दै यी सेवकहरू भेला भएका छन् । तिम्रो सदिच्छा पूरा गर्न बाहेक यिनीहरूको अरू कुनै उद्देश्य छैन । मानव संसारको सेवा गर्न बाहेक यिनीहरूको अरू कुनै आकांक्षा छैन ।

हे प्रभु ! यस समूहलाई आलोकित गराऊ । यिनीहरूको हृदयलाई करुणामय बनाऊ । उनीहरूमाथि पवित्रात्माका अनुकम्पाहरूको वृष्टि गर । यिनीहरूलाई स्वर्गीय शक्तिद्वारा सुसज्जित गर । यिनीहरूलाई स्वर्गीय हृदयले सुशोभित पार । यिनीहरूको निष्ठालाई बढाइदेऊ ताकि पूर्ण विनम्रता र भक्तिभावसित यिनीहरू तिम्रो साम्राज्यतर्फ अभिमुख होऊन् र मानव संसारको सेवामा व्यस्त होऊन् । यिनीहरू प्रत्येक एउटा प्रकाशवान् दीपशिखा र एउटा चम्किलो तारा बनून् । ईश्वरको अधिराज्यमा यिनीहरू हरेक सुन्दर वर्णको र सुगन्धयुक्त फूल बनून् ।

हे दयालु पिता ! तिम्रो आशीर्वाद प्रदान गर । हाम्रा दोषहरूमाथि ध्यान नदेऊ । तिम्रो संरक्षणमा हामीलाई आश्रय देऊ । हाम्रा पापहरूलाई क्षमा गरिदेऊ । तिम्रो करुणाद्वारा हामीलाई रोगमुक्त गरिदऊे । हामी निबर्ल छौं; तिमी सबल छौ । हामी दरिद्र छौं, तिमी सम्पन्न छौ । हामी रोगी छौं, तिमी वैद्य हौ । हामी अभावग्रस्त छौं; तिमी अति उदार छौ । हे ईश्वर ! हामीलाई तिम्रो कृपाको पात्र बनाऊ । तिमी शक्तिमान् छौ । तिमी दाता हौ । तिमी परोपकारी छौ ।

– Abdu’l-Bahá

Prayer bpn11118 (bpn11118)

bahaiprayers.net 11118

⬆️


हे दयालु स्वामी ! यिनीहरू तिम्रा सेवक हुन् जो यस सभामा एकत्रित भएका छन्, तिम्रो अधिराज्यतर्फ अग्रसर भएका छन् र तिम्रा आशीर्वादहरू र उपहारहरू प्राप्त गर्न इच्छुक छन् । हे प्रभु ! तिम्रा एकताका संकेतहरूलाई प्रत्यक्ष देखिने गरी प्रमाणित गराइदेऊ जुन जीवनका सबै यथार्थहरूमा अन्तर्निहित गराइएका छन् । ती सद्गुणहरूलाई प्रकट र साक्षात् गराइदेऊ जसलाई तिमीले यी मानवीय यथार्थहरूमा अदृश्य रूपमा अन्तर्निहित गराएका छौ ।

हे प्रभु ! हामी कलिला बेर्नाहरूजस्ता छौं र तिम्रो कृपा वर्षाको पानी जस्तो हो, तिम्रो उपहारद्वारा यी बेर्नाहरूलाई ताजा गराऊ र बढ्नमा मद्दत गर । हामी तिम्रा सेवकहरू हौं; हामीलाई भौतिक बन्धनहरूबाट मक्तु गराऊ । हामी अज्ञानी छौं ज्ञानी बनाइदऊे । हामी मृत छौं, हामीलाई जीवित गराऊ । हामी जडपदार्थ हौं, हामीमा चेतना भरिदऊे । हामी वञ्चित छौं, हामीलाई तिम्रा रहस्यहरू बुझ्न सक्ने बनाऊ । हामी अभावग्रस्त छौं, तिम्रो अपार ढुकुटीबाट हामीलाई सम्पन्न र धनाढ्य बनाइदेऊ । हे प्रभु ! हामीलाई पुनर्जीवन प्रदान गर, हामीलाई दृष्टि देऊ, हामीलाई श्रवणशक्ति देऊ, हामीलाई जीवनका रहस्यहरूसित परिचित गराऊ ताकि अस्तित्वको यो लोकमा नै तिम्रो दैवी लोकका रहस्यहरूलाई हामी जान्न सकौँ र तिम्रो एकतालाई स्वीकार गर्न सकौँ । प्रत्येक उपहारका दाता तिमी नै हौ र हरके आशिष्का दाता पनि तिमी नै हौ । तिमी शक्तिशाली छौ ।

तिमी सामथ्र्यवान् छौ । तिमी नै दाता हौ र तिमी नै सदा– कृपानिधान छौ ।

– Abdu’l-Bahá

Prayer bpn11119 (bpn11119)

bahaiprayers.net 11119

⬆️


हे मेरा ईश्वर, हे मेरा ईश्वर ! तिम्रो कृपाको साम्राज्य अघि विनम्र भई तिम्रा यी सेवकहरू साँच्चै नै तिमीतिर उन्मुख भएका छन् । साँच्चै नै यी तिम्रो पवित्रताद्वारा आकषिर्त भएका छन्, तिम्रो प्रेमको अग्निद्वारा प्रदीप्त भएका छन् र तिम्रो दिव्यलोकमा प्रवेश पाउनको लागि तिम्रो अद्भूत साम्राज्यको अनुमति मागिरहेका छन् । साँच्चै नै यिनीहरू तिम्रा उपहारहरूका अभिलाषी छन् तथा तिम्रो यथार्थको सूर्यबाट प्रकाश प्राप्त गर्न चाहन्छन् । हे प्रभु ! यिनीहरूलाई देदीप्यमान दीपकहरू, दयाका संकेतहरू, फलदायक वृक्षहरू र चम्किरहेका ताराहरू बनाइदेऊ ।

यस्तो वरदान देऊ कि यिनीहरू तिम्रा सेवक हुन सकून् र तिम्रो अनुग्रहको प्रकाश चाहना गर्दै तिम्रो प्रेमका बन्धन तथा कडीहरूद्वारा तिमीसित बाँधियून् । हे प्रभु ! यिनीहरूलाई मार्गदर्शनका चिन्हहरू, तिम्रो अमर साम्राज्यका मापदण्डहरू, तिम्रो कृपाको समुद्रका लहरहरू र तिम्रो वैभवको ज्योति प्रतिबिम्बित गर्ने ऐनाहरू बनाइदेऊ ।

साँच्चै नै, तिमी दाता हौ र साँच्चै नै तिमी क्षमाशील छौ । साँच्चै नै तिमी अनमोल छौ, सर्व–प्रिय छौ ।

– Abdu’l-Bahá

Prayer bpn11120 (bpn11120)

bahaiprayers.net 11120

⬆️


हे क्षमाशील प्रभु ! यी सेवकहरू तिम्रो साम्राज्यतर्फ अभिमुख छन् र तिम्रो अनुग्रह तथा दयाका अभिलाषी छन् ।

हे प्रभु ! उनीहरूका हृदयलाई असल र पवित्र बनाइदेऊ; ताकि तिनीहरू तिम्रो प्रेमको लागि योग्य बन्न सकून् ।

तिनीहरूका आत्मालाई स्वच्छ र निर्मल बनाइदेऊ ताकि तिनीहरू माथि तिम्रो यथार्थको सूर्यको प्रकाश चम्कन सकोस् ।

तिनका आँखाहरूलाई स्वच्छ र निमर्ल बनाइदेऊ ताकि तिनीहरूले तिम्रो प्रकाश देख्न सकून् । कानलाई स्वच्छ र निर्मल बनाइदेऊ ताकि तिनीहरूले तिम्रो साम्राज्यबाट आएको आह्वानलाई सुन्न सकून् । हे प्रभु ! साँच्चै नै हामी कमजोर छौं तर तिमी शक्तिशाली छौ । साँच्चै नै हामी निधर्न छौं, तर तिमी सम्पन्नछौ । हामी साधक हौं, अनि तिमी हाम्रा साध्य हौ । हे प्रभु ! हामी माथि करुणा राख र हामीलाई क्षमा गर; हामीलाई क्षमता र तत्परता प्रदान गर ताकि यस आलोकमय शताब्दीमा हामी तिम्रा अनुकम्पाहरूको योग्य बन्न सकौं, तिम्रो साम्राज्यप्रति आकृष्ट हुन सकौं, तिम्रो प्रेमको अग्निबाट प्रज्ज्वलित हुन सकौं तथा तिम्रो पवित्र आत्माको श्वासबाट पुनर्जीवन प्राप्त गर्न सकौं ।

तिमी शक्तिशाली छौ, तिमी सर्व–सम्पन्न छौ, तिमी करुणामय छौ, अनि तिमी अति उदार छौ ।

– Abdu’l-Bahá

Prayer bpn11121 (bpn11121)

bahaiprayers.net 11121

⬆️


हे दैवी विधाता ! यो सभामा तिम्रा मित्रहरू जम्मा भएका छन् जो तिम्रो सौन्दर्यद्वारा आकर्षित भएका छन् र तिम्रो प्रेमको अग्निद्वारा प्रदीप्त भएका छन् । यिनीहरूलाई स्वर्गका परी बनाइदेऊ र पवित्र आत्माको श्वासद्वारा यिनीहरूमा नयाँ जीवन भरिदेऊ । यिनीहरूलाई स्पष्ट वाणी र दृढ संकल्प तथा स्वर्गको शक्ति र करुणामय ग्रहणशीलता प्रदान गर । यिनीहरूलाई मानव एकताका उदघोषक र मानव जगतमा एकता र मेलमिलापका कारण बनाइदेऊ ताकि सत्यको सूर्यको प्रकाशले अज्ञानी पक्षपातको निष्पट्ट अँध्यारोलाई हटाइदेओस् र यो उदास विश्व झलमल्ल बनोस्, यो भौतिक जगत्लाई चेतनाको लोकका किरणहरूले छुन सकोस्, यी विभिन्न रंगहरू मिलेर एउटै रंग बनोस् र प्रशंसाको मधुर गीत तिम्रो पवित्र अधिराज्यको उचाइसम्म सुन्न सकियोस् ।

निश्चयमवे तिमी सर्व–शक्तिमान् र सर्वोपरी छौ ।

– Abdu’l-Bahá

Prayer bpn11122 (bpn11122)

bahaiprayers.net 11122

⬆️


मध्यम अनिवार्य प्रार्थना

यसो भनोस्ः

हे मेरा प्रभु ! मेरो हातलाई शक्तिशाली बनाइदेऊ ताकि यसले तिम्रो ग्रन्थलाई यस्तो दृढतासित समातोस् कि त्यसलाई संसारको कुनै पनि शक्तिले खोस्न नसकोस् । तसर्थ, जनु करुा यसको अधिकारमा पदर्नै त्यसबाट यसलाई सुरक्षित राख । साँच्चै नै, तिमी सर्व–व्यापी, महा–शक्तिशालीछौ ।

त्यसपछि आफ्नो मुख धुँदै उसले यसो भनोस्ः

मैले मेरो अनुहार तिमीतिर फर्काएको छु, हे मेरा प्रभु ! यसलाई आफ्नो अनुहारको ज्योतिद्वारा प्रकाशित गर र यसलाई तिमीबाहेक अन्य कसैतिर उन्मुख हुन नदेऊ ।

त्यसपछि ऊ उभियोस्, र आराधना केन्द्र (अक्का, बाहजी) तिर अनुहार फर्काएर उसले यसो भनोस्ः

प्रभू साक्षी छन् कि उनका अतिरिक्त अर्को कुनै ईश्वर छैन । उनका साम्राज्य प्रकटीकरणको र सिर्जनाको हुन् । साँच्चै नै, उनले स्वयंलाई प्रकटीकरणको दिवा– स्रोतको रूपमा प्रकट गराएका छन्, जसले साइनाईमा ईश्वरसित वार्तालाप गर्यो, जसद्वारा सर्वोच्च क्षितिज प्रकाशित गराइएको छ, र अन्तिम घाटमा जीवन रुपि कमल वृक्षले बोलेको छ, र जसको माध्यमबाट स्वर्ग र मत्र्यलोकका सारा निवासीहरूलाई यस्तो आह्वान भएको छः “हेर, सर्व–व्यापी प्रभु आएका छन् । पृथ्वी तथा स्वर्ग, गौरव तथा साम्राज्य सारा प्रभुकै हुन्, जो सारा मानिसहरूका अधिपति र उच्च लोकका सिंहासनका तथा पृथ्वीका मालिक हुन् ।”

त्यसपछि निहुरिएर आफ्ना हातहरू घुँडामाथि राखेर उसले यसो भनोस्ः

तिमी मेरो स्तुति तथा अन्य सबैको स्तुतिभन्दा धेरै स्तुत्य छौ, र मेरो व्याख्यान तथा स्वर्ग र पृथ्वीका सारा बासिन्दाहरूको व्याख्यानभन्दा पनि माथि छौ !

फेरि उभिएर आफ्ना हत्केलाहरूलाई आफ्नो मुहारतर्फ गर्दै उसले यसो भनोस्ः

हे मेरा प्रभु ! जसले दुई हात जोडेर विनम्र भई तिम्रो कृपा र अनुग्रहको भिक्षा मागिरहेको छ उसलाई निराश नगराऊ । हे तिमी, जो दयालुहरू मध्ये पनि सर्व– दयालु हौ ।

त्यसपछि, बसेर उसले यसो भनोस् :

म तिम्रो एकता र अद्वितीयता जुन तिमीमात्र एक ईश्वर हौ अनि तिमीबाहके अर्को कुनै ईश्वर छैन भन्ने कुराको साक्षी दिन्छु । साँच्चै नै, तिमीले आफ्नो धर्मलाई प्रकट गरायौ, आफ्नो संविदाको पालन ग¥यौ र स्वर्ग र पृथ्वीका समस्त बासिन्दाहरूसमक्ष आफ्नो कृपाकोद्वार खोलिदियौ । सांसारिक परिवर्तन र अवसरहरूले पनि तिमी तिर अभिमुख हुनबाट जसलाई रोकेका छैनन् र तिमी सित भएका कुराहरू प्राप्त गर्न जसले आफ्नो सर्वस्व त्यागेका छन् , तिम्रा ती भक्तहरू सधैँ सुख र शान्ति तथा सम्मान र गौरवको पात्र होऊन् । साच्ँचै नै, तिमी सधैँ क्षमाशील, सर्व–कृपालु छौ ।

(उपर्युक्त लामो पदको स्थानमा कुनै पनि व्यक्तिले यी शब्दहरूको उच्चारण गर्न सक्छ “ईश्वर साक्षी छन् कि सर्व–व्यापी, संकटमोचक उनीबाहेक अर्को ईश्वर छैन ।” त्यसरी नै यदि उसले बसेर यी शब्दहरूको उच्चारण गर्छ भने पनि यथेष्ट हुन्छ, “म तिम्रो एकता र अद्वितीयता जुन तिमीमात्र एक ईश्वर हौ अनि तिमीबाहेक अर्को ईश्वर छैन भन्ने कुराको साक्षी दिन्छु ।)”

– Bahá’u’lláh

Prayer bpn11081 (bpn11081)

bahaiprayers.net 11081

⬆️


मलमासका तिथिहरू

फरवरी २६ देखि मार्च १ सम्मका दिनहरू मलमासका तिथिहरू हुन् । यो अवधिमा उपवासको तैयारी, आतिथ्य सत्कार तथा दान–पुण्यका कामहरू गर्नुपर्दछ ।

मेरा प्रभु, मेरा अग्नि र मेरा प्रकाश ! जुन दिनहरूलाई तिमीले आफ्नो महान् ग्रन्थमा ‘अय्यामे–हा’ को संज्ञा दिएका छौ, ती दिनहरू सुरु भएका छन् । हे नामहरूका सम्राट् ! आफ्ना सृष्टि साम्राज्यमा भएभरका मानिसहरूको पालनाको लागि तिमीले आफ्नो अत्यन्त उत्कृष्ट लेखनीद्वारा निर्धारित गरेको उपवास सुरु भएको छ । हे मेरा प्रभु ! यी दिनहरूद्वारा र ती सबैद्वारा, जसले यो अवधिमा तिम्रा आज्ञाहरू तथा तिम्रा नियमहरूको पालन गरिरहेका छन्, म तिमीसित प्रार्थना गर्दछु कि तिमी यस्तो व्यवस्था गर ताकि प्रत्येक मानिसलाई तिम्रो दरबारको प्रांगणमा जग्गा मिलोस् र तिम्रो मुखमण्डलको प्रकाशको सुन्दर प्रकटीकरणको समीपमा एउटा आसन मिलोस् ।

हे मेरा प्रभु ! यी तिम्रा ती सेवकहरू हुन् जसलाई तिम्रो ग्रन्थमा तिमीले व्यवस्था गरेका नियमहरू उल्लङ्घन गर्न कुमतिले प्रेरित गर्न सकेको छैन । तिम्रो धर्मको सामुन्ने यिनीहरू नतमस्तक भइरहेका छन् र तिम्रो ग्रन्थलाई यस्तो संकल्पका साथ ग्रहण गरेका छन् जुन संकल्प तिमीबाट मात्र उत्पन्न हुन सक्छ र तिमीले तिनको लागि जे निर्धारण गरेका छौ त्यसको पालन गरिरहेका छन् र तिमीद्वारा तल पठाइएका नियमहरूको अनुसरणमा लागेका छन् ।

हे मेरा स्वामी ! तिमी देखिरहेका छौ कसरी आफ्नो महान् ग्रन्थमा तिमीले प्रकट गरेका सारा कुराहरूलाई यिनीहरूले स्वीकार गरेका छन् र मान्दै आएका छन् । हे मेरा प्रभु ! तिम्रा दयालु हातद्वारा तिनलाई तिम्रो अमरत्वको जल सेवन गराऊ । तिम्रो अस्तित्वको समुद्रमा गोता लगाउनेको लागि र तिम्रो विराट रूपको दर्शन प्राप्त गर्ने व्यक्तिको लागि तिमीले निर्धारित गरेका पुरस्कारद्वारा यिनीहरूलाई पनि पुरस्कृत गराऊ ।

हे चक्रवर्ती सम्राट् र दीन दुःखीहरूका सहायक ! म तिमीसित याचना गर्दछु कि यो लोक र परलोक दुवैमा तिनीहरूका लागि असल कुराहरूको व्यवस्था गरिदेऊ ।

अझ, तिनका लागि त्यो कुरा लेखिदेऊ, जसको आभास तिम्रो कुनै पनि प्राणीले आजसम्म पाएको छैन र तीमध्येकोमा तिनको गणना गराऊ जो तिम्रा वरिपरि बसेका छन् र जो तिम्रा हरेक लोकमा तिम्रो सिंहासनको नजिकमा छन् ।

निश्चय नै तिमी सर्व–शक्तिमान्, सर्व–ज्ञाता, सर्वविद हौ ।

– Bahá’u’lláh

Prayer bpn11193 (bpn11193)

bahaiprayers.net 11193

⬆️


महिलाको लागि

तिम्रो जय होस्, हे प्रभु, मेरा ईश्वर ! तिम्रो त्यो नाम लिएर म तिमीसित याचना गर्दछु जसद्वारा सर्वोत्तम सौन्दर्य तिम्रो धर्मको सिंहासनमा विराजमान भएको छ, र जुन नामद्वारा तिमी सारा वस्तुहरूलाई परिवर्तन गर्दछौ, र सारा वस्तुहरूलाई एकत्रित गर्दछौ र सारा वस्तुहरूको लेखाजोखा गर्दछौ र सारा वस्तुहरूलाई पुरस्कृत गर्दछौ र सारा वस्तुहरूलाई संरक्षण प्रदान गर्दछौ र सारा वस्तुहरूको भरण–पोषण गर्दछौ, तिम्रो त्यही नामद्वारा म तिमीसित विन्ती गर्दछु कि यस सेविकालाई रक्षा गर जो तिम्रो शरण परेकी छे, र त्यसको आश्रय खोजिरहेकी छे जसमा तिमी स्वयं प्रकट भएका छौ र यसले तिमीमा नै आफ्नो सम्पूर्ण आस्था र विश्वास राखेकी छे ।

ऊ बिरामी छे, हे मेरा ईश्वर, र तिम्रो रोग निवारक वृक्षको छाहारीमा प्रवेश गरेकी छे; पीडित छे, र तिम्रो संरक्षणको नगरमा प्रवेश गरेकी छे; रोगग्रस्त छे, र तिम्रो कृपाको मुहान खोज्दै छे; अति व्यथित छे तिम्रो परम शान्तिको कल्याणकारी सरितामा पुग्न हतारिएकी छे र पापको बोझ बोकेर तिम्रो क्षमाशीलताको दरबारतर्फ अभिमुख भएकी छे ।

हे मेरा ईश्वर तथा मेरा परमप्रिय, तिम्रो प्रभुत्व र तिम्रो प्रेमाद्र दयाद्वारा उसलाई सुसज्जित गरिदेऊ, उसलाई तिम्रो रोग निवारक औषधि तथा लेपको परिधान लगाइदेऊ र उसलाई तिम्रो करुणा र दानशीलताको प्यालाबाट पिउन लगाऊ । अझ, उसलाई प्रत्येक पीडा तथा रोग, सबै प्रकारका दु:ख र व्याधिहरूबाट र तिमीलाई मन नपर्ने सबै कुराहरूबाट रक्षा गर ।

निश्चय नै, स्वयं आपूmबाहेक अन्य सबैभन्दा तिमी अत्यन्त महान् छौ । साँच्चै नै, तिमी रोग निवारक, आत्म– परिपूर्ण, संरक्षक, सदा क्षमाशील, अति करुणामय छौ ।

– Bahá’u’lláh

Prayer bpn11126 (bpn11126)

bahaiprayers.net 11126

⬆️


मानवजाति

मेरा पूजा र आराधनाका लक्ष्य, मेरा प्रभु ! म तिम्रो एकता र अद्वितीयताको साक्षी दिन्छु तथा अतीत र वर्तमानमा तिम्रा सारा उपहारहरूलाई स्वीकार गर्दछु । तिमी नै सर्व– दानी हौ र तिम्रै कुपाको प्रचुर दयावृष्टिले ठूला र साना सबैलाई सिञ्चित गरिरहेको छ र तिम्रो अनुग्रहको वैभव आज्ञाकारी र उद्दण्ड सबैमाथि समान रूपमा बगिरहेको छ ।

हे करुणानिधि, तिम्रो द्वारसामु दयाको विशुद्धसार नतमस्तक भएको छ र तिम्रो पुण्यालयको वरिपरि प्रगाढ भक्तिसित प्रेमाद्र–दया परिक्रमा गरिरहेको छ । तिम्रो प्राचीन अनग्रहको आशा राख्दै र तिम्रो वर्तमान कृपाको चाहना गर्दै हामी तिमीसित याचना गर्दछौ कि जीवलोकमा प्रकट भएका ती सबैमाथि तिमी दया गर र तिम्रो यस युगमा तिम्रो अनुग्रहको वृष्टिबाट तिनीहरूलाई वञ्चित नगराऊ । हामी सबै गरीब तथा अभावग्रष्त छौं, तर तिमी निश्चय नै सर्व– सम्पन्न, सर्व–विजयी तथा सर्व–शक्तिमान् छौ ।

– Bahá’u’lláh

Prayer bpn11128 (bpn11128)

bahaiprayers.net 11128

⬆️


हे तिमी करुणामय प्रभु, तिमी जो कृपालु तथा सक्षम छौ, हामी तिम्रा सेवकहरू हौं तथा तिम्रै अधीनमा छौं । हामी माथि तिम्रो कृपाको वृष्टि गरिदेऊ । हाम्रा नेत्रहरूलाई ज्योति, हाम्रा कानहरूलाई श्रवणशक्ति तथा हाम्रा हृदयहरूलाई समझदारी र प्रेम गर्ने शक्ति देऊ ।

तिम्रो शुभ–सन्देशद्वारा हाम्रो आत्मालाई सुखी र आनन्दित बनाइदेऊ । हे प्रभु ! हामीलाई तिम्रो अधिराज्यको बाटो देखाइदेऊ र पवित्रात्माको श्वासद्वारा हामीमा नयाँ जीवनको सञ्चार गर । हामीलाई अनन्त जीवन देऊ र हामीलाई अक्षय इज्जत प्रदान गर । मानवजातिलाई एक गरिदेऊ र मनुष्यलोकलाई प्रज्ज्वलित पारिदेऊ । हामी सबै तिम्रो मार्गको अनुशरण गर्न सकौं, तिम्रो सदिच्छा प्राप्त गर्न सकौं र तिम्रा अधिराज्यका रहस्यहरू बुझ्न सकौं । हे प्रभु ! हामीहरूलाई एक गरिदेऊ र हाम्रो हृदयलाई तिम्रो चिरस्थायी बन्धनमा बाँधेर एक गरिदेऊ । साँच्चै नै, तिमी नै दाता हौ, तिमी नै दयालु हौ र तिमी नै सर्व–शक्तिमान् हौ ।

– Abdu’l-Bahá

Prayer bpn11129 (bpn11129)

bahaiprayers.net 11129

⬆️


हे हृदयालु ईश्वर ! तिमीले समस्त मानवजातिलाई मात्र एउटै आमा–बाबुद्वारा उत्पन्न गर्यौ । तिमीले आज्ञा दिएका छौ कि सबै एउटै घर–परिवारका सदस्य बनून्, अनि तिम्रो पवित्र उपस्थितिमा सबै तिम्रा सेवक होऊन् तथा सारा मानवजाति तिम्रै शिविरमुनि आश्रित छन् ।

तिम्रा सन्तान तिम्रो प्रसादको थालको छेउ–छाउमा जम्मा भएका छन् र तिम्रो पालनहारत्वको प्रकाशद्वारा चम्किरहेका छन् ।

हे प्रभु ! तिमी सबैमाथि दया गर्छौ, तिमीले नै सबैको भरण–पोषणको व्यवस्था रचेका छौ । तिमीले नै सबैलाई जीवन प्रदान गर्दछौ । तिमीले प्रत्येक विनम्र जनलाई योग्यता एवं प्रतिभा दिएका छौ तथा समस्त मानव–जातिलाई आफ्नो दयाको महासागरमा डुबाइदिएका छौ ।

हे उदार स्वामी ! प्रत्येक देशमा आफ्ना सेवकहरूलाई मिलाई एक गर, विभिन्न धर्महरूमा मेलमिलाप गराइदेऊ, सबै राष्ट्रहरूलाई एउटै राष्ट्र बनाइदेऊ जसले गर्दा उनीहरू सबैले आपसमा एक अर्कालाई एउटै कुटुम्ब सरह देखून् तथा सबैलाई एउटै देशका बासिन्दा सम्झुन् । मनुष्यमात्रले स्नेह भाव तथा अखण्ड एकतापूर्वक आपस्तमा हेलमेल गरून् ।

हे ईश्वर ! मानव एकताको ध्वजालाई माथि फहराइदेऊ ।

हे परमेश्वर ! अति महान् शान्ति स्थापित गरिदेऊ ।

सबै हृदयहरूलाई पगालेर एउटै हृदय गरिदेऊ ।

हे तिमी सहृदय पिता ! आफ्नो प्रेमको सुवासद्वारा हामीलाई खुशी राख । आफ्नो मार्गदर्शनको प्रकाशद्वारा हाम्रा आँखा तेजस्वी बनाइदेऊ । आफ्नो शब्दको सुरिलो आलापद्वारा हाम्रा कानहरूलाई हर्षोन्मादित गरिदेऊ तथा आफ्नो पालनहारत्वको आश्रयमुनि हामीलाई सुरक्षित राख ।

तिमी नै हौ सर्व–शक्तिमान्, महाबलवान्, तिमी नै हौ क्षमाशील तथा तिमी नै हौ त्यो शक्ति जसले मनुष्य जातिका दोषहरू दखेता पनि नदेखेझैं गदर्छ ।

– Abdu’l-Bahá

Prayer bpn11130 (bpn11130)

bahaiprayers.net 11130

⬆️


हे दयालु प्रभु, तिमी जो उदार तथा करुणामय छौ ! हामी तिम्रा सघांरका सेवकहरू हौं र तिम्रो दैवी एकताको आश्रयको छायाँमा जम्मा भएका छौं । तिम्रो कृपाको सूर्य सबैमाथि चम्किरहेको छ र तिम्रो करुणाको मेघ सबैमाथि बर्सिरहेको छ । तिम्रा उपहारहरूले सबैलाई ढाकेका छन्, तिम्रो शक्तिले सबैलाई पालन–पोषण दिएको छ, तिम्रो संरक्षणमा सबैले ओत पाएका छन् र तिम्रो अनुग्रहको दृष्टिले सबैलाई प्रज्ज्वलित पारेको छ । हे प्रभु ! हामीलाई तिम्रा अनन्त वरदानहरू देऊ र तिम्रो मार्गदर्शनको प्रकाशलाई चम्कन देऊ । आँखाहरूलाई तेजिलो पारिदेऊ, आत्माहरूलाई हर्षोमानदित बनाइदेऊ र हृदयहरूमा एउटा नयाँ चेतना भरिदेऊ । तिनीहरूलाई अनन्त जीवन प्रदान गर । तिम्रो ज्ञानको ढोका खोलिदेऊ र तिम्रो धर्मको ज्योतिलाई चम्कन देऊ । सम्पूर्ण मानव–जातिलाई एकताको सूत्रमा बाँधेर आफ्नो आरक्षणको ध्वजामुनि ल्याऊ, ताकि तिनीहरू सबै एउटै समुद्रका लहरहरू, एउटै वृक्षका पातहरू र हाँगाहरू सरह एक हुन सकून् र एउटै तम्बूमुनि भेला हुन सकून् ।

तिनीहरू सबैले एउटै मुहानबाट पिउन सकून्, एउटै समीरबाट स्फुर्ती प्राप्त गरून् । तिमी नै हौ दाता, तिमी नै हौ करुणामय ।

– Abdu’l-Bahá

Prayer bpn11131 (bpn11131)

bahaiprayers.net 11131

⬆️


मृतकका लागि प्रार्थना

(मृतकका लागि भनिने यो प्रार्थना पन्ध्र वर्षभन्दा माथिका बहाईहरूको लागि प्रयोग गरिन्छ । सामूहिक भेलामा पाठ गरिने यो एक मात्र अनिवार्य प्रार्थना हो, जुन एक जना अनुयायीद्वारा पाठ गरिंदा उपस्थित सबै उभिन्छन् । यो प्रार्थना गर्दा किब्लेह (आराधना स्थल) तर्फ फर्कन जरुरी छैन ।)

— किताब–इ–अग्दसबाट

हे मेरा ईश्वर ! यो तिम्रो सेवक तथा तिम्रो सेवकको पुत्र हो जसले तिमीमा र तिम्रा चिन्हहरूमा विश्वास गर्दछ र तिमीबाहेक अन्य सबैबाट पूर्ण वियुक्त भई तिमीतिर अभिमुख भएको छ । निःसंशय, करुणामयहरूमध्ये पनि तिमी परम करुणामय छौ ।

हे तिमी जो मानिसहरूको पापलाई क्षमा दिन्छौ र उनीहरूका दोषहरूलाई छिपाइदिन्छौ । ऊसँग यस्तो व्यवहार गर जो तिम्रो दानशीलताको स्वर्ग र तिम्रो कृपाको सागर सुहाउँदो हुनेछ । उसलाई तिम्रो परम करुणाको प्राङ्गणभित्र प्रवेश गर्नदेऊ, जुन पृथ्वी तथा स्वर्गको सृष्टिभन्दा अघिदेखि नै थियो । सदैव क्षमाशील अति दानी ईश्वर तिमीबाहेक अन्य कोही छैन ।

त्यसपछि उसले ६ पटक “अल्ला–उ–आभा” भनी अभिनन्दन गरोस् र निम्नलिखित श्लोकहरू प्रत्येकलाई उन्नाइस पटक पाठ गरोस् :

हामी सबै, निःसशंय, ईश्वरको पजूा गर्दछौं । हामी सबै, निःसशंय, ईश्वरलाई ढोग्दछौं । हामी सबै, निःसशंय, ईश्वरप्रति निष्ठावान् छौं । हामी सबै, निःसशंय, ईश्वरको स्तुति गर्दछौं । हामी सबै, निःसशंय, ईश्वरमा कृतज्ञता ज्ञापन गर्दछौं । हामी सबै,निःसशंय, ईश्वरप्रति धैर्यवान् छौं ।

(यदि मृतक महिला छिन् भने, उनले “यिनी तिम्री सेविका र तिम्री सेविकाकी पुत्री हुन् आदि ……..भनून्”)

हे मेरा ईश्वर ! हे तिमी जसले पापहरूलाई क्षमा गर्दछौ, उपहारहरूको वृष्टि गर्दछौ अनि पीडाहरूको हरण गर्दछौ ! म विनम्र प्रार्थना गर्दछु कि जसले शारीरिक चोलालाई छोडेर आध्यात्मिक संसारमा प्रवेश गरेको छ उसका पापहरूलाई क्षमा गरिदेऊ ।

हे मेरा प्रभु ! अपराधहरूबाट उनीहरूलाई शुद्ध गराइदेऊ, उनीहरूका दुःखहरूलाई नाश गरिदेऊ र उनीहरूको अन्धकारलाई प्रकाशमा परिणत गरिदेऊ ।

उनीहरूलाई आनन्दवाटिकामा प्रवेश गराऊ, अति पवित्र जलद्वारा उनीहरूलाई चोख्याऊ र सर्वेच्च शिखरस्थित तिम्रा गौरवहरूको दर्शन गराऊ ।

– Bahá’u’lláh

Prayer bpn11095 (bpn11095)

bahaiprayers.net 11095

⬆️


हे मेरा प्रभु, तिमी सुविख्यात छौ ! म तिमीलाई धन्यवाद दिन्छु कि तिमीले मलाई उनको दर्शन गरायौ जो तिम्रो दयाका दिवास्रोत, तिम्रो कृपाका उद्गमस्थल र तिम्रो धर्मका कोष हुन् । जुन नामद्वारा तिम्रो नजिक पुग्नेहरूका मुखमण्डल चम्किएका छन् र तिम्रा प्रियजनका हृदयहरूले तिमीतिरको उडान भरेका छन् तिम्रो त्यही नामको सौगन्ध खाएर म तिमीसित याचना गर्दछु कि मलाई यस्तो वरदान दऊे जसले गर्दा म सधैं र सबै अवस्थामा तिम्रो हात थामेर बस्न पाऊँ र तिमीबाहेक अरू सबैबाट अलग्ग हुन सकूँ, मेरो दृष्टिलाई तिम्रो प्रकटीकरणको क्षितिजमा केन्द्रित गर्न सकूँ र तिम्रा धर्मपाटीहरूमा तिमीले मेरो लागि निर्दिष्ट गरेका नियमहरूलाई पालन गर्न सकूँ । हे मेरा प्रभु ! मेरो आत्मा र शरीर दुवैलाई तिम्रो प्रेमाद्र दया र तिम्रो अनुकम्पाका वस्त्रद्वारा सुसज्जित गरिदेऊ । अतः तिमीलाई अप्रिय लाग्ने वस्तुहरूबाट मलाई सुरक्षित राख, कृपा गरेर मलाई र मेरा सन्ततिलाई तिम्रो आज्ञापालन गर्नमा सहायता गर र मभित्र भ्रष्ट इच्छा वा खराब प्रवृत्तिहरू उत्पन्न गराउने सबै वस्तुहरूलाई हटाइदेऊ ।

निःसन्देह, तिमी सारा मानव–जातिका स्वामी हौ र यो लोक एवं अर्को लोकका पनि अधिपति हौ । सर्व–ज्ञाता र सर्व–बुद्धिमान् तिमीबाहके अर्को ईश्वर छनै ।

– Bahá’u’lláh

Prayer bpn11096 (bpn11096)

bahaiprayers.net 11096

⬆️


हे मेरा प्रभु, तिम्रो जय होस् ! तिम्रो इच्छानुकूल र तिम्रो आदेशानुसार सम्पूर्ण सृष्टिमाथि बगिरहेको तिम्रो कृपावस्त्रको सुगन्धको शपथ लिएर, तिम्रो कृपाको क्षितिज माथि तिम्रो सार्वभौमसत्ता र तिम्रो अजेय शक्तिद्वारा प्रकाशवान् भएर चम्किरहेको तिम्रो इच्छाको सूर्यको शपथ लिएर म तिमीसित याचना गर्दछु कि मेरो हृदयबाट सारा व्यर्थ कल्पनाहरू तथा भ्रमित विचारहरू मेटाइदेऊ ताकि पूर्ण श्रद्धासित म तिमीतिर अग्रसर हुन सकूँ, हे सारा लोकका स्वामी !

हे मेरा प्रभु ! म तिम्रो सेवक तथा तिम्रो सेवकको पुत्र हुँ । मैले तिम्रो दयाको हात समातेको छु र तिम्रो कोमल कृपाको बन्धनमा टाँस्सिएको छु । तिमीसित भएका उत्तम वस्तुहरू मेरो लागि पनि मिलाइदेऊ र त्यो पात्रबाट मेरो भरण–पोषण गर जसलाई तिमीले तिम्रो अनुग्रहको स्वर्गबाट तथा तिम्रो प्रचुरताको मेघबाट वृष्टि गरिरहेका छौ । साँच्चै नै, तिमी समस्त लोकहरूका अधिपति हौ तथा पृथ्वी एवं स्वर्गका सारा निवासीहरूका ईश्वर हौ ।

– Bahá’u’lláh

Prayer bpn11097 (bpn11097)

bahaiprayers.net 11097

⬆️


हे मेरा प्रभु, तिम्रै धर्मको अग्निबाट अनेकौ निरूत्साहित हृदयले नयाँ उत्साह पाएका छन् र तिम्रो आवाजको मिठासले कैयौं सुतेकाहरू ब्यूँझाइएका छन् । तिम्रो एकताको वृक्षको छाहारीमा आश्रय खोजिरहेका अपरिचितहरू कति होलान् र तिम्रो यस युगमा तिम्रो जीवन दायिनी सरिताको स्रोतबाट पिएर आफ्नो तृष्णा मेटाउन हुरूक्क हुनेहरू कति धेरै होलान् ?

धन्य छ त्यो जो तिमीतिर लम्केको छ र तिम्रो मुहारको ज्योतिको सूर्य प्राप्त गर्न हतारिएको छ । धन्य छ त्यो जो आफ्नो पूर्ण अनुरागसित तिम्रो प्रकटीकरणको उदयस्थल र तिम्रो पे्ररणाको मुहानतर्फ उन्मखु भएको छ । धन्य छ त्यो जसले तिम्रो कृपा र अनुग्रहबाट पाएको सबै तिम्रो मार्गमा खर्च गर्दछ । धन्य छ त्यो जसले तिम्रो उत्कट चाहनामा तिमीबाहेक अरू सबैलाई त्यागेको छ । धन्य छ त्यो जसले तिमीसँग प्रगाढ सम्बन्ध स्थापना गर्न सकेको छ र तिमीबाहेक अन्य सबैसँगको सम्बन्धविच्छेद गरेको छ । हे मेरा प्रभु ! तिम्रो सत्ता र अधिकारको शक्तिद्वारा आफ्नो कैदखानाको क्षितिजमाथि जो उठेका छन् उनको नाम लिएर म तिमीसित याचना गर्दछु कि प्रत्येकका लागि तिमी र तिम्रो सर्वोच्च पद सुहाउदाँ कुराहरू निर्दिष्ट गरिदऊे । साँच्चै नै, तिम्रो शक्ति सारा वस्तुहरू बराबर छ ।

– Bahá’u’lláh

Prayer bpn11098 (bpn11098)

bahaiprayers.net 11098

⬆️


हे मेरा प्रभु, म जान्दिन कि तिमीले कुन आगोले आफ्नो भूमिलाई प्रज्ज्वलित गराएका हौ । माटोले त्यसको गरिमालाई छोप्न सक्दैन न त पानीले नै त्यसको ज्वालालाई निभाउन सक्छ । पृथ्वीका समस्त मानिसहरू त्यसको शक्तिको सामना गर्न असमर्थ छन् । त्यो व्यक्ति धन्य छ जो त्यसको समीपमा पुगेको छ र जसले त्यसको गर्जन सुन्न पाएको छ ।

हे मेरा प्रभु ! तिमीले आफ्नो शक्तिशाली कृपाद्वारा कसैलाई त्यसको नजिक पुग्न सक्ने गरायौ तर कसैलाई भने तिम्रो युगमा तिनले गरेका कर्महरूको कारणले गर्दा त्यसबाट टाढा नै राख्यौ । त्यतातिर लाग्न हतारिने वा त्यहाँ पुग्ने जो कसैले पनि तिम्रो सौन्दर्यको दर्शन पाउने उत्सुकतामा तिम्रो मार्गमा आफ्नो जीवन त्यागेको छ र तिमीबाहेक अन्य सबैबाट मुक्त भई तिम्रो समक्षमा पुगेको छ । हे मेरा प्रभु ! सृष्टि संसारमा दन्किरहेको यही आगोद्वारा म तिमीसित याचना गर्दछु कि तिम्रो वैभवको सिंहासनको सामु पुग्न र तिम्रो ढोकाको संघारमा उभिनमा मलाई बाधा पु¥याउने सारा पर्दाहरूलाई च्यातिदेऊ । हे मेरा ईश्वर ! तिमीले आफ्नो ग्रन्थमा उल्लेख गरेका सबै उत्तम कुराहरू मेरो लागि निर्दिष्ट गरिदेऊ र तिम्रो करुणाको आश्रयबाट पनि मलाई टाढा नराख । आफूले चाहेजस्तो गर्न तिमी समर्थ छौ । साँच्चै नै तिमी सर्व–शक्तिमान्, अत्यन्त कृपालु छौ ।

– Bahá’u’lláh

Prayer bpn11099 (bpn11099)

bahaiprayers.net 11099

⬆️


तिम्रो जय जय होस्, हे मेरा प्रभु ! म तिम्रा ती सेवकहरू मध्येको एक सेवक हूँ जसले तिमीमा र तिम्रा चिन्हहरूमा विश्वास गरेका छन् । मलाई तिम्रो कृपाको द्वारमा उभिरहेको र तिम्रो प्रेमाद्र दयाको दिशातर्फ अघि बढिरहेको तिमीले देखिरहेको छौ । तिम्रा सर्वोत्तम उपाधिहरू तथा तिम्रा सर्वोत्कृष्ट गुणहरूद्वारा म तिमीसित याचना गर्दछु कि मेरो लागि तिम्रा उपहारहरूको ढोका खोलिदेऊ । अतः ती कुराहरू गर्नमा मलाई सहायता गर जुन कल्याणकारी छन्, हे तिमी जो विशेषण तथा गुणहरूका स्वामी हौ ।

हे मेरा स्वामी, म गरिब छु, तिमी धनी छौ । म तिमी तिर उन्मुख भएको छु र तिमीबाहेक अरू सबै कुराहरूबाट मैले आफूलाई अलग गराएको छु । म तिमीसित प्रार्थना गर्दछु कि तिम्रो कोमल कृपाको शीतल समीरबाट तथा तिम्रा चुनिएका सेवकहरूको लागि तिमीले निर्दिष्ट गरेका वस्तुहरूबाट मलाई वञ्चित नगराऊ । हे मेरा प्रभु, मेरा आँखाबाट पर्दा हटाइदेऊ ताकि तिम्रा प्राणीहरूको लागि तिमीले जे चाहना गरेका छौ त्यसलाई म चिन्न सकूँ र तिम्रो सृष्टिमा अभिव्यक्त भएका तिम्रा शक्तिशाली चिन्हहरूलाई खाजे रे निकाल्न सकूँ । हे मेरा प्रभु, तिम्रा शक्तिशाली चिन्हहरूद्वारा मेरो आत्मालाई आनन्दित बनाइदेऊ र मलाई मेरा भ्रष्ट र दुष्ट इच्छाहरूको खाडलबाट बाहिर निकाल । अतः यो संसार र यस पछिको संसारमा मेरो लागि भलाई हुने कुराहरू निश्चित गरिदऊे । जे इच्छा गर्छौ त्यो पूरा गर्न तिमी सामथ्र्यवान् छौ । सर्व–गारैवशाली तिमीबाहके अर्को ईश्वर छनै र सबै तिम्रो सहायता खोजिरहेका छन् ।

हे मेरा प्रभु, म तिमीप्रति कृतज्ञ छु किनकि तिमीले मलाई निद्रा बाट ब्यूँझाइदियौ, मलाई घच्घचाएर म भित्र त्यो कुरा देख्ने इच्छा जागृत गरायौ जसलाई देख्न तिम्रा धेरै जसो सेवकहरू असफल भएका छन् । हे मेरा प्रभु, तसर्थ तिम्रो प्रेमको खातिर र तिम्रो सदिच्छाको खातिर मलाई त्यो कुरा देख्न सक्ने बनाऊ जुन कुरा तिमीले मेरो लागि चाहेका छौ । तिमी उही हौ, जसको शक्ति र सार्वभौम सत्तालाई साराले प्रमाणित गरेका छन् । शक्तिशाली, कल्याणकारी, तिमीबाहके अर्को ईश्वर छैन ।

– Bahá’u’lláh

Prayer bpn11100 (bpn11100)

bahaiprayers.net 11100

⬆️


हे मेरा प्रभु, सृष्टिकर्ता, सम्राट्, सबैको भरण– पोषाण गर्ने, सर्व–प्रशंसित, जसको सहायताको लागि सबै प्रार्थना गर्छन् ।

भनः हे मेरा प्रभु ! हे तिमी, जो पृथ्वी र स्वर्गहरूका निर्माता हौ, हे अधिराज्यका स्वामी ! मेरा हृदयका गोप्य कुराहरू तिमी राम्ररी बुझ्दछौ जबकि तिम्रो अस्तित्वलाई तिमीबाहेक अरू कसैले पनि बुझ्न सक्तैन । मसित भएका सबै कुराहरूलाई तिमी देख्न सक्छौ जुन कुरा तिमीबाहेक अरू कसैले पनि गर्न सक्दैन । तिम्रो कृपाद्वारा तिमीबाहेक अरू सारा वस्तुहरूबाट अलग हुन मलाई सहायता गर र मेरो लागि त्यो कुरा निश्चित गरिदेऊ जसले मलाई तिमीबाहेक अरू सबै कुराहरूबाट स्वतन्त्र गरिदेओस् । यस्तो आज्ञा गर कि यो लोक र परलोक दुवैमा मेरो जीवनलाई फाइदा हुने कुराहरू प्राप्त गर्न सकूँ । मेरो सामुन्ने तिम्रो कृपाका द्वारहरू खोलिदेऊ र तिम्रो कोमल कृपा र उपहारहरू मेरो लागि प्रदान गरिदेऊ ।

हे प्रभु ! तिमी जो असीमित कृपाका स्वामी हौ । तिमीलाई प्रेम गर्नेहरूलाई तिम्रा दैवी सहायताले भरिपूर्ण गराऊ र तिम्रा अधीनमा भएका उपहारहरू तथा आशिष्हरू हामी माथि खन्याइदेऊ । हामीलाई सबै कुराहरू पर्याप्त मात्रामा दऊे, हाम्रा पापहरूलाई क्षमा गरिदऊे र हामीलाई करुणाको दृष्टिले हेर । तिमी हाम्रा मालिक तथा समस्त सृजित वस्तुहरूका मालिक हौ । तिमीबाहेक अरू कसैसित पनि हामी विन्तीभाउ गर्दैनौ र तिम्रो कृपाको लागि मात्रै हामी तिमीसित प्रार्थना गर्दछौं । प्रचुरता र कृपाका स्वामी तिमी नै हौ । आफ्नो शक्तिमा तिमी अजेय छौ र तिमी योजना निर्माणमा अत्यन्त सिपालु छौ । सर्व–व्यापी, सर्वोत्कृष्ट तिमी बाहके अर्को ईश्वर छैन । हे मेरा प्रभु ! तिम्रा दूतहरू, महात्माहरू र न्याय–परायणहरूमाथि तिम्रो आशिष्को वृष्टि गर । साँच्चै नै तिमी ईश्वर हौ, अद्वितीय, सबैलाई मन्त्रमुग्ध गर्नेवाला ।

– Báb

Prayer bpn11101 (bpn11101)

bahaiprayers.net 11101

⬆️


हे मेरा ईश्वर ! हे तिमी जसले पापहरूलाई क्षमा गर्दछौ, उपहारहरूको वृष्टि गर्दछौ अनि पीडाहरूको हरण गर्दछौ !

म विनम्र प्रार्थना गर्दछु कि जसले शारीरिक चोलालाई छोडेर आध्यात्मिक संसारमा प्रवेश गरेको छ उसका पापहरूलाई क्षमा गरिदेऊ |

हे मेरा प्रभु ! अपराधहरूबाट उनीहरूलाई शुद्ध गराइदेऊ, उनीहरूका दु:खहरूलाई नाश गरिदेऊ र उनीहरूको अन्धकारलाई प्रकाशमा परिणत गरिदेऊ | उनीहरूलाई आनन्दवाटिकामा प्रवेश गराऊ, अति पवित्र जलद्वारा उनीहरूलाई चोख्याऊ र सर्वोच्च शिखरस्थित तिम्रा गौरवहरूको दर्शन गराऊ |

– Abdu’l-Bahá

Prayer bpn7011 (bpn7011)

bahaiprayers.net 7011

⬆️


यात्रा

तिम्रो अनुग्रहले म आज बिहान ब्युँझेको छु, हे मेरा ईश्वर, र तिमीमा पूरा विश्वास राखी तथा तिम्रो हेरचाहमा आफूलाई समर्पित गरी म आफ्नो घरबाट निस्केको छु | तब, तिम्रो करुणाको स्वर्गबाट ममाथि तिम्रो कृपाको वृष्टि गर र मलाई सुरक्षित घर फर्कन सक्षम बनाऊ जसरी आफ्नो सारा ध्यान तिमीमा दृढताका साथ केन्द्रित गरी तिम्रै सुरक्षणमा मलाई घरबाट निस्कन समर्थ बनायौ |

एक मात्र प्रभु, अतुलनीय, सर्वज्ञ, सर्व–बुद्धिमान्, परमात्मा तिमीबाहेक अन्य कोही छैन |

– Bahá’u’lláh

Prayer bpn7009 (bpn7009)

bahaiprayers.net 7009

⬆️


रोग निवारण

तिम्रो नाम नै मेरो उपचार हो, हे मेरा ईश्वर र तिम्रो स्मरण मेरो औषधि हो | तिम्रो सामीप्य नै मेरो अभिलाषा हो र तिमीप्रतिको प्रेम मेरो साथी हो | मप्रतिको तिम्रो करुणा नै यस लोक र परलोकमा मेरो उपचार र आश्रय हो | नि:संशय तिमी नै सर्व–दानी, सर्व–ज्ञानी तथा सर्व–बुद्धिमान् छौ |

– Bahá’u’lláh

Prayer bpn7007 (bpn7007)

bahaiprayers.net 7007

⬆️


हे ईश्वर, मेरा ईश्वर ! तिम्रो रोग निवारक समुद्र, तिम्रा दिवासूर्यको प्रतापको कृपा, तिम्रा सेवकहरूलाई वशमा राख्ने तिम्रो नाम, तिम्रो सर्वोत्कृष्ट शब्दको सर्व–व्यापी शक्ति र तिम्रो अत्यन्त ओजस्वी कलमको तागत, स्वर्ग तथा पृथ्वीमा भएका सारा प्राणीहरू भन्दा पनि पूर्व कालीन तिम्रो दयाको निम्ति म तिमीसित प्रार्थना गर्दछु कि मेरा सारा रोग तथा व्याधिहरूलाई र सारा कमजोरी तथा अशक्तताहरूलाई आफ्नो कृपाको जलद्वारा धोएर मलाई पवित्र गराइदेऊ ।

हे मेरा प्रभु, तिम्रो सेवकलाई तिम्रो कृपाको ढोकामा प्रतीक्षा गरिरहेको, तिम्रो दयाको डोरीलाई बलियोसित पक्डेर आफ्ना सारा आशाहरू तिमीमा नै केन्द्रित गराउँदै पर्खिरहेको तिमी देखिरहेका छौ । म तिमीसित विन्ती गर्दछु कि तिम्रो प्रेमार्द्र दयाको दिवासूर्यबाट र तिम्रो कृपाको समुद्रबाट उसले खोजेका वस्तुहरू उसलाई प्रदान गर्न अस्वीकार नगर ।

तिमी यति शक्तिशाली छौ कि तिमीलाई जे मन पर्छ त्यही गर्न सक्छौ । सर्व–दयालु, सर्व–कृपालु तिमीबाहेक अर्को ईश्वर छैन ।

– Bahá’u’lláh

Prayer bpn11123 (bpn11123)

bahaiprayers.net 11123

⬆️


हे प्रभु, मेरा ईश्वर ! म तिम्रो त्यो नामद्वारा तिमीसित बिन्ती गर्दछु जसद्वारा तिमीले आफ्नो मार्गदर्शनको ध्वजा पताकाहरूलाई उठाएका छौ र आफ्नो प्रेमार्द्र दयाको ज्योति फैलाएका छौ र आफ्नो स्वामित्वको सत्तालाई प्रकट गराएका छौ; जसद्वारा तिम्रो नामको दीपक तिम्रा गुणहरू सहित अवतरित भएका छन् र जो तिम्रो एकताको मन्दिर र त्यागको आदर्श हुन्, उनी प्रकट भएका छन्; जसद्वारा तिम्रो मार्गदर्शनका गोरेटाहरू पत्ता लागेका छन् र तिम्रा सदिच्छाका मार्गहरू अंकित भएका छन्; जसले असत्यको जगलाई हल्लाइदिएको छ र दुष्टताका चिन्हहरूलाई मेटाइदिएको छ जसद्वारा बुद्धिका मूलहरू फुटेका छन् र स्वर्गका व्यञ्जनहरू भरिएका पात्रलाई तल पठाइएका छन्, जसद्वारा तिमी आफ्ना सेवकहरूलाई संरक्षण प्रदान गर्दछौ र तिनका रोगहरूको हरण गर्दछौ; जसद्वारा तिमी आफ्ना सेवकहरू माथि तिम्रा कोमल कृपाहरूको वृष्टि गर्दछौ र आफ्ना प्राणीहरूलाई क्षमा गर्दछौ कि जो फर्केर तिमीकहाँ आइपुगेको छ, तिमीसित टाँस्सिएको छ, तिम्रो दयाको भीख मागिरहेको छ र तिम्रो प्रेमपूर्ण विधानप्रति निष्ठावान् छ उसलाई सुरक्षित राख । अतः तिम्रो रोग निवारणको मन्त्रद्वारा उसलाई निको पार र उसलाई सम्पूर्ण गराऊ, तिम्रो तर्फबाट उसलाई निरन्तरता प्रदान गर र तिम्रो महानताद्वारा उसको आत्मालाई शान्त गराऊ । निश्चयमेव, तिमी रोग निवारक, संरक्षणकर्ता, सहायक, सर्व–शक्तिमान्, बलवान्, गौरवशाली, सर्व–ज्ञाता हौ ।

– Bahá’u’lláh

Prayer bpn11124 (bpn11124)

bahaiprayers.net 11124

⬆️


तिम्रो कृर्तिबढोस्, हे प्रभु, मेरा ईश्वर ! आफ्ना सेवकहरूलाई अभिप्रेरित गर्ने तथा नगरहरू निमार्ण गर्ने तिम्रो अत्यन्त विराट नाम, तिम्रा श्रेष्ठतम् उपाधिहरू र तिम्रा अत्यन्त ओजस्वी गुणहरूद्वारा म तिमीसित याचना गर्दछु कि आफ्ना प्रियजनलाई तिम्रा बहुविध कृपाहरूतर्फ र तिम्रो ज्ञानको मन्दिर तर्फ आफ्नो अनुहार फर्काउन सहायता गर । मानिसहरूलाई चारैतिरबाट आक्रान्त पारिरहेका रोग– व्याधिहरूलाई निवारण गरिदेऊ ताकि सारालाई शरण प्रदान गर्ने तिम्रो नामको वैकुण्ठ दशर्न गर्नबाट तिनले वञ्चित हुन नपरोस्, जुन नामलाई तिमीले स्वर्ग र पृथ्वीमा बस्ने साराको लागि नामहरूको सम्राट् घोषित गरेका छौ । तिमी जे चाहन्छौ त्यही गर्ने सामथ्र्य राख्दछौ र सबै नामहरूको साम्राज्य तिम्रै हातमा छ । बलवान्, ज्ञानी तिमीबाहेक अर्को ईश्वर छैन ।

म एउटा तुच्छ प्राणी हुँ, हे मेरा प्रभु ! म तिम्रो द्रव्यको ढुकुटीको नजिकमा छु । म सिकिस्त बिरामी छु, तिम्रो रोग निवारक डोरी बलियोसित पक्डेर बसेको छु ।

मलाई घेरेर बसेका खराबीहरूबाट मेरो उद्धार गर, तिम्रो कृपा र दयाको जलद्वारा मलाई स्नान गराऊ र मलाई तिम्रो क्षमा र प्रचुरताद्वारा सम्पूर्णताको वस्त्रले सुसज्जित गराऊ । अतः मेरा आँखाहरूलाई तिमीमा नै केन्द्रित गराइराख र तिमीबाहेक अन्य सबैको मायामोहबाट मलाई मुक्त गराऊ ।

मलाई तिम्रो इच्छानुकूल आचरण गर्नमा सहायता गर र त्यही काम मात्र गराऊ जुन तिमीलाई राम्रो लाग्दछ ।

वस्तुतः तिमी नै यस लोकका तथा परलोकका पनि अधिपति हौ । तिमी नै, निःसन्देह, संधै क्षमादानी, सर्व– कृपानिधान छौ ।

– Bahá’u’lláh

Prayer bpn11125 (bpn11125)

bahaiprayers.net 11125

⬆️


रोग निवारणको लागि लामो प्रार्थना

“अनिवार्य प्रार्थनाहरू साथै केही अन्य प्रार्थनाहरू जस्तो कि रोग निवारण प्रार्थना र अहमदको धर्मपत्र बहाउल्लाहद्वारा विशेष शक्ति र महत्वका साथ प्रकट गरिएका हुन् । त्यसकारण, अनुयायीहरूले यसलाई सन्दहे रहित आस्था र आत्माविश्वासका साथ स्वीकार्नुपर्दछ ताकि यी मार्फत उनीहरू ईश्वरसँग अझ नजिकबाट संवाद गर्न सकून् र उहाँका कानून र आदेशहरूलाई आफूसँग अझ बढी परिचित गराउन सकून् ।”

शोघी एफेन्दी

उनी नै रोग निवारक, परिपूरक, सहायक, सर्व–क्षमाशील, सर्व–दयालु हुन् ।

म तिमीलाई पुकार्दछु हे सर्वश्रेष्ठ, हे निष्ठावान्, हे गौरवशाली ! तिमी नै परिपूरक, तिमी नै रोग निवारक, तिमी नै सदाकालस्थायी, हे तिमी अनादि–अनन्त !

म तिमीलाई पुकार्दछु हे जगदीश, हे प्रवर्धक ! हे न्यायाधीश ! तिमी नै परिपूरक, तिमी नै रोग निवारक, तिमी नै सदाकालस्थायी, हे तिमी अनादि–अनन्त !

म तिमीलाई पुकार्दछु हे अनुपम, हे अमर, हे एकांकी, तिमी परिपूरक, तिमी रोग निवारक तिमी सदाकालस्थायी, हे तिमी अनादि–अनन्त !

म तिमीलाई पुकार्दछु हे परम् प्रशंसित, हे पवित्र, हे सहायक ! तिमी परिपूरक, तिमी रोग निवारक, तिमी सदाकालस्थायी, हे तिमी अनादि–अनन्त !

म तिमीलाई पुकार्दछु हे सर्व–व्यापी, हे सर्व–ज्ञाता, हे महानतम् ! तिमी परिपूरक, तिमी रोग निवारक, तिमी सदाकालस्थायी, हे तिमी अनादि–अनन्त !

म तिमीलाई पुकार्दछु हे क्षमाशील, हे प्रतापी, हे निर्दिष्टकर्ता ! तिमी परिपूरक, तिमी रोग निवारक, तिमी सदाकालस्थायी, हे तिमी अनादि–अनन्त !

म तिमीलाई पुकार्दछु हे प्रियतम, हे परम इच्छित, हे प्रफुल्लित ! तिमी परिपूरक, तिमी रोग निवारक, तिमी सदाकालस्थायी, हे तिमी अनादि–अनन्त !

म तिमीलाई पुकार्दछु हे परम शक्तिमान्, हे पालनहारा, हे सामथ्र्यवान् ! तिमी परिपूरक, तिमी रोग निवारक, सदाकालस्थायी, हे तिमी अनादि–अनन्त !

म तिमीलाई पुकार्दछु हे सत्तासीन, हे आत्म–परिपूर्ण, हे सर्व–ज्ञाता ! तिमी परिपूरक, तिमी रोग निवारक, तिमी सदाकालस्थायी, हे तिमी अनादि–अनन्त !

म तिमीलाई पुकार्दछु हे चेतना, हे प्रकाश, हे परम प्रकटित ! तिमी परिपूरक, तिमी रोग निवारक, तिमी सदाकालस्थायी, हे तिमी अनादि–अनन्त !

म तिमीलाई पुकार्दछु हे सर्व–पूजित, हे सर्व–ज्ञाता, हे सर्व– निगूढ ! तिमी परिपूरक, तिमी रोग निवारक, तिमी सदाकालस्थायी, हे तिमी अनादि–अनन्त !

म तिमीलाई पुकार्दछु हे अगोचर, हे विजयी, हे प्रदाता ! तिमी परिपूरक, तिमी रोग निवारक, तिमी सदाकालस्थायी, हे तिमी अनादि–अनन्त !

म तिमीलाई पुकार्दछु हे सर्व–शक्तिमान्, हे सहायक, हे अदृश्य ! तिमी परिपूरक, तिमी रोग निवारक, तिमी सदाकालस्थायी, हे तिमी अनादि–अनन्त !

म तिमीलाई पुकार्दछु हे निर्माता, हे तृप्तकर्ता, हे संहारकर्ता ! तिमी परिपूरक, तिमी रोग निवारक, तिमी सदाकालस्थायी, हे तिमी अनादि–अनन्त !

म तिमीलाई पुकार्दछु हे उदयीमान, हे एकत्रकर्ता, हे समुन्नतकर्ता ! तिमी परिपूरक, तिमी रोग निवारक, तिमी सदाकालस्थायी, हे तिमी अनादि–अनन्त !

म तिमीलाई पुकार्दछु हे पूर्णकर्ता, हे बन्धनमुक्त, हे दयालु ! तिमी परिपूरक, तिमी रोग निवारक, तिमी सदाकालस्थायी, हे तिमी अनादि–अनन्त !

म तिमीलाई पुकार्दछु हे परोपकारी, हे प्रतिबन्धकर्ता, हे सृष्टिकर्ता ! तिमी परिपूरक, तिमी रोग निवारक, तिमी सदाकालस्थायी, हे तिमी अनादि–अनन्त !

म तिमीलाई पुकार्दछु हे अतिभव्य, हे अति मनोहर, हे कृपानिधान ! तिमी परिपूरक, तिमी रोग निवारक, तिमी सदाकालस्थायी, हे तिमी अनादि–अनन्त !

म तिमीलाई पुकार्दछु हे न्यायपरायण, हे कृपालु, हे उदारहृदयी ! तिमी परिपूरक, तिमी रोग निवारक, तिमी सदाकालस्थायी, हे तिमी अनादि–अनन्त !

म तिमीलाई पुकार्दछु हे सबैलाई वशमा गर्ने, हे चीरशाश्वत, हे परमज्ञाता ! तिमी परिपूरक, तिमी रोग निवारक, तिमी सदाकालस्थायी, हे तिमी अनादि–अनन्त !

म तिमीलाई पुकार्दछु हे तेजस्वी, हे अति प्राचीन, हे विशाल हृदयी ! तिमी परिपूरक, तिमी रोग निवारक, तिमी सदाकालस्थायी, हे तिमी अनादि–अनन्त !

म तिमीलाई पुकार्दछु हे पूर्ण–संरक्षित, हे सच्चिदानन्द, हे मनोवाञ्छित ! तिमी परिपूरक, तिमी रोग निवारक, तिमी सदाकालस्थायी, हे तिमी अनादि–अनन्त !

म तिमीलाई पुकार्दछु हे सर्व–दयालु, हे सर्व–करुणामय, हे कल्याणकारी ! तिमी परिपूरक, तिमी रोग निवारक, तिमी सदाकालस्थायी, हे तिमी अनादि–अनन्त !

म तिमीलाई पुकार्दछु हे सबैका आश्रय, हे सबैका रक्षक, हे संरक्षक ! तिमी परिपूरक, तिमी रोग निवारक, तिमी सदाकालस्थायी, हे तिमी अनादि–अनन्त !

म तिमीलाई पुकार्दछु हे तिमी सबैका तारणहारा, हे तिमी सबैद्वारा पूजित, हे सचेतक ! तिमी परिपूरक, तिमी रोग निवारक, तिमी अनादि–अनन्त !

म तिमीलाई पुकार्दछु हे प्रकटकर्ता, हे संहारकर्ता, हे अति क्षमाशील ! तिमी परिपूरक, तिमी रोग निवारक, तिमी सदाकालस्थायी, हे तिमी अनादि–अनन्त !

म तिमीलाई पुकार्दछु हे मेरा आत्मा, हे मेरा अतिप्रिय, हे मेरा आस्थाका केन्द्र ! तिमी रोग निवारक, तिमी सदाकालस्थायी, हे तिमी अनादि–अनन्त !

म तिमीलाई पुकार्दछु हे तृष्णा निवारक, हे अतीन्द्रिय प्रभु, हे अति परमप्रिय ! तिमी परिपूरक, तिमी रोग निवारक, तिमी सदाकालस्थायी, हे तिमी अनादि–अनन्त ! म तिमीलाई पुकार्दछु हे अति महान् स्मृति, हे अत्यन्त कुलीन नाम, हे अति प्राचीन मार्ग ! तिमी परिपूरक, तिमी सदाकालस्थायी, हे तिमी अनादि–अनन्त !

म तिमीलाई पुकार्दछु हे अति प्रशंसित, हे अति पवित्र, हे अति विशुद्ध ! तिमी परिपूरक, तिमी रोग निवारक, तिमी सदाकालस्थायी, हे तिमी अनादि–अनन्त !

म तिमीलाई पुकार्दछु हे उद्धारकर्ता, हे परामर्शदाता, हे मुक्तिदाता ! तिमी परिपूरक, तिमी रोग निवारक, तिमी सदाकालस्थायी, हे तिमी अनादि–अनन्त !

म तिमीलाई पुकार्दछु हे मित्र, हे आरोग्यदाता, हे सम्मोहक ! तिमी परिपूरक, तिमी रोग निवारक, तिमी सदाकालस्थायी, हे तिमी अनादि–अनन्त !

म तिमीलाई पुकार्दछु हे गौरव, हे सौन्दर्य, हे प्रचुरताका मालिक ! तिमी परिपूरक, तिमी रोग निवारक, तिमी सदाकालस्थायी, हे तिमी अनादि–अनन्त !

म तिमीलाई पुकार्दछु हे अति भरोसा योग्य, हे सर्वोत्तम प्रेमी, हे आदित्य ! तिमी परिपूरक, तिमी रोग निवारक, तिमी सदाकालस्थायी, हे तिमी अनादि–अनन्त !

म तिमीलाई पुकार्दछु हे प्रज्ज्वलनकर्ता, हे चमकदाता, हे हर्षका संवाहक ! तिमी परिपूरक, तिमी रोग निवारक, तिमी सदाकालस्थायी, हे तिमी अनादि–अनन्त !

म तिमीलाई पुकार्दछु हे दानशील प्रभु, हे अति करुणामय, हे अति दयालु ! तिमी परिपूरक, तिमी रोग निवारक, तिमी सदाकालस्थायी, हे तिमी अनादि–अनन्त !

म तिमीलाई पुकार्दछु हे निरन्तर, हे जीवनदाता, हे समस्त सृष्टिका स्रोत ! तिमी परिपूरक, तिमी रोग निवारक, तिमी सदाकालस्थायी, हे तिमी अनादि–अनन्त !

म तिमीलाई पुकार्दछु हे तिमी जो सबै वस्तुलाई भेदन गर्दछौ, हे सर्व–द्रष्टा ईश्वर, हे दिव्य वाणीका प्रभु ! तिमी परिपूरक, तिमी रोग निवारक, तिमी सदाकालस्थायी, हे तिमी अनादि–अनन्त !

म तिमीलाई पुकार्दछु हे प्रत्यक्ष भएर पनि निगूढ, हे अदृस्य भएर पनि प्रख्यात, हे सबैले खोजेका द्रष्टा ! तिमी परिपूरक, तिमी रोग निवारक, तिमी सदाकालस्थायी, हे तिमी अनादि– अनन्त !

म तिमीलाई पुकार्दछु हे तिमी जो प्रेमीहरूको वध गर्दछौ ! हे दुष्टहरूलाई कुपा गर्ने ईश्वर ! हे परिपूरक म तिमीलाई पुकार्दछु हे परिपूरक ! हे रोग निवारक ! म तिमीलाई पुकार्दछु, हे रोग निवारक ! हे सदाकालस्थायी ! म तिमीलाई पुकार्दछु, हे सदाकालस्थायी ! तिमी अनादि अनन्त, हे तिमी जो सनातन छौ ! तिमी पावन छौ, हे मेरा परमेश्वर ! तिम्रो यो उदारताद्वारा म तिमीसित याचना गर्दछु जसद्वारा कृपा र दयाका ढोकाहरू खोलिएका थिए, अनन्त सिंहासनमा तिम्रो पवित्र मन्दिर स्थापित भएको थियो; तिम्रो त्यस करुणाद्वारा तिमीले समस्त

सृष्टिलाई आफ्ना प्रचूर अनुग्रह र उपहारहरूको भोजमा आमन्त्रित गरेका थियौ; तिम्रो त्यस कृपाको नाम लिएर म तिमीसित याचना गर्दछु जसको खातिर तिम्रो साम्राज्यको शक्ति प्रकट भएको त्यो बिहानीपखमा तथा तिम्रो सार्वभौमसत्ता र तिम्रो भव्यता साक्षात्कार भएको घडीमा स्वर्ग र पृथ्वीमा बस्ने साराको तर्फबाट आफ्नो अन्तरात्मामा तिमीले “तथास्तु” शब्दमा उत्तर दिएका थियौ ।

तिम्रा यी अति सुन्दर नामहरू, यी अत्यन्त उत्कृष्ट र महान् गुणहरू, तिम्रो पावन सम्झना, तिम्रो विशुद्ध र निष्कलंक सौन्दर्य, तिम्रो निगूढतम मण्डपबाट आएको गूढ प्रकाश, यातना र कष्टको परिधानमा लपेटिएर रहेको तिम्रो त्यो नाम लिएर हरेक बिहान र बेलुका म तिमीसित याचना गर्दछु , कि यस वरद् धर्मपत्रको संवाहकलाई र यसको पाठ गर्ने मानिसलाई, यो प्राप्त गर्ने मानिसलाई र यो धर्मपत्र भएको घरमा आउने सबै मानिसलाई संकट र रोग–व्याधिबाट रक्षा गर, हरेक दुःखदायी पीडा र कष्टबाट तिनलाई उद्धार गर, यसको माध्यमबाट तिमी उनीहरूलाई मार्गदर्शन देऊ जो तिम्रो मार्गदर्शन चाहन्छन् र तिम्रो क्षमा र अनुग्रहको मार्गमा हिंड्न चाहन्छन् ।

निश्चय नै तिमी शक्तिशाली, सर्व–परिपूरक, रोग निवारक, संरक्षक, दाता, करुणामय, सर्व–दानी, परम–कृपालु छौ ।

– Bahá’u’lláh

Prayer bpn11127 (bpn11127)

bahaiprayers.net 11127

⬆️


लामो अनिवार्य प्रार्थना

चौबीस घण्टामा एक पटक पाठ गर्नुपर्ने जसले यो प्रार्थना पाठ गर्न चाहन्छ उसले उठेर ईश्वरतर्फ फर्कोस् र आफ्नो ठाउँमा उठेकै बेलामा अति करुणामय, दयावान् आफ्नो प्रभुको प्रतीक्षा गरे झैं दायाँ अनि बायाँतर्फ हेरोस् । त्यसपछि उसले भनोस् :

हे तिमी जो सबै नामहरूका स्वामी तथा स्वर्गहरूका निर्माता हौ ! तिम्रो अति उत्कृष्ट, सर्व–गौरवमय अदृश्य सारसत्वका सूर्यहरूको शपथ लिएर म याचना गर्दछु कि मेरो प्रार्थनालाई एक आगो बनाइदेऊ जसले ती पर्दाहरूलाई जलाइदिने छ जसले मलाई तिम्रो सौन्दर्यबाट छेकिदिएको छ र त्यसलाई एक बत्ती बनाइदेऊ जसले मलाई तिम्रो सामीप्यको सागरतर्फ डोर्याउनेछ ।

त्यसपछि उसले विन्तीभाउका साथ हात उठाएर “उनी धन्य तथा सर्वोत्कृष्ट छन्” भनोस् :

हे तिमी ब्रह्माण्डका चाहना र राष्ट्रहरूका प्रेमी ! तिमीले देखिरहेका छौ कि म तिमीतिर अभिमुख भएको छु, तिमीबाहेक अन्य सबैसँगको लिप्ततालाई त्यागेको छु र तिम्रो डोरी समातेको छु जसको गतिद्वारा समस्त सृष्टि नै उत्तेजित गराइएको छ । हे मरो प्रभु म तिम्रो सवेक हुँ र तिम्रो सवेकको सन्तान हुँ । तिम्रो इच्छा र तिम्रो चाहनालाई पालन गर्न तिम्रो इच्छाबाहेक अरू केहीको पनि चाहना नगरी म उभिरहेको छु । तिम्रो करुणाको सागर र तिम्रो कृपाको सूर्यद्वारा म याचना गर्दछु कि तिमीले जे इच्छा गर्छौ आफ्नो सवेकलाई त्यही गर । उच्चारण तथा स्तु स्तुतिभन्दा अति उच्च तिम्रो शक्तिको शपथ ! तिमीले जे पनि प्रकट गर्छौ त्यो मेरो हृदयको चाहना र मेरो आत्माको अतिपिय्र हो । हे ईश्वर, मेरा ईश्वर ! मेरा आशा तथा कर्महरूलाई नहेर, हैन बरू तिम्रा आज्ञाहरूलाई हेर जसले समस्त स्वर्ग तथा पृथ्वीलाई धारण गरेको छ । तिम्रो अति महान् नामको शपथ, हे तिमी सबै राष्ट्रहरूका प्रभु ! तिमीले जे चाहेका थियौ मैले त्यही चाहेको छु, र तिमी जे मन पराउँछौ म त्यही मन पराउँछु ।

त्यसपछि उसले घुँडा टेकोस्, र आफ्नो निधारलाई भुँइतर्फ निहुराएर भनोस् :

तिमीबाहेक अन्य सबैको वर्णन र तिमीबाहेक अन्य सबैको ज्ञान भन्दा तिमी अति उत्कृष्ट छौ ।

त्यसपछि उसले उभिएर भनोस्ः

हे मेरा प्रभु ,मेरो प्रार्थनालाई जीवित जलको फोहरा बनाइदेऊ, जसद्वारा म तिम्रो साम्राज्य रहेसम्म बाँचिरहन सकुँ र तिम्रा ससांरहरूको प्रत्यके ससांरमा तिम्रो नामोच्चरण गर्न सकूँ ।

विन्तीभाउका साथ उसले हात उठाओस् र भनोस् :

हे तिमी जोसँगको वियोगले हृदय र आत्माहरू पग्लको छन्, जसको पमे्रको ज्वालाले समस्त सृष्टिलाई सल्काएको छ । सारा सृष्टिलाई आफ्नो अधीनमा राख्ने तिम्रो नामद्वारा म विन्ती गर्दछु कि तिमीसँग जे छ त्यसबाट मलाई वञ्चित नगराऊ, हे तिमी जो समस्त मानिसहरूमाथि शासन गर्दछौ ! तिमी देख्दैछौ, हे मेरा प्रभु, यो नौलो मान्छे तिम्रो महिमाको तम्बू मुनि र तिम्रो करुणाको प्राङ्गणभित्रको आफ्नो अति उत्कृष्ट वासस्थानतर्फ लम्किरहेको छ; र यो अपराधी तिम्रो क्षमाको सागरको खोजी गरिरहेको छ; र यो विनम्र व्यक्ति तिम्रै गारैवको दरबारको खोजीमा छ; र यस बिचरा प्राणी तिम्रो वैभवको पूर्व दिशा खोज्दै छ । तिमी जे इच्छा गर्दछौ त्यसको आज्ञा दिने अधिकार तिम्रै छ । म साक्षी दिन्छु कि तिम्रा कर्महरू प्रशंसनीय छन्, तिम्रा आज्ञाहरू पालन गनर्पुर्छ र तिम्रो आज्ञाप्रति अनुकुण्ठित रहनपुर्छ ।

त्यसपछि उसले हात उठाओस्, र अति महान् नाम (अल्ला–उ– आभा) लाई तीन पटक उच्चारण गरोस् । त्यसपछि आफ्ना हातलाई घुँडामा राखी ईश्वरप्रति निहुरिएर “उनी धन्य तथा सर्वोत्कृष्ट छन्” भनोस्ः

हे मेरा ईश्वर ! तिमी देखिरहेछौ कि तिम्रो पजूा गर्ने, तिमीलाई स्मरण गर्ने र तिम्रो प्रशसां गर्ने आकांक्षाले कसरी मेरा अङ्गहरू उत्तेजित भएका छन्; कसरी यसले साक्षी दिएको छ कि तिम्रो आज्ञाको जिह्वाले तिम्रो उच्चारणको अधिराज्यमा र तिम्रो ज्ञानको स्वर्गमा प्रमाणित गरेको छ । हे मेरा प्रभु, यस अवस्थामा म तिमीसँग जे छ ती सबैको भिक्षा माग्न चाहन्छु ताकि म मेरो विपन्न तालाई प्रदर्शित गर्न, तिम्रो दानशीलता र सम्पत्तिको प्रशंसा गर्न तथा मेरो शक्तिहीनतालाई घोषणा गर्न र तिम्रो शक्ति र बललाई प्रकट गर्न सक्नेछु ।

त्यसपछि ऊ उठोस् र दुई पटक विन्तीभाउका साथ हात उठाओस् र भनोस् :

तिमीबाहेक सर्व–शक्तिमान्, अति कृपालु ईश्वर कोही छैन । तिमीबाहेक विधाता, ईश्वर अरू कोही छैन, न त शुरुमा न त अन्त्यमै । हे ईश्वर ! मेरा ईश्वर ! तिम्रो क्षमाले मलाई बल दिएको छ, र तिम्रो करुणाले मलाई सुदृढ बनाएको छ, र तिम्रो आह्वानले मलाई ब्यूँझाएको छ, र तिम्रो अनुग्रहले मलाई उठाएर तिमीकहाँ पुर्याएको छ । नत्र म को हुँ कि तिम्रो सामीप्यको शहरको ढोकाामा उभिने आटँ गर्ने थिएँ वा आफ्नो अनुहारलाई तिम्रो इच्छाको स्वर्गबाट चम्किएका प्रकाशहरूतर्फ फर्काउन सक्ने थिएँ ? हे मेरा प्रभु, तिमीले यस निकृष्ट जीवलाई तिम्रो अनुग्रहको ढोकामा ढकढकाइरहेको र यो चाँडै अलप हुने आत्माले तिम्रो दानशीलताको हातबाट अनन्तकालस्थायी नदी खोजिरहेको देख्दैछौ । तिम्रो आज्ञा सधैँका लागि हो, हे तिमी जो सबै नामहरूका मालिक हौ र मेरो भने सहिष्णुता र तिम्रो इच्छाप्रतिको आत्म–समर्पण नै हो, हे स्वर्गहरूका स्रष्टा !

त्यसपछि उसले आफ्नो हात तीन पटक उठाओस् र भनोस् :

प्रत्येक श्रेष्ठभन्दा ईश्वर झन् श्रेष्ठ छन् !

त्यसपछि उसले घुडाँ टेकोस्, आफ्नो निधारलाई भुइमाँ झुकाएर भनोस्ः

तिम्रो नजिकका व्यक्तिहरूको स्तुति तिम्रो सामीप्यको स्वर्गमा पुग्नकालागि वा तिमीप्रति जो समर्पित छन् उनीहरूको हृदयका पक्षीहरूलाई तिम्रो द्वारको संघार प्राप्त गर्न तिमी ज्यादै उच्च छौ । म साक्षी दिन्छु कि तिमी सबै गुणहरूभन्दा चोखो तथा सबै नामहरूभन्दा पवित्र गराइएका छौ । अति उत्कृष्ट, सर्व–गौरवमय ईश्वर तिमीबाहेक अरू कोही छैन ।

त्यसपछि उसले बसेर भनोस् :

म त्यस कुराको साक्षी दिन्छु जुन कुराको सृष्टिका सबै वस्तुहरूले प्रमाणित गर्दछन् र सर्वोच्च स्वर्गका निवासीहरू र तिनीहरूभन्दा पनि टाढा सर्व–गौरवमय क्षितिजबाट महिमाको जिह्वा स्वयंले प्रमाणित गरेका छन्, र जो प्रकट गरिएका छन् उनी नै गूढ रहस्य, बहुमूल्य चिन्ह हुन्, जसद्वारा दुई अक्षर “भ” र “व” (भव) जोडिएर गाँसिएका छन् । म साक्षी दिन्छु कि उनी तिनै हुन् जसको नाम अत्युच्चको कलमबाट लेखिएको हो, र जसको उल्लेख स्वर्गीय सिंहासन र पृथ्वीका स्वामी प्रभु ईश्वरको पुस्तकमा भएको छ ।

त्यसपछि ऊ सीधा उठोस् र भनोस् :

हे समस्त जीवका स्वामी तथा सारा दृश्य तथा अदृश्य वस्तुहरूका मालिक ! तिमीले मेरा आँसुहरू र मेरा सुस्केराहरूलाई देखिरहेछौ, र मेरो पीडा, मेरो रोदन र मेरो हृदयको विलाप सुनिरहेका छौ । तिम्रो शक्तिको शपथ ! मेरा अपराधहरूले मलाई तिम्रो नजिक पुग्नबाट रोकिरहेका छन् र मेरा पापहरूले तिम्रो पवित्रताको दरबारबाट टाढा राखिरहेका छन् । हे प्रभु, तिम्रो प्रेमले मलाई सम्पन्न बनाएको छ, र तिमीसँगको वियोगले मलाई नष्ट गरेको छ, र तिमीसँगको टाढापनले मलाई ध्वस्त पारेको छ । यस मरुभूमिमा टेकेका तिम्रा पाइलाहरू तथा यस अनन्ततामा तिम्रा प्रियजनहरूले “म यहाँ छु, म यहाँ छु” भनी उच्चारण गरेका शब्दहरू तथा तिम्रो प्रकटीकरणको श्वास र तिम्रो प्रकटीकरणको प्रभातको मधुर हावाद्वारा म याचना गर्दछु कि मलाई तिम्रो सौन्दर्यलाई हेर्न र तिम्रो पुस्तकमा जे जे लेखिएको छ त्यसलाई अनुसरण गर्न आज्ञा देऊ ।

त्यसपछि उसले अति महान् नाम तीन पटक उच्चारण गरोस् र हातलाई घुँडामा राखेर निहुरियोस् र भनोस् :

तिम्रो जय जय होस्, हे मेरा ईश्वर, कि तिमीले मलाई तिमीलाई सम्झन र तिम्रो प्रशंसा गर्न सहायता गर्यौ, र जो तिम्रा चिन्हहरूका सूर्य छन्, उनलाई चिनाइ दिएका छौ, र तिम्रो स्वामित्वको अगाडि निहुरिन र तिम्रो दैवत्वको सामुन्ने साष्टाङ्ग दण्डवत् गर्न, र जे तिम्रो महिमाको जिह्वाद्वारा उच्चारण भएको छ त्यसलाई स्वीकार्न लगाएका छौ ।

त्यसपछि ऊ उभियोस् र भनोस्ः

हे ईश्वर, मेरा ईश्वर ! मेरा पापहरूको भारले मेरो ढाड कुप्रिएको छ, र मेरो असावधानीले मलाई नष्ट पारेको छ । जब पनि म आफ्ना दुष्कर्महरू र तिम्रो दयालुताप्रति विचार गर्दछु मेरो हृदय म भित्र पग्लन्छ, र मेरो रगत मेरा नसाहरू भित्र उम्लन्छ । तिम्रो सौन्दर्यको शपथ, हे तिमी समस्त संसारका चाहना ! मेरो मुख तिमीतिर फर्काउँदा म लज्जित हुन्छु, र मेरा विन्ती गरिरहेका हातहरू तिम्रो दानशीलताको स्वर्गतर्फ पसार्दा सर्माउँदछन् । तिमी देखिरहेछौ, हे मेरा ईश्वर, कसरी मेरा आँसुले तिम्रो स्मरण गर्न र तिम्रा सद्गुणहरूको प्रशंसा गर्नबाट मलाई रोकिरहेका छन्, हे तिमी स्वर्ग तथा पृथ्वीका सिंहासनका स्वामी ! तिम्रा अधिराज्यका चिन्हहरू तथा तिम्रा प्रभुत्वका रहस्यहरू द्वारा म विन्ती गर्दछु तिम्रा प्रियजनहरूसँग तिम्रो दानशीलता सुहाउँदो र तिम्रो अनुग्रह सुहाउँदो व्यवहार गर, हे समस्त जीवका स्वामी, हे दृश्य तथा अदृश्यका सम्राट् !

त्यसपछि उसले अति पवित्र नामलाई तीन पटक दोहोर्याओस्, र आफ्नो निधारलाई भुइँमा छुनेगरी घुँडा टेकोस् र भनोस् :

तिम्रो जय जय होस्, हे हाम्रा ईश्वर, कि तिमीले हाम्रो लागि जे पठाएका छौ त्यसले हामीलाई तिम्रो सामीप्यतर्फ तानिरहेको छ, र तिमीले आफ्ना पुस्तकहरू तथा आफ्ना ग्रन्थहरूमा पठाएका सबै राम्रा कुराहरू हामीलाई दिएका छौ । हामी याचना गर्दछौ हे प्रभु कि हामीलाई अनेकौव्यर्थ कल्पनाहरू तथा तुच्छ विचारहरूबाट सरुक्षित राख । साँच्चै नै तिमी शक्तिशाली, सर्व–ज्ञानी छौ । त्यसपछि उसले आफ्नो शिर उठाओस् ,बसोस् र भनोस् : हे मेरा ईश्वर, म साक्षी दिन्छु कि तिम्रा प्रियजनहरूले त्यस कुरालाई प्रमाणित गरेका छन् र स्वीकार गरेका छन् जनु करुा सर्वोच्च स्वर्गका निवासीहरू र तिम्रा शक्तिशाली सिंहासनका वरिपरि घुम्नेहरूले स्वीकारेका छन् । पृथ्वी तथा स्वर्गका अधिराज्यहरू तिम्रै हुन्, हे संसारहरूका स्वामी !

– Bahá’u’lláh

Prayer bpn11082 (bpn11082)

bahaiprayers.net 11082

⬆️


विवाह

बहाई विवाह दुवै पक्षको सुमधुर सम्बन्ध र पूर्ण सहमति हो ।

तथापि दुवै पक्षले एक अर्काको राम्रो ध्यान राख्नुपर्छ र दुवैलाई एक अर्काको चरित्रबारे राम्रो ज्ञान हुनुपर्छ । आफूले गरेको दृढ–सम्झौतालाई दुवैले एउटा अनन्त बन्धन बनाउनुपर्छ र तिनका अभिलाषाहरू चिरकालीन, मित्रता र एकताको भावनालाई बढाउने तथा जीवन–पर्यन्त हुनुपर्छ ।

तिम्रो जय होस् , हे मेरा ईश्वर ! निःसंशय यो तिम्रो सेवक र यी तिम्री सेविका तिम्रो अनुग्रहको छाहारीमा जम्मा भएका छन् र तिम्रै कृपा र दानशीलताले यिनको संयोग भएको छ । हे प्रभु ! यो तिम्रो संसारमा र तिम्रो अधिराज्यमा यिनलाई सहायता गर र तिम्रो कृपा र अनुग्रहद्वारा यिनीहरूका लागि प्रत्येक भलाइ निर्दिष्ट गरिदेऊ । हे नाथ ! यिनलाई तिम्रो दासत्वमा दृढ बनाऊ र तिम्रो सेवामा सहायता गर । तिम्रो संसारमा यिनलाई तिम्रो नामको चिन्ह बन्न देऊ र तिम्रो अक्षय वरदानद्वारा यो संसार र आउँदो संसारमा यिनलाई रक्षा गर । हे प्रभु ! यिनीहरू तिम्रो दानशीलताको अधिराज्यतर्फ विनम्रता साथ याचना गरिरहेका छन् र तिम्रै अद्वितीय साम्राज्य स्तुति गरिरहको छन् । निःसशंय, तिम्रै आज्ञा पालन गर्दै यी विवाहित भएका छन् । समयको अन्त्यसम्म मेलमिलाप र एकताको चिन्ह बन्न यिनलाई सहयोग गर ।

निश्चय नै तिमी सर्व–सामथ्र्य, सर्व–व्यापी र सर्व–शक्तिमान् छौ ।

– Bahá’u’lláh

Prayer bpn11132 (bpn11132)

bahaiprayers.net 11132

⬆️


किताब–इ–अग्दस (महान् पवित्र ग्रन्थ) मा निर्धारित गरिए अनुसार बहाई साक्षीहरूको उपस्थितिमा व्यक्तिगत रूपमा वर र वधूले पालैसित गर्ने विवाहको प्रतिज्ञा हो : “निश्चय नै, हामी सबै प्रभुको इच्छालाई शिरोधार्य गर्नेछौं ।”

उनी दयावान् छन्, सर्व–कृपालु छन् ! अनन्त, अपरिवर्तनीय, सर्व–व्यापी, प्राचीन प्रभुको जय होस् ! उनी त्यही हुन्, जसले आफ्नै अस्तित्वद्वारा आफूलाई एकमात्र, अद्वितीय, अनुपम, सर्वोच्च प्रभु प्रमाणित गरेका छन् ।

उनका अनन्यतालाई स्वीकार गर्दै तथा उनको अद्वितीयतालाई मान्दै हामी यो साक्षी दिन्छौं कि निश्चय नै उनीबाहके अन्य कुनै ईश्वर छैन । आफ्नो उचाइका अग्ला शिखरहरूमा, आपूmबाहेक अन्य सबैको व्याख्यानबाट पर र आफूबाहेक अन्य सबैको चर्चाबाट स्वतन्त्र र कोही पनि पुग्न नसक्ने अगमस्थानमा उनी सदासर्वदा बास गर्दछन् ।

जब उनले मनुष्यमाथि आफ्नो दया र कृपाको वृष्टि गराउने तथा विश्वलाई व्यवस्थित गराउने इच्छा गरे तब उनले नियमहरू बनाए अनि कानूनहरू दिए जसमध्ये विवाहको कानूनको पनि स्थापना गराए र यसलाई मनुष्यको मोक्ष र कल्याणको साधन बनाए र आफ्नो अत्यन्त पविन्न ग्रन्थको पानामा उल्लेख गरी सबैको पालनाको लागि निर्दिष्ट गरे । उनको महिमा अपरम्पार छ । उनी आज्ञा गर्दछन् : “हे मानव हो ! विवाह गर ताकि मेरा सेवकहरूको बीचमा मेरो स्मरण गर्ने व्यक्ति तिमीबाट उत्पन्न होओस् । तिमीलाई दिइएका आज्ञाहरू मध्येको यो एक आज्ञा हो : आफ्नै हितको लागि यसको पालन गर ।”

– Bahá’u’lláh

Prayer bpn11133 (bpn11133)

bahaiprayers.net 11133

⬆️


उनी परमेश्वर हुन् ! हे अनुपम स्वामी ! आफ्नो सर्वोच्च बुद्धिद्वारा तिमीले मनुष्यको लागि विवाह–सूत्रको विधान रच्यौ ताकि यस अनिश्चित लोकमा एकको पछि अर्को गर्दै मानव पिँढी निरन्तर चलिरहोस् र यो संसारमा अन्तसम्म पनि सेवा, भक्ति, श्रद्धा, प्रेम र प्रशंसाको भावले तिनीहरू तिम्रो एकताको संघारमा व्यस्त रहिरहून् । “मेरो मात्र उपासना गरोस् भन्ने हेतुले मैले आत्मा र देह दिएर मनुष्यको सृष्टि गरेको हूँ ।” तसर्थ, तिम्रो प्रेमको गुँडका यी दुई चरालाई आफ्नो दयाको स्वर्गमा विवाहित गराऊ र यिनीहरूलाई तिम्रो अविरल कृपा आकर्षित गर्ने माध्यम बनाऊ ताकि प्रेमका यी दुई सागरको मिलनबाट जीवनका किनारमा असल र पवित्र मोतीहरू पैदा गर्ने कोमलताका लहरहरू उर्लियून् । “परस्परमा मिलोस् भनेर उनले दुईवटा सागरलाई स्वतन्त्र गरिदिएका छन् । तिनका बीचमा एउटा पर्खाल छ जसलाई तिनीहरूले कदाचित् ननाघून् ।

आफ्ना प्रभुको कुन चाहिँ कृपालाई तिमी तब अस्वीकार गर्छौ ? हरेकबाट उनले ठूला र साना मोतीहरू पैदा गराउँछन् ।”

हे तिमी दयालु स्वामी ! यो विवाहलाई मुँगा तथा मोतीहरू पैदा गर्ने योग्य बनाऊ । तिमी साँच्चै नै सर्व– शक्तिमान्, अत्यन्त महान्, सदा क्षमाशील हौ ।

– Abdu’l-Bahá

Prayer bpn11134 (bpn11134)

bahaiprayers.net 11134

⬆️


हे मेरा स्वामी ! हे मेरा प्रभु ! तिम्रो प्रेममा यी दुई चम्किला जूनहरूको विवाह भएको छ, तिम्रो पवित्र संघारको सेवा गर्न र तिम्रो धर्मका गतिविधिहरूको हेरचाह गर्न एक भएका छन् । हे मेरा प्रभु, हे सर्व–कृपालु ! यो विवाहलाई तिम्रो अपार कृपाको ज्योतिपुञ्ज बनाइदेऊ हे कल्याणकारी, हे सदा दानी ! यसलाई तिम्रा दानहरूका प्रदीप्त किरणहरू बनाइदेऊ ताकि यो महावृक्षमा त्यस्ता हाँगाबिँगाहरू लागून् जुन तिम्रो कृपाको मेघबाट वृष्टि भएका जलद्वारा हरियो र समुन्नत भई फैलियून् ।

निःसन्देह, तिमी दयावान् छौ । निःसन्देह, तिमी शक्तिशाली छौ । निःसन्देह तिमी करुणामय छौ, सर्व–कृपालु छौ ।

– Abdu’l-Bahá

Prayer bpn11135 (bpn11135)

bahaiprayers.net 11135

⬆️


संकट तथा परीक्षा

हे तिमी जसको परीक्षा तिम्रा भक्तहरूको लागि रोगनिवारण गर्ने औषधि हो, तिम्रो दरबार तिम्रा प्रेमीहरूको उत्कृष्ट अभिलाषा हो, तिम्रो वाणी तिम्रो दर्शन गर्न लालायित हुनेहरूको सबभन्दा प्रबल इच्छा हो र तिम्रो सत्यलाई स्वीकार्नेहरूको लागि तिम्रो आज्ञानै तिनको एकमात्र ध्यये हो ! तिम्रो दिव्य माधुर्य र तिम्रो गौरवशाली मुखमण्डलका प्रतापद्वारा म तिमीसित याचना गर्दछु कि आफ्नो वैकुण्ठलोकबाट यस्ता कुराहरूको वृष्टि गरिदेऊ, जसले हामीलाई तिम्रो नजिकमा आकर्षित गर्न सकोस् । अतः हे मेरा प्रभु ! हाम्रा गोडाहरूलाई तिम्रो धर्मको बाटोमा दह्रो बनाइदेऊ, तिम्रो ज्ञानको प्रकाशद्वारा हाम्रा हृदयहरूलाई प्रदीप्त गराऊ र तिम्रा नामहरूको ज्योतिद्वारा हाम्रा आत्माहरूलाई प्रज्ज्वलित गराइदेऊ ।

– Bahá’u’lláh

Prayer bpn11181 (bpn11181)

bahaiprayers.net 11181

⬆️


तिम्रो जय होस्, हे मेरा प्रभु ! तिम्रो मार्गमा दःुखकष्टहरू झेल्न नपर्ने भए तिम्रा साचाँप्रेमीहरूको परिचय कसरी हुन सक्थ्यो; र तिम्रो प्रेमको खातिर परीक्षाहरूको सामना गर्नु नपर्ने भए तिम्रो दर्शनको लागि लालायित हुनेहरूको विशिष्टता बुझ्न कसरी सकिन्थ्यो ? तिम्रो शक्ति मेरो साक्षी हो ! तिम्रा भक्तहरूले रोएका आँसु तिनका सहचर हुन्, तिमीलाई खोज्नेहरूका मुखबाट निस्केको पीडाको उच्छ्वास तिनको सान्त्वना हो र तिमीलाई भेट्नको लागि छटपटाउनेहरूका विह्वल हृदयका टुक्राहरू तिनको भोजन हो ।

तिम्रो मार्गमा आइपर्ने मृत्यु पनि मेरो लागि कति आनन्ददायी छ र तिम्रो वचनको स्तुति गर्दा सामना गरिने शत्रुहरूका प्रहार पनि मेरो लागि अनमोल छन् । हे मेरा प्रभु !

तिम्रो धर्ममा तिमीले मेरो लागि जुन कुराको चाहना गरेका छौ मलाई तिनको पालन गर्नदेऊ र आफ्नो प्रेमको खातिर तिमी जे गराउन चाहन्छौ त्यसैको आज्ञा गर । तिम्रो गौरवको साक्षी ! म त्यही चाहन्छु, जो तिमी चाहन्छौ र तिम्रो आनन्द नै मेरो पनि आनन्द हो । सधैँ तिमीमा नै मैले मेरो सम्पूर्ण आशा र भरोसा समर्पित गरेको छु ।

म तिमीसित प्रार्थना गर्दछु, हे मेरा प्रभु ! कि तिम्रो संज्ञा र तिम्रो प्रभुसत्ताको योग्य मानिसहरूलाई यस प्रकटीकरणको सहायताको लागि अघि बढाऊ ताकि तिनले तिम्रा प्राणीहरूबीच मेरो स्मरण गरून् र तिम्रो भूमिमा तिम्रो विजयको ध्वजा फर–फराउन सकून् ।

जे गर्न चाहन्छौ त्यो गर्न तिमी सामथ्र्य राख्दछौ ।

सङ्कटमोचक, आत्म–परिपूर्ण तिमीबाहेक अर्को ईश्वर छैन ।

– Bahá’u’lláh

Prayer bpn11180 (bpn11180)

bahaiprayers.net 11180

⬆️


हे ईश्वर ! मेरा ईश्वर ! आफ्नो दयालुपन र कृपाद्वारा मेरो शोकहरण गर र आफ्नो सत्ताद्वारा मेरा पीडा हटाइदेऊ ।

हे मेरा ईश्वर ! तिमी देखिरहेका छौ कि चारैतिर दुःखले घेरिएको बेला पनि म तिमीतिर उन्मुख भएको छु । हे तिमी, जो सबै प्राणीहरूका स्वामी हौ र दृश्य तथा अदृश्य वस्तुहरू सबैमा व्याप्त छौ, मानिसहरूका हृदय र आत्मालाई वशमा राख्ने तिम्रो नाम र तिम्रो दयाको महासागरमा उर्लिरहेका छालहरू तथा कृपाका दिवासूर्यका प्रतापहरूद्वारा म तिमीसित प्रार्थना गर्दछु कि तिनीहरूमध्ये मेरो गणना गराऊ जसलाई कुनै पनि वस्तुले तिमीबाट विमुख गराउन सकेको छैन, हे तिमी, सारा नामहरूका मालिक र स्वर्गहरूका निर्माता ।

हे मेरा स्वामी ! तिम्रा दिनहरूमा ममाथि जे बितेका छन् ती सबैलाई तिमीले देखिरहेका छौ । जो तिम्रा नामहरूका दिवास्रोत र तिम्रा सद्गुणहरूको उदयस्थल हुनुहुन्छ उनको नाम लिएर म तिमीसित विन्ती गर्दछु कि मेरो लागि त्यस्तो आज्ञा गर ताकि म तिम्रो सेवा गर्न र गुणगान गर्न योग्य बन्न सकूँ । निःसन्दहे, तिमी सर्व–शक्तिशाली र सर्वोपरि छौ, जो सबै मानिसका प्रार्थनाहरूलाई ग्रहण गर्दछौ ।

अन्त्यमा, तिम्रो मुखमण्डलको प्रकाशद्वारा म तिमीसित प्रार्थना गर्दछु कि मेरा गतिविधिहरूलाई आशीर्वाद देऊ, मेरा ऋणहरूलाई मोचन गर र मेरा आवश्यकताहरू पूरा गरिदेऊ । तिमी उही हौ, जसको शक्ति र शासनलाई प्रत्येक वाणीले प्रमाणित गरेको छ, जसको वैभव र प्रभुत्वलाई प्रत्येक विवेकी हृदयले स्वीकारेको छ । सबैको प्रार्थना सुन्ने र ग्रहण गर्ने तिम्रो अतिरिक्त अर्को ईश्वर छैन ।

– Bahá’u’lláh

Prayer bpn11182 (bpn11182)

bahaiprayers.net 11182

⬆️


तिमी प्रशंसित र गौरवान्वित छौ, हे मेरा ईश्वर ! तिम्रा प्रेमीहरूको सुस्केरा र तिम्रो दर्शनगर्र्न नपाउनेहरूको आँसुद्वारा म तिमीसित याचना गर्दछु कि तिम्रो दिनमा करुणार्द्र अनुकम्पाहरूबाट मलाई वञ्चित नगराऊ जसले तिम्रो मुखमण्डलमा चम्किरहेको प्रकाशसमक्ष तिम्रो एकताको महिमा गाइरहेको छ । हे ईश्वर ! म दुःखकष्टद्वारा ग्रसित छु, सबैलाई वशमा राख्ने तिम्रो नाममा मलाई टाँसिन देऊ । म त्यो हुँ जसको विनाश निश्चित छ, मलाई तिम्रो कहिल्यै नाश नहुने नाम जप्न देऊ । त्यो सर्वोच्च, सुविख्यात, तिम्रो नामद्वारा म तिमीसित विन्ती गर्दछु कि मलाई मेरो आफ्नै भरोसामा र मेरो कुत्सित र भ्रष्ट इच्छाहरूको भरोसामा नछोड । मेरा हातलाई तिम्रो शक्तिको हातले थाम र मलाई मेरा व्यर्थ कल्पनाहरू तथा भ्रमपूर्ण विचारहरूको खाडलबाट बाहिर निकाल र तिमीलाई अप्रिय लाग्ने सबै कुराहरूबाट मलाई चोख्याएर निर्मल गराइदेऊ । मलाई पूर्णतया तिमीतिर अग्रसर हुन, तिमीमा पूरा विश्वास गर्न, तिमीलाई आफ्नो शरणस्थलको रूपमा खोज्न र सधैं तिम्रो नजिकमा रहन योग्य बनाऊ । निःसन्देह, तिमी उही हौ जो आफ्नो शक्तिद्वारा जे चाहन्छौ त्यही गर्दछौ र आफ्नो इच्छा शक्तिद्वारा जे चिताउँदछौ त्यो पूरा हुने आदेश गर्दछौ । तिम्रो आज्ञाको कारबाहीलाई कसैले उल्लंघन गर्न सक्दैन र तिम्रो तोक आदेशलाई कसैले बदर गर्न सक्दैन । साँच्चै नै तिमी सर्व– शक्तिमान्, सर्व–गौरवशाली, सर्व–कृपालु छौ ।

– Bahá’u’lláh

Prayer bpn11183 (bpn11183)

bahaiprayers.net 11183

⬆️


के संकटहरूको निवारण गर्ने ईश्वरबाहके अन्य कोही छ ? भन, ईश्वरकै स्तुति होस् ! उनी नै परमात्मा हुन् ! सबै उनका सेवक हुन् तथा सबै उनकै आज्ञापालनमा अटल छन् ।

– Báb

Prayer bpn11184 (bpn11184)

bahaiprayers.net 11184

⬆️


के संकटहरूको निवारण गर्ने ईश्वरबाहेक अन्य कोही छ ? भन, ईश्वरकै स्तुति होस् ! उनी नै परमात्मा हुन् ! सबै उनका सेवक हुन् तथा सबै उनकै आज्ञापालनमा अटल छन् |

– Báb

Prayer bpn7013 (bpn7013)

bahaiprayers.net 7013

⬆️


हे मेरा प्रभु ! तिम्रो शक्तिद्वारा म तिमीसित याचना गर्दछु कि संकटको समयमा कुनै पनि क्षतिले मलाई हल्लाउन नसकोस् र असावधानीको समयमा तिम्रो प्रेरणाद्वारा मेरा पाइलाहरूलाई सही दिशातर्फ डोर्याऊ । तिमी ईश्वर हौ, जे इच्छा गर्छौ त्यही गर्न तिमी सामथ्र्य राख्दछौ । कसैले पनि तिम्रो इच्छालाई रोक्न सक्दैन । कसैले पनि तिम्रो उद्देश्यमा खलल पुर्याउन सक्दैन ।

– Báb

Prayer bpn11185 (bpn11185)

bahaiprayers.net 11185

⬆️


हे प्रभु ! सारा सन्तापलाई हटाउने र सारा पीडाहरू हरण गर्ने तिमी नै हौ । सारा शोकहरू निवारण गर्ने, प्रत्येक बद्धदासलाई छुटकारा दिलाउने र सबैका मुक्तिदाता तिमी नै हौ ।

हे प्रभु ! तिम्रो कृपाद्वारा मलाई उद्धार गरेर तिम्रा ती सेवकहरूको समूहमा समावेश गराऊ जसले मोक्ष प्राप्त गरेका छन् ।

– Báb

Prayer bpn11186 (bpn11186)

bahaiprayers.net 11186

⬆️


हे मेरा प्रभु, मेरा परमप्रिय, मेरा अभिलाषा ! मेरो एक्लोपनमा साथ देऊ र मेरो निर्वासनमा मेरो सहयात्री बन । मेरो दुःख हरण गर । तिम्रो सौन्दर्यप्रति मलाई आशक्त गराऊ । तिमीबाहेक अन्य सबैबाट अलग गराऊ ।

तिम्रो पवित्रताको सुवासद्वारा मलाई आकर्षित गर ।

मलाई तिम्रो अधिराज्यमा तिनीहरूसँग सत्संग गराऊ जो तिमीबाहेक अन्य सबैबाट अलग्गिएका छन्, जो तिम्रो पवित्र संघारको सेवा गर्न चाहन्छन् र जो तिम्रो पवित्र धर्ममा काम गर्न उभिएका छन् । मलाई तिम्रो एक सेविका बन्न सक्षम गराऊ जसले तिम्रो प्रसन्नता प्राप्त गरेकी छ ।

निःसंशय, तिमी दयालु तथा दानी छौ ।

– Abdu’l-Bahá

Prayer bpn11187 (bpn11187)

bahaiprayers.net 11187

⬆️


संरक्षण

हे प्रभु, मेरा ईश्वर, तिम्रो स्तुति होस् ! तिमी जान्दछौ र देख्दछौ कि मैले तिम्रा सेवकहरूलाई तिम्रा उपहारहरू भएको दिशाबाहेक अन्त कतैतिर पनि उन्मुख नहुन आह्वान गरेको छु र तिमीले आफ्नो अटल उद्देश्य र अज्ञेय आज्ञाबमोजिम पठाएको त्यो अत्यन्त स्पष्ट ग्रन्थमा तिमीले उल्लेख गरेका नियमहरू बाहेक अरू केहीलाई पनि पालन नगर्ने आज्ञा गरेको छु ।

हे मेरा प्रभु, तिम्रो अनुमतिबिना म एउटा शब्द पनि उच्चारण गर्न सक्दिन र तिम्रो आदेश नपाउन्जेलसम्म कुनै पनि दिशामा अघि बढ्न सक्दिन । हे मेरा ईश्वर, त्यो तिमी नै हौ जसले आफ्नो शक्तिको सामथ्र्यद्वारा मलाई जीवन प्रदान गर्यौ र आफ्नो धर्मलाई प्रकट गराउनकै लागि आफ्नो कृपाद्वारा मलाई प्रदीप्त गरायौ । त्यसको लागि मैले अति धेरै दुःख–कष्टहरू झेल्नु परिरहेको छ जसले मेरो वाणीलाई तिम्रो प्रशंसा गर्न र तिम्रो महिमा गाउन नसक्ने गराइदिएको छ ।

हे मेरा परमेश्वर, सारा स्तति तिम्रै होस् । तिमा आज्ञा र तिम्रो प्रभुसत्ताको शक्तिद्वारा तिमीले मलाई दिएका वस्तुहरूको लागि म तिमीसित याचना गर्दछु कि म स्वयंलाई र तिम्रो प्रेमको खातिर मलाई प्रेम गर्ने ती सबैलाई सरंक्षण प्रदान गर र हामी सबैलाई तिम्रो धर्ममा दृढ बनाइदेऊ । हे मेरा प्रभु ! तिम्रो शक्तिको शपथ खाएर म तिमीसित प्रार्थना गर्दछु कि तिम्रो सेवकको लाजलाई तिमीबाट पर्दाले जस्तै ढाकिदेऊ । तिमीलाई चित्रुमा नै उसको गौरव छ । तिम्रो नामको शक्तिद्वारा सुसज्जित भएपछि कसैले पनि मलाई बिगार्न सक्दैन र मेरो हृदयमा तिम्रो प्रेमले बास गरिन्जले सम्म ससांरका सारा दु:खकष्टहरूले पनि मलाई विचलित पार्न सक्ने छैन ।

अतः हे मेरा प्रभु ! ममाथि र मेरा प्रियजनमाथि त्यस्ता कुराहरूको वृष्टि गरिदेऊ जसले हामी सबैलाई तिम्रो सत्यलाई अस्वीकार गर्नेहरू तथा तिम्रा चिन्हहरूमा अविश्वास गर्नेहरूका दुष्कर्महरूबाट रक्षा गरून् ।

निश्चय नै तिमी सर्व–गौरवशाली, सबभन्दा कृपालु छौ ।

तिम्रो जय होस्, हे प्रभु मेरा ईश्वर ! यो तिम्रो सेवक हो जसले तिम्रो कृपाको करकमलबाट तिम्रो कोमल दयाको अमृत चाख्न पाएको छ तर तिम्रा दिनहरूमा तिम्रो प्रेम अनुभव गर्न पाएको छ । दु:खकष्टहरूले जसलाई तिम्रो पे्रम प्राप्त गर्न र तिम्रो दशर्न गर्नबाट रोक्न सकेका छैन र बेवास्ता गर्नेहरूको भीडले जसलाई तिम्रो सदिच्छाको मार्गबाट विचलित गराउन सकेको छैन, तिम्रा नामहरूलाई प्रतिबिम्बित गर्ने तिम्रा तिनै अवतारहरूद्वारा म तिमीसित प्रार्थना गर्दछु कि आफ्नो सेवकलाई तिमी आफ्नो अधीनमा भएका उत्तम वस्तुहरू प्रदान गर र उसलाई यति माथि उठाइदेऊ कि उसले संसारलाई निमेषभरमा नै बिलीन भएर जाने छायाँजस्तो पाओस् ।

हे मेरा ईश्वर, आफ्ना अनन्त वैभवका शक्तिद्वारा तिमीलाई अप्रिय लाग्ने सारा वस्तुहरूबाट पनि उसलाई सुरक्षित गराइदेऊ । वस्तुतः तिमी उसका अधिपति र सारा लोकहरूका अधिपति हौ ।

तिम्रो जय होस्, हे प्रभु, मेरा ईश्वर ! जुन नामद्वारा त्यो शुभ मुहूर्त आइपुगेको छ, पुनरावर्तन भएको छ र जसको कारणले गर्दा पृथ्वी र स्वर्गका सारा बासिन्दाहरू भय विस्मित भएर थर्कमान भएका छन् तिम्रो त्यही नामद्वारा म तिमीसित प्रार्थना गर्दछु कि आफ्नो दयाको आकाशबाट तथा आफ्नो कोमल करुणाको मेघबाट प्रचुर वृष्टि गरिदेऊ जसले तिम्रा ती सेवकहरूका हृदयलाई प्रफुल्लित गराओस्, जो तिमीतिर उन्मुख भएका छन् र तिम्रो धर्मको सेवा गरिरहेका छन् ।

हे मेरा प्रभु ! आफ्ना सेवक तथा सेविकाहरूलाई व्यर्थ कल्पनाहरू तथा मिथ्या विचारहरूबाट रक्षा गर र आफ्नो कृपाको हातले तिम्रो ज्ञानको स्रोतबाट कलकल गर्दै बगिरहेको एक अञ्जली पानी तिनलाई सेवन गराऊ ।

साँच्चै नै तिमी सर्व–शक्तिमान्, सर्वोच्च, सदा–दानी तथा सर्व–कृपालु छौ ।

– Bahá’u’lláh

Prayer bpn11145 (bpn11145)

bahaiprayers.net 11145

⬆️


हे ईश्वर, मेरा ईश्वर ! तिम्रो प्रेमको डोरी दरिलोसगँ समातेर म आफ्नो घरबाट बाहिर निस्केको छु र मैले आफूलाई पूर्णत : तिम्रै हेर चाह तथा तिम्रै शरणमा समपिर्त गरिसकेको छु । आफ्ना प्रियजनहरूलाई तिम्रा आज्ञाहरूको उल्लघं नगर्ने अवसरवादी र कुमार्गीहरूबाट तथा प्रत्यके दुष्कर्मी र अत्याचारीहरूबाट तथा मार्ग–भ्रष्ट भएर तिमी देखि टाढा–टाढा भौंतारिने दुष्कर्मीहरूदेखि बचाएर रक्षा गर्ने परम शक्तिद्वारा, म तिमीसँग अत्यन्त विनम्रता पूर्वक प्रार्थना गर्दछु कि तिम्रो दया तथा आशीर्वादद्वारा मलाई सुरक्षित राख । फेरि, आफ्नो परम शक्ति तथा महान् बलद्वारा मलाई मेरो घर फर्कनमा समर्थ बनाऊ । साँच्चै नै तिमी सर्व– शक्तिमान्, संकटमा तारणहारा तथा आत्मनिर्भर छौ ।

– Bahá’u’lláh

Prayer bpn11146 (bpn11146)

bahaiprayers.net 11146

⬆️


हे ईश्वर, मेरा ईश्वर ! तिम्रा विश्वासिला सेवकहरूलाई स्वार्थ र कामनाको खराबीबाट रक्षा गर, सबै किसिमका द्वेष, घृणा र इर्श्याबाट तिम्रो प्रेमाद्र–दयाको सचते दृष्टिद्वारा उनीहरूलाई संरक्षण गर, तिम्रो हेरचाहको अजेय किल्लामा उनीहरूलाई आश्रय देऊ र शंकाका वाणहरूबाट सुरक्षित राखी तिम्रा गौरवशाली चिन्हहरूको प्रतीक बनाऊ, तिम्रो दैवी एकताको सूर्यबाट फैलिएका तेजिला किरणहरूद्वारा उनीहरूका अनुहारलाई उज्यालो बनाइदेऊ, तिम्रो पवित्र अधिराज्यबाट प्रकट भएका श्लोकहरूद्वारा उनीहरूको हृदयलाई आनन्दित गराऊ, तिम्रो गौरवमय साम्राज्यबाट प्रवाहित अतुलनीय शक्तिले उनीहरूको कम्मर दह्रो बनाऊ । तिमी नै सर्व–दानी, रक्षक, सर्व–शक्तिमान्, दयालु हौ ।

– Abdu’l-Bahá

Prayer bpn11147 (bpn11147)

bahaiprayers.net 11147

⬆️


हे मेरा प्रभु ! तिमी जान्दछौ कि मानिसहरू दुःखकष्ट र विपत्तिहरूबाट घेरिएका छन् तथा विभिन्न कठिनाइ र समस्याद्वारा सताइएका छन् । थरिथरिका परीक्षाहरूले मानिसलाई आक्रमण गरिरहेका छन् र सर्पले जस्तै विषम परिस्थितिहरूले उसलाई डसिरहेका छन् । तिम्रो बलियो पखेटामुनिको रेखदेख, सुरक्षा, संरक्षण र आरक्षणबाहेक उसको लागि अर्को आश्रय र शरणस्थल छैन ।

हे करुणानिधान, हे स्वामी ! आफ्नो सुरक्षालाई मेरो कवच बनाइदेऊ । आफ्नो संरक्षणलाई मेरो ढाल, आफ्नो एकताको ढोका सामुन्ने मेरो विनम्रतालाई मेरो अङ्गरक्षक र तिम्रो शरणस्थल तथा सुरक्षा व्यवस्थालाई मेरो किल्ला र आश्रम बनाइदेऊ । स्वार्थ र वासना उत्पन्न गराउने कुराहरूबाट मलाई रक्षा गर र हरेक प्रकारको रोग, व्याधि, परीक्षा, समस्या र संकटबाट मलाई बचाऊ ।

निश्चय नै तिमी संरक्षक, अभिभावक, आरक्षक, रक्षक, पालनहारा हौ र निश्चय नै तिमी दयालुहरू मध्येका पनि सबभन्दा दयालु हौ ।

– Abdu’l-Bahá

Prayer bpn11148 (bpn11148)

bahaiprayers.net 11148

⬆️


संविदामा दृढता

तिम्रो जय होस्, हे अनन्तताका सम्राट्; राष्ट्रहरूका निर्माता तथा प्रत्येक अस्थिधारीका सृष्टिकर्ता ! सारा मानव– जातिलाई आफ्नो वैभव तथा गौरवशाली क्षितिजतर्फ बोलाउने र तिम्रा सेवकहरूलाई आफ्ना कृपा र अनुग्रहहरूको दरबारतिर उन्मुख गराउने तिम्रो त्यो नाम लिएर म तिमीसित प्रार्थना गर्दछु कि मेरो गणना तीमध्ये गराऊ जसले तिमीबाहेक अरू सबै कुराहरूबाट आफूलाई अलग्ग गराएका छन्, तिमीतिर आपूmलाई अग्रसर गराएका छन् र तिमीले आज्ञा गरेका दुर्भाग्यहरूले पनि तिम्रा उपहारहरू प्राप्त गर्ने दिशातिर उन्मुख हुन बाट रोक्न सकेका छैनन् ।

हे मेरा प्रभु ! मैले तिम्रो दयाको पात्रको बिँडमा समातेको छु र तिम्रो अनुग्रहको दौराको फेरोमा बलियोसित पक्डेको छु । तिमीबाहेक अरू सबैको मायामोहलाई मबाट पखाल्ने गरी ममाथि तिम्रो दयाको मेघबाट वृष्टि गरिदेऊ र मलाई उनीतर्फ उन्मुख हुन सक्ने बनाऊ जो सारा मानव– जातिको आराधनाको केन्द्रविन्दु हुन् जसको विरुद्ध विद्रोह भड्काउनेहरूको ताँती लगाइएको छ, जसले तिम्रो संविदालाई भगं गरेका छन् र तिमीलाई र तिम्रा चिन्हहरूमा अविश्वास गरेका छन् ।

हे मेरा प्रभु ! तिम्रा दिनहरूमा मलाई तिम्रो वस्त्रको सुवासबाट वञ्चित नगराऊ र तिम्रो मुखमण्डलको ज्योति चम्केको बेला तिम्रो प्रकटीकरणको उच्छ्वास लिनबाट मलाई वञ्चित नगराऊ । जे इच्छा लाग्छ त्यो गर्न तिमी सक्षम छौ ।

तिम्रो इच्छालाई कसैले पनि रोक्न सक्दैन र आफ्नो शक्तिद्वारा तिमीले निर्धारित गरेका उद्देश्यलाई कसैले पनि टार्न सक्दैन ।

– Bahá’u’lláh

Prayer bpn11108 (bpn11108)

bahaiprayers.net 11108

⬆️


उनी नै छन् शक्तिशाली, क्षमाशील र करुणामय ! हे ईश्वर, मेरा ईश्वर ! आफ्ना सेवकहरूलाई भ्रम र मिथ्याचारको दलदलमा फँसेको देखिरहेका छौ; खोइ कहाँ छ तिम्रो दिव्य मार्गदर्शनको प्रकाश ? हे तिमी विश्वाकांक्षा ! तिनका निःसहायपन र दुर्बलतालाई तिमी राम्ररी जान्दछौ, खोई कहाँ छ तिम्रो शक्ति ? हे तिमी जसको हातमा स्वर्ग र पृथ्वीका शक्तिहरू छन् ।

हे स्वामी, मरो प्रभु ! तिम्रो प्रेमाद्र दयाको प्रकाशको चमकद्वारा, तिम्रो ज्ञान र बुद्धिमत्ताको महासागरमा उर्लिरहेका छालहरूद्वारा र तिम्रो साम्राज्यका मानिसहरूलाई प्रभावित गर्ने तिम्रो वचनद्वारा म तिमीसित याचना गदर्छु कि मलाई पनि तिम्रो पुस्तकमा निर्दिष्ट आज्ञापालन गर्नेहरू मध्येको एक बनाऊ । ती जसले तिम्रो संविदा तथा तिम्रा नियमहरू पालन गरिरहेका छन्, तिम्रो सदिच्छा पूरा गर्न हतारिएका छन् र तिम्रा विश्वासिलाहरूको लागि जे निर्धारित गरेका छौ मेरो लागि पनि त्यही निर्धारित गरिदेऊ । जे इच्छा गर्दछौ त्यही गर्न तिमी सक्षम छौ । हे सर्व–ज्ञाता, सर्व– बुद्धिमान्, तिमीबाहके अर्काे कुनै ईश्वर छैन ।

हे स्वामी, आफ्नो अनुग्रहद्वारा मेरो लागि त्यस्तो आज्ञा गर जसले गर्दा यो लोक र परलोकमा पनि मेरो उन्नति होस् र जसले मलाई तिमीतिर आकर्षित गराओस्, हे तिमी जो सबैका स्वामी हौ । अद्वितीय, शक्तिशाली, स्तुत्य, तिमीबाहके अर्को ईश्वर छैन ।

– Bahá’u’lláh

Prayer bpn11109 (bpn11109)

bahaiprayers.net 11109

⬆️


हे मेरा स्वामी र मेरा आशा ! तिम्रो शक्तिशाली संविदा पालनमा अडिग रहन, तिम्रो धर्मप्रति आस्थावान् रहन र तिम्रो प्रकाशद्वारा जगमगाइरहेको पुस्तकमा तिमीले लेखेका आदेशहरू पूरा गर्न तिम्रा प्रियजनलाई सहायता गर ताकि तिनीहरू मार्गदर्शनका ध्वजाहरू, वैकुण्ठ निवासीहरूका हातमा भएका बत्तीहरू, तिम्रा अपार बुद्धिका कुण्डहरू र पवित्र आकाशमा चम्किने मार्गदर्शक ताराहरू बन्न सकून् ।

वस्तुतः तिमी अजेय, शक्तिमान्, सबैलाई आफ्नो वशमा राख्नेवाला हौ ।

– Abdu’l-Bahá

Prayer bpn11110 (bpn11110)

bahaiprayers.net 11110

⬆️


सहायता

हे परमपूज्य ! तिम्रो मुखाकृति मेरो आराधनाको केन्द्रविन्दु हो, तिम्रो सौन्दर्य मेरो शरणस्थल हो, तिम्रो वासस्थान मेरो अन्तिम लक्ष्य हो, तिम्रो प्रशंसा मेरो आशा हो, तिम्रो दिव्य विधान मेरो सहयोगी हो, तिम्रो प्रेम मेरो अस्तित्वको आदितत्व हो, तिम्रो चर्चा मेरो सान्त्वना हो, तिम्रो निकटता मेरो इच्छा हो, तिम्रो उपस्थिति मेरो सर्वप्रिय अभिलाषा र सर्वोच्च आकांक्षा हो । म तिमीसित याचना गर्दछु कि मलाई ती वस्तुहरूबाट वञ्चित नगराऊ जुन वस्तुहरू तिमीले आफ्ना चुनिएका सेवकहरूको लागि निर्धारित गरेका छौ । तसर्थ यस लोक र परलोक दुवैमा कल्याण हुने वस्तुहरू मेरा लागि आपूर्ति गरिदेऊ । तिमी साँच्चै नै, सबै मानिसहरूका अधिपति हौ । सदा क्षमाशील, सर्व–दयालु तिमीबाहके अर्को ईश्वर छनै ।

– Bahá’u’lláh

Prayer bpn11083 (bpn11083)

bahaiprayers.net 11083

⬆️


मेरा प्रभु, मेरा परमप्रिय, मेरा सम्राट्, मेरा चाहना ! तिमीप्रतिको मेरो कृतज्ञतालाई कुन वाणीले व्यक्त गर्न सक्ला ? म असावधान थिएँ, तिमीले मलाई सचेत गरायौ । म तिमीबाट विमुख थिएँ, तिमीले कृपापूर्वक मलाई तिमीतिर अभिमुख हुन सहायता गर्यौ । म मरेतुल्य थिएँ, तिमीले मलाई जीवन दायिनी जलद्वारा संजीवित गरायौ । म ओइलाएको थिएँ, तिमीले सर्व–करुणामय प्रभुको वाणीबाट प्रवाहित भएको दिव्य सरिताको जलले मलाई पुनर्जीवित गरायौ ।

हे दिव्य सभांरर्कता ! सारा सृष्टि तिम्रै अनुग्रहको उपज हो; त्यसलाई तिम्रो अनुकम्पाको जलबाट वञ्चित नगराऊ, न त त्यसलाई तिम्रो करुणाको सागरबाट नै परराख । सधैं र सबै परिस्थितिमा मलाई सहायता गर्न म तिमीसँग याचना गर्दछु र तिम्रो कृपाको स्वर्गबाट तिम्रो पुरातन प्रेम प्राप्त गर्ने चाहना गर्दछ । तिमी निश्चय नै दयाका प्रभु र सदाकालस्थायी अधिराज्यका सम्राट हौ ।

– Bahá’u’lláh

Prayer bpn11084 (bpn11084)

bahaiprayers.net 11084

⬆️


भन, ईश्वर सर्वोपरि छन् र सारा वस्तुहरू भन्दा पर्याप्त छन् । स्वर्गलोक र पृथ्वीतलमा भएको कुनै पनि वस्तु उनी बिना अपूर्ण छ । निश्चय नै, उनी स्वयं ज्ञाता, पालनहारा तथा सर्व–शक्तिमान् छन् ।

– Báb

Prayer bpn11102 (bpn11102)

bahaiprayers.net 11102

⬆️


हे मेरा गौरवमय प्रभु ! प्रत्येक अनियमित प्रवृत्तिबाट टाढा रहन मलाई सहायता गर; प्रत्येक विद्रोही मनोवृत्तिलाई वशमा राख्न मेरा आचरणका उद्देश्यहरूलाई स्वच्छ बनाउन, कुनै पनि क्रोधोत्पादक उत्तेजनाले खलबलाउन नसक्ने नम्रता प्राप्त गर्न; त्यस्तो धैर्य धारण गर्न जसलाई कुनै पनि व्याधिले रोक्न सक्तैन; त्यस्तो अखण्ड दृढता जसलाई कुनै प्रकारको स्वार्थले कम्पित पार्न सक्तैन; ताकि म तिम्रो सेवा गर्न र तिम्रो शब्दको प्रचार गर्न योग्य बन्नेछु ।

– Abdu’l-Bahá

Prayer bpn11085 (bpn11085)

bahaiprayers.net 11085

⬆️


प्रभु ! हामी अति दीन छौं, हामीलाई तिम्रो अनुग्रह पद्रान गर; गरिब छौं, तिम्रो सम्पत्तिको सागरबाट एउटा सानो अशं दऊे, दरिद्र छौं, हामीलाई तृप्त गरिदेऊ; अपमानित छौं, हामीलाई तिम्रो गारैव दऊे । हावाका पक्षीहरू र जमीनका पशुहरूले तिमीबाट प्रत्येक दिन आफ्नो खुराक पाएका छन् तथा सबै प्राणीहरूले तिम्रो हेरचाह र विपुल दयाको भण्डारबाट आफ्नो भाग लिएका छन् । यो असहायलाई तिम्रो अपूर्व दयाबाट वञ्चित नराख र तिम्रो सामथ्र्यद्वारा निःसहाय आत्मालाई तिम्रो कृपा निर्दिष्टगरिदेऊ । हामीलाई हाम्रा दैनिक खुराकको व्यवस्था गरिदेऊ र जीवनका थप आवश्यकताहरू परिपूर्ति गरिदेऊ ताकि तिमीबाहेक अन्य कोहीमाथि हामी आश्रित रहन नपरोस्, पूर्णरूपले तिमीसगँ सम्पर्क राख्न सकौं, तिम्रो मार्गमा हिंडन् सकौं र तिम्रा रहस्यहरूको घोषणा गर्न सकौं । तिमी नै सर्व–शक्तिमान् तथा मायालु र सम्पूर्ण मानव–जातिका संभारकर्ता हौ ।

– Abdu’l-Bahá

Prayer bpn11086 (bpn11086)

bahaiprayers.net 11086

⬆️


हे प्रभु ! त्यो भोजको उत्सवलाई बन्द नगर जसलाई तिम्रो नामको लागि फै लाइएको छ र त्यो प्रज्ज्वलित ज्वालालाई ननिभाऊ जुन तिम्रो कहिल्यै ननिभ्ने आगोद्वारा सल्काइएको छ । तिम्रो जीवन सरितालाई प्रवाहित हुनबाट नरोक जसले तिम्रो गौरव र तिम्रो सम्झनाको मधुर आलाप गुन्गुनाई रहेको छ र तिम्रा सेवकहरूलाई तिम्रो स्वादिष्ट र सुगन्धयुक्त महकबाट वञ्चित नगराऊ जनु तिम्रो प्रेमको सुवासबाट फैलिरहेको छ । हे स्वामी ! तिम्रा पवित्रजनलाई सताउने दुःखहरूलाई सुखमा, तिनका अप्ठ्याराहरूलाई सुविस्तामा, तिनका अपमानहरूलाई गारैवमा, तिनका शोकहरूलाई हर्षोल्लासमा परिणत गरिदेऊ, हे तिमी जो सारा मानवजातिको बागडोरलाई आफ्नो हातमा राख्नेवाला हौ । वस्तुतः तिमी एक छौ, अद्वितीय, सर्व–शक्तिमान्, सर्व–ज्ञाता, सर्व–बुद्धिमान् ।

– Abdu’l-Bahá

Prayer bpn11087 (bpn11087)

bahaiprayers.net 11087

⬆️


हे प्रभु, हे मेरा ईश्वर ! तिमी नै मेरा आशा हौ र तिमी नै मेरो परमपिय्र हौ, मेरो सर्वोच्च ध्यये र मेरो आकांक्षा हौ । अत्यन्त विनम्रता र पूर्ण भक्तिभावले म तिमीसित प्रार्थना गर्दछु कि मलाई आफ्नो क्षेत्रमा तिम्रो ज्ञानको दीपक बनाऊ र आफ्नो साम्राज्यमा दिव्य अनुग्रहको ध्वजावाहक बनाऊ ।

मेरो गणना तिम्रा ती सेवकहरूमध्ये गराऊ जो तिमीबाहेक अरू सारा वस्तुहरूबाट अलग भइसकेका छन्, जसले आफूहरूलाई यो संसारका लौकिक वस्तुहरूबाट मुक्त गराइसकेका छन् र जसले सन्देह र अनास्थाका दोषहरूबाट आफूहरूलाई स्वतन्त्र गराइसकेका छन् । आफ्नो अधिराज्यबाट आफ्नो धर्मको शक्तिद्वारा मेरो हृदयलाई आनन्दमग्न बनाऊ र आफ्नो सर्व–व्यापी गौरवको साम्राज्यबाट एकको पछि अर्को गर्दै ममाथि ओर्लिरहेका अनगिन्ती दिव्य सहायताको दर्शन गराएर मेरा आँखाहरूलाई ज्योतिर्मय बनाऊ । निःसन्देह तिमी सर्व–शक्तिमान्, सर्व–गौरवशाली, सबैलाई वशमा राख्नेवाला हौ ।

– Abdu’l-Bahá

Prayer bpn11103 (bpn11103)

bahaiprayers.net 11103

⬆️


हे ईश्वर, मेरा ईश्वर ! सबै वस्तुहरूबाट अनाशक्तिको प्यालालाई मेरा लागि भरिदेउ र तिम्रा प्रताप र उपहारको भेलाामा तिम्रो प्रेमको मदिराद्वारा मलाई हर्षित बनाऊ । स्वार्थ र कामनाको आक्रमणबाट मलाई मुक्त गराऊ, मत्र्यलोकका बन्धनहरूबाट मलाई स्वतन्त्र गराऊ, वैकुण्ठलोकको परमानन्दतिर मलाई आकर्षित गराऊ र तिम्रा सेवकहरूको बीचमा पवित्रताको उच्छ्वासद्वारा मलाई पुनर्जीवित गराऊ ।

हे प्रभु ! तिम्रा उपहारहरूको प्रकाशले मेरो अनुहारलाई चम्किलो पार, सबैलाई वशमा राख्ने तिम्रो शक्तिका चिन्हहरूको दर्शन गराएर मेरा आँखालाई चम्किलो पार, सबै वस्तुहरूलाई ढाक्ने तिम्रो ज्ञानको महिमाद्वारा मेरो हृदयलाई खुशी पार, आत्मालाई पुनर्जीवित गर्ने अपार आनन्ददायी सन्देशहरूद्वारा मेरो आत्मालाई प्रफुल्लित गराऊ, हे तिमी, यो लोक तथा उध्र्वलोकका सम्राट्, हे तिमी, साम्राज्य तथा शक्तिका स्वामी ! ताकि तिम्रा चिन्हहरू तथा प्रमाणहरूलाई म चारैतिर पैmलाउन सकूँ, तिम्रो धर्मको घोषणा गर्न सकूँ, तिम्रा शिक्षाहरूको प्रवर्धन गर्न सकूँ, तिम्रो कानूनको पालना गर्न सकुँ, र तिम्रो उपदेशको महिमा गाउन सकूँ ।

तिमी साँच्चै नै शक्तिशाली, सदा–दानी, सक्षम, सर्व– व्यापी छौ ।

– Abdu’l-Bahá

Prayer bpn11104 (bpn11104)

bahaiprayers.net 11104

⬆️


साँझँ

हे मेरा ईश्वर, मेरा स्वामी, मेरो चाहनाको लक्ष्य ! यो तिम्रो सेवक तिम्रो हेरचाह र तिम्रो संरक्षणको याचना गर्दै तिम्रो करुणाको छाहारीमा सुत्न र तिम्रो कृपाको आच्छादान मुनि आराम गर्न चाहन्छ ।

म याचना गर्दछु, हे मेरा प्रभु, कि तिम्रो कहिले ननिदाउने आँखाद्वारा तिमीबाहेक अरू केहीलाई पनि देख्नबाट मेरा आँखाहरूलाई बचाइदेऊ अनि उनीहरूको दृष्टिलाई तेजिलो बनाइदेऊ ताकि उनीहरूले तिम्रा सङ्केतहरूलाई चिन्न र तिम्रो प्रकटीकरणको क्षितिजलाई देख्न सकून् ।

तिमी उही हौ जसको विराटरूपको समक्ष शक्तिको सारतत्व स्वयं काँपेको छ ।

सर्व–शक्तिमान्, सर्व–विजेता, स्वतन्त्र तिमीबाहेक अन्य कोही ईश्वर छैन ।

– Bahá’u’lláh

Prayer bpn11106 (bpn11106)

bahaiprayers.net 11106

⬆️


हे प्रभु, मेरा ईश्वर, तिम्रो वियोगमा तिम्रो चाहना गर्नेहरूका आखाँहरू खुला छन् भने म कसरी निदाउन सक्छु र तिम्रो सामीप्यबाट टाढा रहनु परेकाले तिम्रा प्रियजनका आत्माहरू छटपटाइरहेका छन् भने म मात्रै कसरी विश्राम गर्न सक्छु ?

हे मेरा प्रभु, मैले मेरो आत्मा र मेरो सम्पूर्ण अस्तित्वलाई तिम्रो शक्ति र संरक्षणको दाहिने हातमा अर्पण गरेको छु, र मेरो शिरलाई तिम्रै शक्तिद्वारा मरो तकियामा लेटाएको छु र त्यसलाई तिम्रै इच्छा र आज्ञानुसार उठाउँछु । साँच्चै नै तिमी रक्षक, संरक्षक, सर्व–शक्तिमान् तथा सबैभन्दा बलवान् छौ ।

तिम्रो शक्तिको शपथ खाएर भन्छु कि सुतेको वा जागृत अवस्थामा होओस् तिम्रो इच्छाको विपरीत म केही माग्दिन । म तिम्रो सेवक हूँ र म तिम्रो हातमा छु । तिमी मलाई त्यो काम गर्नमा कृपापूर्वक सहायता गर जसद्वारा तिम्रो सदिच्छाको सुवास फैलियोस् । साँच्चै नै, यही मेरो आशा हो र तिम्रो निकटताको परमानन्द प्राप्त गर्नेहरूको पनि । हे सर्व–लोकहरूका स्वामी, तिम्रो जय होस् ।

– Bahá’u’lláh

Prayer bpn11107 (bpn11107)

bahaiprayers.net 11107

⬆️



[#prayerbook]